जबरजस्ती जुस खुवाएपछि ...
बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका टेकबहादुर रावत ६१ दिनपछि सम्पर्कमा आउनुभएको छ । भारतको उत्तराखण्ड राज्यको पौडी जिल्लाको पौवाबाट घर फर्किँदै गरेको समयमा बेपत्ता भएका रावत ६१ दिनपछि आफैँ सम्पर्कमा आाउँनुभएको हो ।
भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरु गरिने
भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू गरिने निर्णय गरेको हो ।
अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।
अविरल वर्षाका कारण रामापुर डुबानमा
अविरल वर्षाका कारण सैनामैना नगरपालिका ८ रामापुर डुबानमा परेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियो : डा राणा
नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गर्नुभएको छ ।
तनहुँमा दुई माइक्रो बस ठोकिँदा १२ यात्रु घाइते
पृथ्वीराज मार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका–४ स्थित साँखरमा माइक्रो बस एक आपसमा ठोकिँदा १२ यात्रु घाइते भएका छन् । दुर्घटनामा परि बा २ ख ४०२० नम्बरको माइक्रोमा सवार १२ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।
१० वटा फार्मेसी सिल, दुई दर्जनलाई सचेत पत्र
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा १०१ वटा फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशन अनुसार मन्त्रालयले २० वटा टोली बनाएर सोमबार उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमनका लागि खटाउनु भएको थियो ।
‘विद्यालय खाजा कार्यक्रम सफल’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा लागु गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी भएको बताउनुभएको छ । खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सोमबार सम्बोधन गर्दै उहाँले विद्यालय खाजा कार्यक्रम नेपालका सफल कार्यक्रममध्येको एक रहेको उल्लेख गर्नुभयो ।
नक्कली अधिकृत बनी लाखौँ ठगी, दुई जना पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को नक्कली कार्यालय स्थापना गरी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले कार्यालयमा उपसचिव तथा कार्यालय प्रमुख रहेका जयराम केसी भनेर चिनिने घनश्याम कटुवाल र अधिकृत लीला भोलनलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।
‘जुछे विचार सान्दर्भिक’
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले जुछे विचार विश्वभर उत्तिकै सान्दर्भिक भएको बताउनुभएको छ। उत्तर कोरियाली नेता किम इल सुङको नेतृत्वमा क्रान्ति भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले जुछे विचार जनतालाई एकताबद्ध गर्ने उत्कृष्ट विचार भएको उल्लेख गर्नुभयो।
राजधानीमा चिनियाँ प्रतिनिधिमण्डल, सम्झौता कार्यान्वयनमा जोड
चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणताका करिब चार वर्षअघि विक्रम संवत् २०७६ साल असोज २५ गते नेपाल र चीनबिच भएका सहयोग सम्झौता कार्यान्वयनमा तीव्रता दिइने भएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को निमन्त्रणामा हाल नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले यस्तो प्रतिबद्धता जनाएको हो।
खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई कारबाही
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने दुई हजार ४४० जना उम्मेदवारमाथि कारबाही हुने भएको छ । खर्च विवरण सार्वजनिक नगर्नेमा एक हजार ४३ जना प्रतिनिधि सभा सदस्य पदका र एक हजार ३९७ जना प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् ।
चुनावमा तीन मत अब स्वतः विव्यस अध्यक्ष !
‘घुमी फिरी रुम्जाटार’ भने झैँ विद्यालयको व्यवस्थापन समिति (विव्यस) पराजित व्यक्तिकै पोल्टामा आइलाग्ने भएको छ । पुतली सडकस्थित पद्मोदय माध्यमिक विद्यालय विव्यसमा गत वर्ष पराजित वडाध्यक्षलाई फेरि सोही पद आइलाग्न लागेको हो । गत २०७९ असार ११ गते भएको पद्मोदय माविको विव्यस निर्वाचनमा पराजित वडा नं. २८ का वर्तमान वडाध्यक्ष भाइराम खड्गी काठमाडौँ महानगरपालिकाको नयाँ नीतिका कारण विव्यस अध्यक्ष हुनुहुने भएको छ । उहाँलाई तुल्सीप्रसाद अगस्तीले पराजित गर्नुभएको थियो । वर्तमान विव्यस अगस्तीले ५१ र खड्गीले तीन मत पाउनुभएको थियो ।
प्रधानमन्त्री र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकबीच भेटवार्ता
इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डी म्याकअनबीच भेटवार्ता भएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुर एक्सनमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका फार्मेसीको अनुगमन गर्ने निर्णय गरेलगत्तै जिल्ला प्रशासन कार्यालय नवलपुर एक्सनमा उत्रेको छ । कार्यालयले सोमबार जिल्ला सदरमुकाम कावासोतीमा रहेका फार्मेसीको अनुगमन गरेको छ ।
घाँस काट्न गएकी बालिकाको मृत्यु
रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१० कि एक बालिकाको भिरबाट खसेर ज्यान गएको छ । सो वडाकी चुनगाउँकी बिमला खड्का रावतको १२ वर्षीया छोरी सिर्जना रावतको स्थानीय सेलाजुखोला जंगलमा रहेको भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडेको अवस्थामा शव फेला
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सडेको अवस्थामा शव फेलापरेको छ । सोमबार गाउँपालिकाको वडा ६ उज्ज्वलपुरमा शव भेटिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण रानामगरले बताउनुभयो ।
भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीमा सुधार गरौँ : अध्यक्ष यादव
सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रष्टाचार न्यूनीकरण गर्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
पार्टी फुटाउँछु भनेको छैन, संसदीय दलको नेता फेर्ने कुरा गर्दा आत्तिनु पर्दैन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताउनुभएको छ । सोमबार पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
कांग्रेस बैठकमा सहरी विकास मन्त्रालयको गतिविधिबारे जानकारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सहरी विकास मन्त्री सीता गुरुङले केन्द्रीय कार्य समितिको बैठकमा मन्त्रालयको गतिविधिबारे जानकारी गराउनुभएको छ ।
धानबालीलाई किराबाट जोगाउन हरेरी पूजा गरिँदै
धानबालीलाई किराबाट जोगाउनका लागि थारु बस्तीमा हरेरी पूजा गर्न थालिएको छ । बाली पूजाको रूपमा कैलालीका थारुले हरेरी पूजा गर्न थालेका हुन ।
रेसुङ्गामा पुरुषोत्तम माहात्म्य सुरु
गुल्मीको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभूमि रेसुङ्गामा पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा पुरुषोत्तम माहात्म्य सुरु भएको छ । रेसुंगा संरक्षण समितिको आयोजनामा काठमाडौंबाट आउनुभएका पण्डित रमेशप्रसाद सुवेदीले पुरुषोत्तम मास तथा विष्णु पुराणको कथा प्रारम्भ गर्नुभएको हो ।
बुढीगण्डकी जलविद्युत् निर्माण सुरु गर्न माग
बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितले आफ्ना जनप्रतिनिधिसँग तत्काल आयोजनाको काम सुरु गराउन पहल गर्न अनुरोध गरेका छन् ।
डुबेर बालकको मृत्यु
झापा गाउँपालिका–४ मा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । ग्रामथानका गौतमकुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको नेपाल–भारत सीमानजिकै रहेको खाल्डोमा खेल्नेक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।