खाना पकाउने ग्यासको आयातमा उल्लेख्य कमी
गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा सात अर्ब रुपियाँ बराबरको ग्यास आयातमा कमी आएको हो । आव २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपियाँको पाँच लाख १४ हजार ३४० मेट्रिक टन एलपी ग्यास आयात भएको छ ।
नदीको भेलसँगै बग्दै पुरातात्त्विक सम्पदा
बुद्धको जन्मस्थल लुम्बिनीनजिक रहेका पुरातात्त्विक महत्वको सम्पदा संरक्षणको अभावमा नदीको भेलसँगै बग्दै गएका छन् । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित अमहवा गाउँनजिकै रहेका पुरातात्त्विक भग्नावशेष बाढीको भेलसँगै दानव नदीमा विलय हुँदै गएको हो । केही वर्षयतादेखि दानव नदीले नगरपालिकाको सो क्षेत्रमा अनियन्त्रित कटान सुरु गरेपछि जमिनमुनि लुकेर रहेका प्राचीन अवशेष लगातार नदीमा विलय हुँदै गएको छ । सुरुमा त इँटा, माटाका भाँडा र धातुका सिक्का मात्र भेटिन्थे तर २०५७ सालतिर धार परिवर्तन भई नदी कटान बढेपछि सो क्षेत्रमा विभिन्न पुरातात्त्विक महत्वका संरचना प्रत्यक्ष फेला पर्न थालेका छन् ।
श्रमजीवी पत्रकारका पक्षमा पत्रकार महासङ्घले आन्दोलन गर्ने
सञ्चारग्राममा शुक्रबार श्रमजीवी पत्रकारका समस्याका विषयमा आयोजना गरिएको अन्तरक्रियामा पछिल्लो समय श्रमजीवी पत्रकारलाई विभिन्न सञ्चारगृहले न्यूनतम पारिश्रमिक नदिएको तथा सेवाबाट नै हटाउन थालेको उजुरी परेपछि महासङ्घ बाध्य भएर आन्दोनमा उत्रिन लागेको जनाएको छ ।
रैथाने बाली खरिद गर्ने सम्झौता
सर्केगार्ड गाउँपालिका र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाबीच रैथाने बाली खरिदका लागि सम्झौता भएको छ । सर्केगार्ड गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण र उत्पादन बृद्धि गरी किसानको आम्दानीमा बृद्धि गर्न सो सम्झौता गरिएको हो ।
महिला प्रतिनिधित्व : स्थानीय तहमा ५० प्रतिशत माग
अन्तर पार्टी महिला सञ्जालले निर्वाचनमा प्रदेश तहमा ४० प्रतिशत र स्थानीय तहमा ५० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चित हुनुपर्ने माग गरेको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको कानुनसम्बन्धमा अन्तर पार्टी महिला सञ्जालले महिला अधिकारकर्मी, सांसद एवम् सरोकारवालासँग आज छलफल गर्दै अयोगलाई सो सुझाव दिने जनाएको हो ।
जनकपुरमा सौन्दर्यीकरण र सडक निर्माणको काम हुने
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र एशियाली विकास बैंक (एडीबी) को सहयोगमा दोस्रो पटक नगरको सौन्र्दयीकरण र कालोपत्रे सडकको निर्माणको काम हुनेभएको छ ।
तिलोत्तमामा ‘सिर्जनशील शुक्रवार’ अभियान
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हप्ताको एक दिन पुस्तक बोक्नुनपर्ने सिर्जनशील शुक्रबार अभियान सुरु भएको छ । अभियान सुरु भएसागै अब हरेक शुक्रबार विद्यार्थीले विद्यालय जाँदा पुस्तक बोक्नु नपर्ने भएको छ ।
अर्घाखाँची कारागारलाई दैनिक उपभोग्य सामग्री हस्तान्तरण
सन्धिखर्क नगरपालिकाले अर्घाखाँची कारागारका कैदीबन्दीलाई दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ ।
रक्सौल–काठमाडौं रेलमार्गको रुट तय : १२ वटा स्टेसन रहने
नेपाल–भारत अन्तरदेशीय काठमाडौं–रक्सौल रेलमार्गको रुट तय भएको छ । भारतीय पक्षले रेलमार्गको अध्ययन गरेर नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा रुट समावेश भएको छ ।
नेपालमै उपचार गर्न स्वास्थ्यमन्त्री बस्नेतको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अति विशिष्ट र विशिष्ट व्यक्तिलाई बिरामी परे नेपालमै उपचार गर्न आग्रह गर्नुभएको छ।
५३ जनाको आँखाको नानी प्रत्यारोपण
नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी हुँदैगएको छ ।
‘इच्छाशक्तिका अगाडि शारीरिक दुर्बलता गौण बन्दोरहेछ’
सेतै फुलेका कपाल, एक छेउमा उनी श्रीमती र उनीसँगै एउटा समाउने लौरी राखेर दुई दम्पती मिठाईका डब्बा बनाउने गर्नुहुन्छ ।
एउटै नम्बर प्लेटको दुई मोटरसाइकल फेला
धनुषामा एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझ जाँचका क्रममा एउटै नम्बर प्लेट भएका मोटरसाइकल फेला पारेको हो ।
भ्रष्टाचारको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा मुगु र महोत्तरी जिल्लाका १२ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।
विदेश भ्रमणमा जानेलाई पच्चीस सय अमेरिकी डलर सटही सुविधा
विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज जारी गरेको एकीकृत परिपत्र–२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो ।
गोरखापत्रकर्मी खानसहित चारजना सम्मानित
गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानसहित बाँकेका तीन जना पत्रकार र एकजना प्रहरी अधिकृतलाई सम्मानित गरिएको छ ।
कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताउनुभएको छ ।
भेरी अस्पतालको १३३ वर्ष पूरा, ३५० शय्या विस्तार गर्दै
विक्रम संवत् १९४७ सालमा सङ्घीय राजधानीमा रहेको वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल नेपालगञ्जले शुक्रवार १३३ औं वार्षिकोत्सव मनाएको छ ।
समाजवादी मोर्चाको कार्यविधि कार्यान्वयनमा
समाजवादी मोर्चा नेपालले कार्यविधि कार्यान्वयनमा ल्याएको छ । कार्यविधिले चार पार्टीको अध्यक्ष रहने केन्द्रीय संयोजन समिति बनाएको छ । संयोजन समितिको मातहतमा केन्द्रीय सचिवालय गठन गरेको छ । सचिवालयमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा हुनुहुन्छ। जुन पार्टीले अध्यक्षता गरेको हुन्छ, सोही पार्टीको प्रतिनिधि सदस्यसचिव रहने व्यवस्था छ ।
सरुवाका लागि निवेदन माग
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम र अति दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा आउन नौ दिनको समयसीमा दिएको छ । निजामती सेवा ऐनले तोकेको समयसीमामा अति दुर्गम र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगम क्षेत्रमा सरुवा भई आउन नौ दिनको समयसीमा दिएको हो ।
मदन भण्डारी विश्वविद्यालय : इआइए प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी
उत्तरी मकवानपुरको चित्लाङमा स्थापना गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिएको छ।
नेपालमा रोजगारी गर्ने विदेशी नागरिक बढ्दो
स्वदेशमा रोजगारीको अवसर नपाएर रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढेसँगै विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या पनि बढेको छ । पछिल्लो दुई आर्थिक वर्षमा विदेशका विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या ३७ प्रतिशतले वृद्धि भएको हो ।
लघुवित्तका समस्या समाधान गर्न वार्ता टोली
लघुवित्तका समस्या समाधानमा पहल गर्ने गरी सरकारले एक वार्ता टोली बनाएको छ । लघुवित्तीय संस्थाविरुद्ध आन्दोलनमा रहेका पक्षले उठाएका मागका विषयमा छलफल गरी समाधानको पहल गर्न अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव भूपाल बरालको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
दुवै सदनबाट मिटरब्याज विधेयक पारित, कारबाहीको बाटो खुल्यो
मिटरब्याजसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि कानुनी बाटो खुलेको छ। सङ्घीय संसद्का दुवै सदनले प्रतिस्थापन विधेयक पारित गरेसँगै कसुर अनुसन्धान र कारबाहीका लागि बाटो खुलेको हो। दुवै सदनबाट पारित विधेयक अब प्रमाणितपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुने छ।