• १२ असोज २०८१, शनिबार

साहित्यकार झमकद्वारा मतदान

blog

कविराज घिमिरे

धनकुटा, मंसिर ४ गते । साहित्यकार झमक घिमिरेले धनकुटा –६ स्थित बहुउद्देश्यीय सामुदायिक भवन मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । शारीरिक अवस्था जटिल रहेको उहाँलाई अटोमा राखेर मतदान केन्द्रसम्म लगिएको थियो । 

मतदान स्थलमा मतदानका लागि घिमिरेका परिवारका सदस्यले बोकेर लगेका थिए । हात खुट्टा समेत चल्न नसक्ने भए पनि घिमिरेले देब्रे खुट्टाकाे औँलाले मतपत्रमा स्वस्तिक छाप लगाउनुभयो । 

उहाँलाई झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईँको सहयोगबाट मतदानस्थलमा लगिएको थियो । जीवन काँडा कि फूल नामक कृतिका लागि मदन पुरस्कारबाट पुरस्कृत घिमिरेका कयौँ साहित्यिक कृति प्रकाशित छन् । 

साहित्यकार घिमिरेसहित अपाङ्गता भएका मतदाताका लागि सहजरुपमा मतदान गर्ने वातावरण मिलाइएको मुख्य निर्वाचन अधिकृत योगेन्द्र साहले जानकारी दिनुभयो ।