जीएमआरको निवेदनमा विपक्षीलाई सूचना
सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्था भारतीय कम्पनी जीएमआरलाई दिने अन्तरिम आदेशविरुद्धको निवेदनमा विपक्षीलाई सूचना दिन आदेश गरेको छ । अन्तरिम आदेश खारेजीको माग गर्दै जीएमआरका तर्फबाट दायर निवेदनमा सुनुवाइ गर्दै अदालतले सूचना दिने आदेश गरेको हो ।
साढे १२ हजार मतान्तरसहित प्रधानमन्त्री देउवा विजयी
प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक संसदमा निर्वाचित हुनुभएको छ ।
पराजित चर्चित नेताहरू
आमनिर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी रहँदा केही चर्चित उम्मेदवारले हारको सामना गर्नुपरेको छ। काठमाडौँको तीनवटा निर्वाचन क्षेत्रको परिणाम आउँदा रवीन्द्र मिश्र, डा. राजन भट्टराई, रमेश खरेल, मिलन पाण्डे र पुकार बमले हार बेहोरेका छन्। मिश्र, भट्टराई र पाण्डे आमनिर्वाचन २०७४ मा समेत चर्चित हुनुहुन्थ्यो। खरेल भने आफैँ दल दर्ता गरी पहिलो पटक निर्वाचनमा स्पर्धा गर्नुभएको थियो।
दिपायलमा माओवादी केन्द्र अघि एमाले पछि
डोटी प्रदेशसभा (ख) मा नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओली सामान्य मतले अगाडि हुनुहुन्छ ।
विवाहपञ्चमी महोत्सव आजदेखि
जनकपुरधाममा मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव बुधबार प्रारम्भ हुँदै छ । त्यसका लागि जानकी मन्दिर सजाउने कार्य तीव्र रूपले अघि बढेको छ । प्रत्येक वर्षझैँ सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबारदेखि विधिवत् प्रारम्भ हुने भएपछि मन्दिरलगायतका स्थान रङ्गीचङ्गी फूलले सजाउन थालिएको छ । महोत्सवका लागि आवश्यक सबै तयारी पूरा भएको जानकी मन्दिरका सहायक महन्थ रोशन दासले बताउनुभयो ।
लालबाबु राउत पुनः प्रदेशसभामा निर्वाचित
मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
डोटीमा गठबन्धनका उम्मेदवार आले प्रतिस्पर्धी वलीभन्दा अगाडि
एउटा मात्रै प्रतिनिधि सभा रहेको डोटीमा सत्ता गठबन्धनका उम्मेदवार प्रेमबहादुर आलेमगर सुरुवातदेखि नै अग्रता लिदै आउनुभएको छ । पछिल्लो मत परिणामअनुसार उहाँले ३ हजार ३०४ को फराकिलो मतान्तरले अगाडि हुनुहुन्छ ।
काभ्रेपलाञ्चोकमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि
काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा २ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाइँको अग्रता कायम रहेको छ । मतगणनाको सुरुदेखि नै अग्रतामा रहनुभएका हुमागाइँ र नेकपा (एमाले) का उम्मेदवार पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाबीच ७१८ को मतान्तर रहेको छ ।
पर्सा २ (क) मा कांग्रेस उम्मेदवार पटेल निर्वाचित
पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित हुनुभएको छ ।
रसुवा प्रदेश 'क' मा कांग्रेस विजयी
रसुवा प्रदेश क्षेत्र नं 'क' बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी हुनुभएको छ ।
ललितपुर ३ को प्रदेशसभा ‘क’ मा एमाले र ‘ख’ मा राप्रपा अगाडि
ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत प्रदेशसभा (क) मा नेकपा (एमाले) र (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि रहेका छन् ।
एमाले उम्मेदवार राना कांग्रेस नेता पौडेलभन्दा अगाडि
तनहुँ –१ को प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार एकबहादुर रानाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पछाडि पार्नुभएको छ ।
चितवन २ मा रवि लामिछानेको अग्रता
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएको छ ।
ललितपुर १ मा एक हजार ४७ मतले कांग्रेसको अग्रता
ललितपुर निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार उदयशमशेर राणाको अग्रता कायम छ ।
जाजरकोटमा बस्नेतको अग्रता, आचार्यले पछ्याउँदै
प्रदेश सभा तथा प्रतिनिधि सभाको मत गणना जारी छ । सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले अग्रता कायम गर्नुभएको छ ।
काठमाडौं ९ मा नेता श्रेष्ठ निर्वाचित : एमालेको दोस्रो जित
काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका नेता श्रेष्ठले स्वतन्त्र उम्मेदवार टेकबहादुर पोखरेललाई पराजित गर्नुहुँदै निर्वाचित हुनुभएको हो ।
काठमाडौं २ को प्रदेश (क) मा राप्रपाका केसी विजयी
काठमाडौं क्षेत्र नं. २ को प्रदेशसभा (क)मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनील केसी विजयी हुनुएको छ । केसीले एक हजार ५१९ मत अन्तरले विजयी हुनुभएको हो ।
मोरङ ५ मा स्वतन्त्र उमेदवार मण्डलको अग्रता
मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिनुभएको छ । मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार मण्डलले ६ हजार २८१ मतका साथ अग्रता लिनुभएको छ ।
डडेल्धुरामा प्रधानमन्त्री देउवा ४५ सय मतले अगाडि
डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चार हजार ५८० मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ ।
कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी जित नजिक
कैलाली क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधि सभा सदस्यमा जित नजिक पुग्नु भएको छ ।
काठमाडौं ४ बाट कांग्रेस महामन्त्री थापा विजयी
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ४ बाट अत्यधिक मतका साथ विजयी हुनुभएको छ।
बाँकेमा कांग्रेसको अग्रता, अथक र राई पछाडि
बाँकेको तीन वटै निर्वाचन क्षेत्रमा जारी रहेको मतगणनामा नेपाली कांग्रेसका सह महामन्त्री किशोरसिंह राठौले अग्रता लिनुभएको छ ।
मुगुको मतगणना अनिश्चित
मतदान केन्द्रबाट मतपेटिका आउन ढिलाइ हुँदा मुगुमा मतगणना अनिश्चित बनेको छ । जिल्लाको माथिल्लो मुगुको मतदान केन्द्रबाट मतपेटिका जिल्लाको मुख्य निर्वाचन कार्यालयमा नआइपुगेकाले मतगणना अनिश्चित बनेको हो ।
निर्वाचनमा महिला सहभागिता उत्साहजनक
आमनिर्वाचनमा महिला मतदाताको उपस्थिति उत्साहजनक रह्यो । बिरामी, अशक्त, वृद्धावस्थाको अप्ठ्यारो बिर्सेर महिलावर्ग आमनिर्वाचनमा मतदान गर्न पुगेका थिए । कुल मतदाता एक करोड ७९ लाख ८८ हजार ५७० मध्ये ८८ लाख ४७ हजार ५७९ महिला मतदाता छन् ।