• १३ साउन २०८१, आइतबार

सर्लाहीमा ५० प्रतिशत मत खस्यो

blog

जनार्जन खत्री

सर्लाही, मङ्सिर ४ गते । सर्लाहीका सम्पूर्ण मतदान केन्द्रमा शान्तपूर्ण रुपमा मतदान जारी छ । यहाँ अहिलेसम्म ५० प्रतिशत मत खसेको बताइएको छ । 

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोख्रेलले जिल्लाको ३१२ वटा मतदानस्थल अन्तर्गत ६०० वटै मतदान केन्द्रमा सौहार्दपूर्ण वातावरणमा मतदान जारी रहेको बताउनुभयो । पोख्रेलले प्रारम्भिक विवरणअनुसार दिउँसो २ बजेसम्म यहाँ ५० प्रतिशतको हाराहारीमा मत खसेको छ ।  

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गोली चलेको जिल्लाको धनकौल गाउँपालिका –२ स्थित आधारभूत विद्यालय र कृषि भवन मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा ९० प्रतिशत जति मत खसिसकेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्लाभरि उत्साहपूर्ण रुपमा मतदान जारी रहेको बताउनुभयो ।  

यहाँका मतदान केन्द्रमा बिहान मतदाताको उपस्थिति कम देखिए पनि दिउँसोपछि प्रत्येक मतदान केन्द्रमा मतदाताको उपस्थिति बाक्लिएको छ । सर्लाहीको जिल्लाभरी चार लाख ७९ हजार ३८ जना मतदाता छन् । 

सर्लाहीमा चार जना प्रतिनिधि सभा सदस्यका लागि ६९ जना र आठ जना प्रदेश सभा सदस्यका लागि १३३ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।