• १३ साउन २०८१, आइतबार

जलेश्वर कारागारका २६ कैदिबन्दीले गरे मतदान

blog

महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागार । तस्बिर : महेशकुमार दास

महेशकुमार दास/नागेन्द्र कुमार कर्ण 

जलेश्वर, मङ्सिर ४ गते । प्रतिनिधि सभा सदस्य पदका लागि आइतबार भएको निर्वाचनमा जलेश्वर कारागारका २६ जना कैदिबन्दिले मतदान गर्नुभएको छ । कारागार कार्यालय जलेश्वर महोत्तरी परिसरमै स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा कैदीबन्दिले मतदान गरेको सहायक मतदान अधिकृत सञ्जय साहले बताउनुभयो ।  

कैदिबन्दिले प्रतिनिधि सभा सदस्य पदका लागि समानुपातिकतर्फ मतदान गरेको सहायक मतदान अधिकृत साहले बताउनुभयो । जलेश्वर कारागारभित्र कारागारमा रहेका २६ जनाले प्रतिनिधि सभा सदस्य पदका लागि समानुपातिक तर्फको मतपत्रमा गोप्य मतदान गरेका हुन् । 

सहायक मतदान अधिकृत साहले भन्नुभयो, “जलेश्वर कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सम्पन्न भएको छ ।”

कैदी जीवनयापन गरिरहेका कैदिबन्दिले पनि आफूले आफ्नो मताधिकार प्रयोग गर्न पाएकोमा खुसी भएका छन् । जलेश्वर कारागारमा सुरक्षार्थ खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको जवानले पनि समानुपातिकतर्फ मतदान गरेको साहले बताउनुभयो ।