• १३ साउन २०८१, आइतबार

धर्ममाथि गर्ने शासन अन्त्य भएको छ : प्रमुख दाहाल

blog

शालिग्राम नेपाल 

चितवन, असार २६ गते । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्ममाथि गर्ने शासनको अन्त्य भएको बताउनुभएको छ । ईदुल अज्हा बकरइद २०७९ को अवसरमा आइतबार भरतपुर –१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदानप्रदान कार्यक्रममा मेयर दाहालले यस्तो बताउनुभयो । 

विगतमा धर्म मान्ने जनसङ्ख्याको आधारमा न्यून जनसङ्ख्या भएका धर्मावलम्बीलाई शासन गर्ने परिपाटी भएपनि अहिले त्यो अन्त्य भएको चर्चा गर्नुभयो । यो सबै परिवर्तन जनयुद्धको जगमा स्थापना भएको संघीय गणतन्त्रको सुन्दर पक्ष रहेको नगरप्रमुख दाहालले दाबी गर्नुभयो । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेसँगै सबै धर्मालम्बीहरुबीच धार्मिक सहिष्णुता कामय भई भाइचाराको सम्बन्ध स्थापित भएको उहाँको भनाइ ।

‘यहाँ धर्मको आधारमा सानो ठूलो कोही छैन, उहाँले भन्नुभयो, ‘सबै धर्म मान्नेहरु समान हुन् । के हिन्दु, के बौद्ध, के मुस्लिम, के ईसाई ? सबै धर्मले दिने सन्देश एउटै हो ।’ भरतपुर महानगरपालिकाले मुस्लिम समुदायको अध्ययन र पूजापाठका लागि मदरसा र मस्जिद निर्माणका लागि बर्षेनि बजेट विनियोजन गर्दै आइरहेको मेयर दाहालले बताउनुभयो । 

नेपाल बहुल भाषा, संस्कृति, धर्मको अनुपम स्थल हो, सबैले आफ्नो भाषा, संस्कृति, रीतिरिवाज स्वतन्त्र ढङ्गबाट मान्न पाउनुपर्ने उहाँले चर्चा गर्नुभयो ।