• ९ मंसिर २०८१, आइतबार

डोटी मतदान स्थलमा गोली चल्यो, पुनः मतदान सुरु

blog

शिखर नगरपालिका– ८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्र । तस्बिर : केशवचन्द्र महरा

केशवचन्द्र महरा
दिपायल, मङ्सिर ४ गते ।
डोटीको मतदान स्थलमा झडपको स्थिति सृजना भएपछि गोली चलेको छ ।

जिल्लाको शिखर नगरपालिका–८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदान स्थलभित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले चार राउण्ड गोली चलाएको हो ।

केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सृजना भएपछि भीडलाई तितरबितर पार्न चार राउण्ड हवाई फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायब निरीक्षक भीम बोहराले जानकारी दिनुभयो ।

प्रहरी नायब निरीक्षक बोहराका अनुसार केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भएपछि पुनः मतदान सुरु भएको छ ।

१७ सय मतदाता रहेको उक्त मतदान स्थलमा ५०६ मत खसेको छ । अहिले मतदान जारी रहेको प्रहरीले जनाएको छ ।