समन्वयकारी भूमिका भएमा तस्करी अन्त्य हुन्छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
मुक्त कमैया, हलिया र हरवाचरवाको पुनःस्थापना गर्न आग्रह
मुक्त गरिएका भूमिहिन हलिया, कमैया, हरवाचरवाको पुनस्र्थापनामा सरकार अझै गम्भीर बन्न नसकेको सरोकारवालाले गुनासो गरेका छन् । आज यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँहरुले सो गुनासो गर्नुभएको हो ।
आगलागी पीडितलाई राहत सहयोग
आगलागी भएर घर जलेर नष्ट भएका पीडित अछाम सदरमुकाम मंगलसेनबजार निवासी मना भण्डारीलाई मङ्गलसेन नगरपालिकाले राहत सहयोग प्रदान गरेको छ ।
चिनियाँ नागरिक बस्ने घरमा राजस्वको छापा
राजश्व अनुसन्धान विभागले काठमाडौँको लाजिम्पाटस्थित एक चिनियाँ नागरिक बस्ने घरमा छापा मारेको छ।
स्थानीय स्तरमै पाठ्यपुस्तक तयार गरी पठनपाठन
जिल्लाका स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारेर पाठ्यपुस्तक तयार पार्न थालेका छन् । जिल्लाका दश वटा स्थानीय तहमध्ये आठ वटा स्थानीय तहले पाठ्यक्रम तयार पारेर कार्यान्वयनमा ल्याएका छन् ।
मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो
तेह्रथुमको आठराई गाउँपालिका –६, चुहानडाँडामा मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको निधन भएको छ ।निधन हुनेमा आठराई गाउँपालिका –३, ह्वाकुका ३० वर्षीय नवीन थिङलाबु रहेको इलाका प्रहरी कार्यालय चुहानडाँडाले जनाएको छ ।
प्रधानमन्त्रीद्वारा रोममा अवस्थित स्टुडियो ओलम्पीको अवलोकन (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिकको रोमा’को अवलोकन गर्नुभएको छ ।
अवैध ओसारपसार गर्ने कामलाई कडाइका साथ नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
सङ्घीय सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्ति सुरक्षा एवम् समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन दिनुभएको छ।
सांसदद्वारा वेतन कर्णाली आयोजनाको प्रगति माग
अछाम र सुर्खेतका जनप्रतिनिधिले निर्माणाधीन वेतन कर्णाली जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी माग गरेका छन् ।
लोडसेडिङको तालिकाबिनै विद्युत् कटौती
पूर्वी नवलपरासीमा सूचनाबिना विद्युत् जाँदा स्थानीय उपभोक्ता समस्यामा परेका छन् । दैनिक २० पटकसम्म विद्युत् ट्रिपिङ (झ्याप्प–झ्याप्प विद्युत् कटौती) हुँदा विद्युतीय उपकरण बिग्रने गरेको स्थानीयको गुनासो छ ।
नेप्से परिसूचक आज पनि घट्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ ।
लम्पी स्किन : खोपका कारण २४ हजार पशु सङ्क्रमणमुक्त
लम्पी स्किनविरुद्धको खोपका कारण लुम्बिनी प्रदेशमा झण्डै २४ हजार पशु सङ्क्रमणमुक्त भएका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रूपमा पालिएका गाईंभैंसीमा लम्पी स्किन तीव्ररुपमा फैलिन थालेपछि खोपको प्रबन्ध गरिएको थियो ।
अनुमतिबिनै मेडिकल सञ्चालन
सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकामा अनुमतिबिनै मेडिकलहरु सञ्चालन भइरहेको पाइएको छ । सिमकोटमा सञ्चालित मेडिकलहरुको अनुगमन गर्ने क्रममा सो पाइएको हो ।
सर्पदंशबाट बच्न सचेतनामूलक कार्यक्रम
सर्पदंशका घटना बढ्दै गएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा समुदायलाई सचेत गराउन अभिमुखीकरण कार्यक्रम गरिएको छ । पालिकाभित्र रहेका महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलाई लक्षितगरी अभिमुखीकरण गरिएको हो ।
हिसेडोमाको निधनले गाउँ शोकमय
सवारी दुर्घटनामा परी घाइते हुनुभएकी ताप्लेजुङ पापुङकी हिसेडोमा शेर्पाको निधनले गाउँ शोकमय बनेको छ । झापाको बीएनसी अस्पतालमा उपचारका क्रममा २६ वर्षीया शेर्पाको बिहीबार बिहान मृत्यु भएपछि मिक्वाखोला गाउँपालिका –५ पापुङको सिम्बुक गाउँ शोकमय बनेको हो ।
घरमा खानेपानीको धारा पुगेपछि स्थानीय हर्षित
सिद्धिचरण नगरपालिका–१ तलुवाको सुख्खा क्षेत्र बारचाँदेमा खानेपानीको सुविधा पुगेको छ । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका स्थानीयमा खुसीयाली छाएको छ ।
‘टेरामोक्स’ जडानमा आनाकानी
दूरसञ्चार सेवा प्रदायकहरूको घट्दो आम्दानी र बिलिङमा बढ्दो गुनासो परीक्षण तथा अनुगमन गर्ने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले लागु ग
जनप्रशासन क्याम्पसमा आर्थिक हिनामिना
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रशासन क्याम्पसमा आर्थिक हिनामिना भएको छ । क्याम्पसमा कार्यरत प्राध्यापकको पारिश्रमिक तथा विद्यार्थीको छात्रवृत्ति रकम हिनामिना भएको छानबिन समितिले पुष्टि गरेको छ ।
भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छौँ : प्रम प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारले कडा कदम चालेको बताउनुभएको छ । उहाँले सरकार गठन भएलगत्तै बेथितिको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महìवपूर्ण कामको थालनी गरेको बताउनुभयो ।
सबैको चासो कोशीको २५/२५ स्परमा
वर्षायामसँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्न सुरु भएपछि वराहक्षेत्र–९, राजाबासमा रहेको २५/२५ नम्बरको स्पर सबैको नजरमा पर्छ । भारतको पटनामा रहेको कोशी प्रोजेक्टको जल संसाधन विभागबाट २५/२५
एक लाख रुपियाँ घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दार पक्राउ
सेवाग्राहीबाट एक लाख रुपियाँ घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले केहीबेर अघि नियन्त्रणमा लिएको छ ।
इलाम पूर्णखोप सुनिश्चित् जिल्ला घोषणा
नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा इलाम जिल्लालाई पूर्ण खोप रहेको सुनिश्चित घोषणा गरिएको छ । सरकारले जन्मेदेखि १५ महिनाका बालबालिकालाई नियमित खोप सञ्चालन गरिरहेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न : अर्को बैठक असोज २ गते
यही साउन २ गतेदेखि सञ्चालन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ। बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताउनुभयो।
सदस्यता वितरणसम्बन्धी निर्णय सच्याउन माग
नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीमा ज्ञापनपत्र बुझाएको छ । महासंघले गरेको सदस्यता वितरणसम्बन्धि निर्णय सच्याउन युनियनले माग गरेको हो ।