मतदान गर्ने बित्तिकै ७१ वर्षीय वृद्धको निधन
जिल्लाको लिखु तामाकोशी गाउँपालिका–४ बिजुलीकोमा मतदान गरेर निस्किनुभएको बिजुलीकोको दुसिम निवासी ७१ वर्षीय ठगबहादुर सुनुवारको ज्यान गएको हो ।
हुम्लाको सरस्वती मावि मतदान केन्द्रमा मतदान कार्य स्थगित
सर्केगार्ड गाउँपालिका –१ को जैर गाउँको सरस्वती मावि मतदान केन्द्रको मतदान कार्य स्थगित भएको छ । वारेसमा मत खसाल्ने विषयलाई दुई पक्षबीच विवाद भएपछि मतदान कार्य स्थगित गरिएको हो ।
साहित्यकार झमकद्वारा मतदान
साहित्यकार झमक घिमिरेले धनकुटा –६ स्थित बहुउद्देश्यीय सामुदायिक भवन मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । शारीरिक अवस्था जटिल रहेको उहाँलाई अटोमा राखेर मतदान केन्द्रसम्म लगिएको थियो ।
जलेश्वर कारागारका २६ कैदिबन्दीले गरे मतदान
प्रतिनिधि सभा सदस्य पदका लागि आइतबार भएको निर्वाचनमा जलेश्वर कारागारका २६ जना कैदिबन्दिले मतदान गर्नुभएको छ ।
निर्वाचनका दिन विदेशिदै युवा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्वाचनका दिन वैदेशिक रोजगारका लागि हिंडेका युवाहरु ।
सर्लाहीमा ५० प्रतिशत मत खस्यो
सर्लाहीका सम्पूर्ण मतदान केन्द्रमा शान्तपूर्ण रुपमा मतदान जारी छ । यहाँ अहिलेसम्म ५० प्रतिशत मत खसेको बताइएको छ ।
मतपेटिका फाल्ने परियार प्रहरी नियन्त्रणमा
कास्कीको माछापुच्छ्रे वडा नं ८ स्थित तारे बराह आधारभूत विद्यालय लुम्रेको मतदान केन्द्रबाट सूर्य परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मतपेटिका ढुवानीका लागि सवारी साधन तैनाथ : गृहसचिव
गृह मन्त्रालयले मतपेटिका ढुवानीका लागि सवारी साधन तैनाथ अवस्थामा राखिएको जनाएको छ । गृहसचिव विनोदप्रकाश सिंहले मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसार सवारीसाधन तैनाथ राखिएको बताउनुभएको हो ।
राप्रपा अध्यक्ष लिङ्देनद्वारा मतदान
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गर्नुभएको छ । उहाँले आफ्नै निर्वाचन क्षेत्रको हल्दिबारी –१ स्थित गोल्धाप मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ झापा क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहनु भएको छ ।
नेता खरेलद्वारा झापा क्षेत्र नम्बर २ बाट मतदान
झापाको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार अग्नि खरेलले झापाको क्षेत्र नम्बर २ बाट मतदान गर्नुभएको छ । खरेलको स्थायी घर बिर्तामोड नगरपालिका वडा नम्बर ५ हो ।
विगतको भन्दा धेरै मत खस्छ : नेता पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले मतदान गर्नुभएको छ । मतदानपछि पत्रकारसँग कुरा गर्दै उहाँले यस पटक विगतभन्दा बढी मत खस्ने बताउनुभयो ।
निर्वाचन आयोगको पत्रकार सम्मेलन (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभा र प्रदेशभसा सदस्य निर्वाचन जारी रहेको बेला निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेको छ ।
अध्यक्ष ओलीद्वारा भक्तपुरको सूर्यविनायकबाट मतदान
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा अवस्थित मतदान स्थलमा उहाँले आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्नुभएको हो ।
हिँडेर मतदान स्थल पुग्नुभएकी ८८ वर्षीय लिम्बुको मृत्यु
तेह्रथुममा ८८ वर्षीय वृद्धको मृत्यु भएको छ । मतदानका लागि हिँडेर मतदान स्थल पुग्नुभएको वृद्धको मृत्यु भएको हो ।
निर्वाचनले लोकतन्त्रको अभ्यास समृद्ध पार्छ : नेता भुसाल
पूर्व मन्त्री एवम् रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले मतदान गर्नुभएको छ । तिलोत्तमा वडा नम्बर ९ को गौतमबुद्ध आधारभूत विद्यालय मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।
डोटी मतदान स्थलमा गोली चल्यो, पुनः मतदान सुरु
डोटीको मतदान स्थलमा झडपको स्थिति सृजना भएपछि गोली चलेको छ ।
धान पकेट क्षेत्रकै बासिन्दा आयातित चामलमा निर्भर
तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय अग्रज किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मनपर्दैन ।
रेशम चौधरीद्वारा मतदान
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेलबाटै मतदान गर्नुभएको छ ।
केन्द्रीय कारागारका कैदीबन्दीले गरे मतदान
आठ कैदीबन्दीको मतदाता नामावलीमा नाम रहे पनि सात कैदीबन्दीले मतदान गरिसकेको मतदान अधिकृत ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो ।
म्याग्दीमा १०७ वर्षीय वृद्धद्वारा मतदान
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आइतबार म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।
निर्धक्क भएर मताधिकार प्रयोग गर्न आह्वान
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा भाग लिई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको छ । उहाँले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा निर्धक्क भएर मतदान गर्न आह्वान गर्नुभएको हो । निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन निर्वाचन आयोग दृढ सङ्कल्पित रहेकाले सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुने विश्वास व्यक्त गर्दछ ।”
श्रमिकमा मतदानको उत्साह
देशभरका १२ हजार निर्माण आयोजनामा काम गरिरहेका झन्डै १५ लाख कामदारमध्ये अधिकांश मतदान गर्न घर फर्किएका छन् । निर्वाचनको एकहप्ता अघिदेखि नै मजदुर घर फर्किएको निर्माण व्यवसायी महासङ्घले जनाएको छ । मजदुरहरू मतदान गर्न गएपछि अधिकांश निर्माण आयोजनाको काम प्रभावित भएको छ । आयोजना स्थलभन्दा जिल्लाबाहिरका मजदुहरू बढी भएकाले चाँडै नै बिदा दिनुपर्ने महासङ्घका महासचिव रोशन दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माण आयोजनामा देशभर १५ लाखको हाराहारीमा मजदुर हुनुहुन्छ । चुनावमा जाने भनेपछि रोक्ने कुरै भएन, एकहप्ता अघि र चुनावपछि पनि १०/१२ दिन फर्किन लाग्छ नै अहिले निर्माणका काम रोकिएका छन् ।”
ढुक्क भएर मतदान गर्न सरकारको आह्वान
सरकारले चुस्त सुरक्षा प्रबन्ध रहेकाले आइतबारको निर्वाचनमा ढुक्कका साथ मतदान कार्यमा सरिक हुन आह्वान गरेको छ।
शीर्ष नेताको मतदान : प्रधानमन्त्री देउवा डडेलधुरामा
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका-१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ। यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा हुनुहुन्छ। प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्नुहुने जनाइएको छ।