• ७ जेठ २०८१, सोमबार

होटलमा युवती झुण्डिएको फेला परिन

blog

फाइल तस्विर

छविलाल पाण्डे 

बुटवल, असार २६ गते । बुटवल उपमहानगरपालिका ३ गोलपार्कमा रहेको पाल्पाली होटलमा झुण्डिएको अवस्थामा एक युवती मृत फेला परेकी छिन् । शनिवार राती करिब साढे १० बजे एक युवकको साथमा होटलमा गएकी बुटवल ११ की २१ वर्षीया समीक्षा गुरुङ होटलमा पुगेको डेढ घण्टामै राती १२ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

युवतीसँगै होटलमा पुगेका ती युवक भने गए राती नै होटलको बिल भुक्तानी गरेर बाहिरिएको होटल सञ्चालकको भनाइ उदृत गर्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । 

युवकले राती नै बिल तिरेर गएपछि चेकआउटमा जाँदा युवती झुन्डिएको भन्दै राती १२ बजे होटल सञ्चालकले प्रहरीलाई फोन गरेका थिए । युवतीसँगै होटलमा गएका युवकको खोजी र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।