• १४ असार २०८१, शुक्रबार

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा

blog

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओ आइतबार नेपालको तीन दिने भम्रणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु हुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, असार २६ गते । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओ नेतृत्वको टोली आज (आइतबार) विहान काठमाडौं आइपुग्नु भएको छ ।  

सीपीसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली तीन दिनसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । आठ सदस्यीय टोलीसहित उहाँ नेपाल आइपुग्नु भएको हो ।

लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, अन्य दलका अध्यक्षलगायत नेतासँग भेटवार्ता गर्नुहुनेछ ।