महिला सशक्तीकरणबारे परामर्श
राष्ट्रिय महिला आयोगले सीमान्तकृत महिलाको सशक्तीकरणका विषयमा सरोकारवालासँग छलफल गरेको छ । आयोगद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले संवैधानिक र अन्य विभिन्न आयोगले सम्बन्धित र समाजमा पिछडिएका वर्गका महिलाको अवस्थाको छुट्टाछुट्टै अध्ययन गर्दै राज्यको विशेष ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो ।
राजनीतिक दलको लेखापरीक्षण : एक साताभित्र छानबिन प्रक्रिया टुङ्ग्याउने
महालेखा परीक्षक कार्यालयको विज्ञ टोलीले एक साताभित्र राजनीतिक दलको लेखापरीक्षण प्रतिवेदन छानबिन प्रक्रिया टुङ्ग्याउने गरी काम अगाडि बढाएको छ। राजनीतिक दलले बुझाएको लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि निर्वाचन आयोगले विज्ञ टोली परिचालन गरेर प्रतिवेदन जाँच गराउँदै छ।
फेवातालको मापदण्ड ६५ मिटर कायम
सर्वोच्च अदालतले फेवाताल परिसरको मापदण्ड ३० मिटर मात्र कायम गर्ने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ। प्रचलित ६५ मिटर क्षेत्रफल घटाएर ३० मिटर मात्र कायम गर्ने नगर कार्यपालिकाको निर्णयलाई सर्वोच्चले सोमबार बदर गरेको हो। न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुँयालको संयुक्त इजलासले निर्णय प्रारम्भदेखि नै बदर गरेको छ।
पाँच हजार रुपियाँमा अब छयसट्ठी पानाको राहदानी
६६ पानाको राहदानी लिने सेवाग्राहीको अभाव भएपछि ३४ पानासरहकै शुल्कमा वितरण थालिएको छ। राहदानी विभागले विद्युतीय राहदानी अन्तर्गत ३४ पानाको साधारण राहदानीकै शुल्कमा ६६ पानाको राहदानी वितरण गर्न थालेको हो। वितरण थालिएको एक वर्ष बिते पनि ६६ पानाको राहदानीको माग अत्यन्त न्यून भएकाले साधारण राहदानीसरह वितरण गर्नु परेको विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवले बताउनुभयो।
फाउण्डेशनमै अल्झिएर पुलको म्याद सकियो
बाँकेको जानकी गाउँपालिका –४ छत्रपुर र खजुरा गाउँपालिका –४ चल्तुवास्थित किरण नालामा निर्माणाधीन पक्की पुल असार २५ गतेसम्म सम्पन्न हुनेगरी निर्माण सम्झौता भए पनि निर्माण कार्य फाउण्डेशनमै अल्झेको छ ।
सीमा समस्या संवादबाट समाधान गरिनुपर्छ : मन्त्री सिंह
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले भारतीय पक्षबाट उत्पन्न समस्या संवादको माध्यामबाट गर्नुपर्ने बताउनुभएको छ ।
समाजवादी मोर्चा प्रतिगामीका लागि युद्धको घोषणा हो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चा राजनीतिक परिवर्तनबिरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताउनुभएको छ । समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मल पक्राउ गर्नेक्रममा किसान र प्रहरीबीच विवाद
भारतबाट ल्याउँदै गरेको रासायनिक मल पक्राउ गर्नेक्रममा कैलालीमा किसान र सशस्त्र प्रहरीबीच विवाद भएको छ । सोमबार किसानले ल्याउँदै गरेको मल सशस्त्र प्रहरीले पक्राउ गरेपछि भजनी नगरपालिका –५ पगियापसारमा विवाद भएको हो ।
सप्तरीमा तीन दिने वृहत् स्वास्थ्य शिविर सञ्चालन
प्रतिनिधि सभा सदस्य दिनेश यादवको विशेष पहलमा सप्तरी क्षेत्र नम्बर –३ का नागरिककानिम्ति तीन दिने वृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शम्भुनाथ नगरपालिकाको संयोजनमा सोमवार शम्भुनाथ नगरपालिका १ गोविन्दचोकमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पन्ध्रसय बढी स्थानीय नागरिक लाभान्वित भएको आयोजकको दावी छ ।
समाजवादी मोर्चाको प्रमुख उद्देश्य नेपाली विशेषताको समाजवाद
सत्तरुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र सत्ताबाहिर रहेको नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा नेपाल घोषणा भएको छ ।
सार्वजनिक यातायता नचल्दा आवतजावतमा समस्या
दुई यातायात संस्थाबीचको विवादले दोलखामा यात्रुवाहक साधन सञ्चालनमा अवरोध भएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।
समाजवादी मोर्चा नेपालको घोषणा प्रक्रिया सुरु
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादको नेपाली बाटो तय गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा नेपालको घोषणा प्रक्रिया सुरु भएको छ ।
सिँचाइ विभागका तत्कालीन महानिर्देशकविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा
जलस्रोत तथा सिँचाई विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध तीन करोड ५६ लाख ७७ हजार ३४६ रुपियाँ भ्रष्टाचार आरोप लागेको छ ।
सामान्य अङ्कले घट्यो नेप्से
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (सोमबार) सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ अङ्कमा कायम भएको हो ।
झापामा एक कैदीबन्दीको मृत्यु
झापामा एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका –६ निवासी २८ वर्षीय ‘दीपेन्द्र’ भन्ने देवेन्द्र थापा रहेको झापा जिल्ला कारागार भद्रपुरले जनाएको छ ।
बेपत्ताहरूको खोजी कार्यमा जुट्न सबै सरकारी संयन्त्रलाई निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सोमबार दिउँसो कोशी प्रदेशका पहिरो प्रभावित जिल्लामा आइपुग्नु भएको छ । उहाँले सङ्खुवासभाको तुम्लिङटारमा ओर्लेर पत्रकारहरूसँग संक्षिप्त कुराकानी पनि गर्नुभएको छ ।
कन्काई आसपासमा सतर्कता अपनाउन आग्रह
पूर्वी नेपालको कन्काई नदी सहित आगामी तीन दिन तमोर र अरुणमा नदीको बहाव उल्लेख्य बढ्ने देखिएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको छ ।
ई–रिक्सा व्यवस्थापन गर्न दर्ता प्रक्रिया सुरु
धरान उपमहानगरपालिकाले मंगलबारदेखि तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) दर्ता प्रक्रिया गर्नेभएको छ । अव्यवस्थित रूपमा रहेको ई–रिक्सा सवारी कार्यविधिअनुसार मात्र ई–रिक्सा दर्ता गरी चलाउन पाइनेभएको छ ।
योगलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ योग अभ्यासलाई जीवनको अभिन्न अङ्ग र वैज्ञानिक अभ्यासको रूपमा अनुसरण गर्न सकेमा व्यक्ति तथा समाजलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ ।
विकासका लागि आयोजना बैङ्क
देशका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ सम्ममा व्यवस्थित आयोजना कार्यान्वयन गर्नका लागि आयोजना बैङ्क बनाउनुपर्ने भएको छ । अहिले कतिपय स्थानीय तहमा आयोजना बैङ्क अभावमा विकास निर्माण लथालिङ्ग हुँदै आएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सबै स्थानीय तहले आयोजना बैङ्क बनाई कार्यान्वयन गर्ने उल्लेख गरेसँगै स्थानीय तहले आयोजना बैङ्क बनाउनुपर्ने भएको हो ।
‘भ्रष्टाचारमुक्त समाज निर्माणमा आयोग क्रियाशील’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोग भ्रष्टाचारमुक्त समाज निर्माणका लागि काम गरिरहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन गर्नु आयोगको मुख्य दायित्व रहेको बताउनुभयो । उहाँले यसका लागि आयोगले जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेको उल्लेख गर्नुभयो ।
चारित्रिक ह्रासले वामपन्थ ओरालो
सामूहिक निर्णय अभाव, विचारभन्दा व्यक्तिविशेषको सर्वोच्चता, निजी सम्पत्तिको लोभ तथा सिद्धान्त अनुसारको चरित्र र व्यवहारमा आएको ह्रासका कारण मुलुकमा वामपन्थ सिद्धान्त ओरालो लाग्दै गरेको धारणा व्यक्त गरिएको छ। नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स) द्वारा आइतबार यहाँ संयुक्त रूपमा आयोजित ‘किन ओरालो लाग्यो नेपाली वामपन्थ’ विषयक अन्तर्क्रियाका वक्ताहरूले सो धारणा व्यक्त गर्नुभएको हो। कार्यपत्र प्रस्तुत गर्दै वामपन्थी नेता हरि रोकाले वामपन्थी भनिएका राजनीतिक दलहरूमा सामूहिक निर्णय र जिम्मेवारीको पद्धति समाप्त हुँदै गएको तथा नेतृत्वको कामकारबाहीबारे फरकमत राख्ने तथा प्रश्न गर्ने कुनै पनि ‘क्याडर’ पार्टीमा टिक्न सक्ने अवस्था नरहेको उल्लेख गर्नुभयो।
मेला रोकिएपछि १५ करोडको मुद्दा
स्पष्ट आधारबिना काठमाडौँ महानगरपालिकाले राजधानीको शैक्षिक मेला रोकेको आरोप लगाउँदै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले १५ करोड रुपियाँबराबरको क्षति दाबीसहित मुद्दा दायर गरेको छ। आइतबार हिसानद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो।
ह्युमपाइपभित्रै चोर गायब
मोटरसाइकल चोरीमा संलग्न एक युवक प्रहरीले पिछा गरेपछि भागेर ढलको पानी बग्ने ह्युमपाइपभित्रै गायब भएका छन्। आइतबार दिउँसो काठमाडौँको सेतोपुलमा मोटरसाइकल चोरी गरी भागेका व्यक्तिलाई प्रहरीले मैतिदेवी, सेतोपुलसम्म पिछा गरेपछि कोरिडोरको पुलमुनि रहेको ह्युमपाइपभित्र छिरेका युवक बेपत्ता भएका हुन्। ट्राफिक प्रहरीले ह्युमपाइपभित्र छिरेका युवकलाई भित्रै छिरेर खोज्ने प्रयास गर्दा उनी पाइपभित्र छिरेर बेपत्ता भएको र खोजिकार्य भइरहेको गौशाला प्रहरीले जनाएको छ।