चुनौतीपूर्ण बन्दै मिटरब्याजी समस्या
सामन्तवादको अवशेष मानिएको मिटरब्याज समस्या अन्त्यका लागि सरकारले सञ्चालन गरेको अभियानविरुद्ध मिटरब्याजीहरू प्रतिरक्षामा जुटन थालेका छन्। सङ्गठित हुँदै गएका मिटरब्याजीले प्रशासन कार्यालयविरुद्ध निषेधाज्ञा र अवहेलना मुद्दा लगाएर सरकारी अभियानलाई प्रश्नको घेरामा पारेका छन्। यसले मिटरब्याज समस्या समाधानमा जुटेको सरकार र प्रशासनको प्रयास र अभियानलाई चुनौतीपूर्ण बनाउँदै लगेको घटनाक्रमले देखाएको छ।
मन्त्री सिंहको निधनको शोकमा सुदूरपश्चिममा आज सार्वजनिक बिदा
आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको असामयिक निधनको शोकमा प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिइएको हो ।
राष्ट्रिय प्रसारण लाइनसँग हुम्लालाई जोड्न सब-स्टेसन निर्माण गरिने
हुम्लामा सब-स्टेसन निर्माणका लागि जग्गा छनोट गरिएको छ । राष्ट्रिय प्रसारण लाइनसँग हुम्लालाई जोड्नका लागि सब-स्टेसन निर्माण गर्न लागिएको हो ।
बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा
बेनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको दिगोपनाको घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका म्याग्दीका प्रमुख राजकुमार थापाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको घोषणा गर्नुहुँदै प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै (फोटो फिचर)
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज (बुधबार) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।
कला क्षेत्रको भूमिका विशेष : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले देशको समृद्धि र पहिचानका लागि सांस्कृतिक र कला क्षेत्रको विशेष भूमिका रहेको बताउनुभएको छ । सांस्कृतिक संस्थानको ५१ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यहाँको सांस्कृतिक वैभवको विविधताको प्रवर्धन र प्रचारको माध्यमबाट देशको पहिचानसँगै आर्थिक समृद्धिमा योगदान पुग्ने बताउनुभयो । उहाँले ‘नाचघर’ को स्थापना लोकगीत, नृत्य, नाटक, सङ्गीत क्षेत्रको विकासका लागि भएकाले ती विधाका कार्यक्रम गर्ने मञ्च प्रदान गर्दै आएको बताउनुभयो ।
द्वेषपूर्ण अभिव्यक्ति रोक्न जरुरी
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले समाजमा गलत सूचना, विभेदजन्य र द्वेषपूर्ण अभिव्यक्ति निराकरणका लागि शिक्षा शक्तिशाली हतियार भएको बताउनुभएको छ। द्वेषपूर्ण (हेट स्पिच) अभिव्यक्तिविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार आयोजित दक्षिण एसियाली उपक्षेत्रीय कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले शिक्षाका माध्यमबाट द्वेषपूर्ण अभिव्यक्ति र यसबाट उत्पन्न अवस्थाको सुझबुझपूर्ण व्यवस्थापन र उच्च समावेशी, सहनशील तथा सभ्य समाज निर्माण गर्न सकिने बताउनुभयो। सञ्चार साक्षरतालाई औपचारिक र अनौपचारिक शिक्षा पाठ्यक्रममा समावेश गरेर समग्र शिक्षा जगत्लाई द्वेषपूर्ण अभिव्यक्तिमुक्त गर्न सकिने पनि उहाँले बताउनुभयो।
दलित केन्द्रद्वारा गैरदलितलाई घर
अर्जुन चौपारी गाउँपालिका–६, धुले चैनपुरका अतिविपन्न ६५ वर्षीय सेते खड्काले नयाँ घर पाउनुभएको छ । बाँसले बारेर त्रिपालले छाएको घरमा बस्दै आउनुभएका खड्कालाई दलित उत्थान केन्द्र अर्जुन चौपारीले घर बनाएर दिएको हो । आआफ्नो वर्ग, जात जातिमा आउने रकम सोही जात जातिमा प्रयोग गरिरहँदा यहाँको दलित उत्थान केन्द्रले गैरदलित खड्काको घर बनाइदिएर नमुना काम गरेको हो । गत मङ्सिर १८ गते जिल्ला प्रशासनमा दर्ता भएको केन्द्रले गरिब विपन्न तथा असहायलाई सहयोग गर्ने अभियान अन्तर्गत सेते खड्काको घर बनाएको हो ।
सडक जोड्ने कार्य प्राथमिकतामा
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपतबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, पुनस्र्थापना र विच्छेद भएको सडकलाई जोड्ने कार्य प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताउनुभएको छ ।
अखण्ड भारतसम्बन्धी जवाफ प्राप्त
अखण्ड भारतसम्बन्धी नक्साका विषयमा भारतको विदेश मन्त्रालयले नेपाललाई जवाफ दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मङ्गलबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रश्नको जवाफ दिने क्रममा भारत सरकारका तर्फबाट त्यहाँको विदेश मन्त्रालयले जानकारी दिएको जानकारी दिनुभयो ।
पन्ध्र सय वेबसाइट प्रभावित
सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय बेवसाइट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता सफल श्रेष्ठले डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको जानकारी दिनुभयो। तर यसबाट सेन्टरका कुनै पनि डाटा र सूचनामा क्षति नपुगेको उहाँले बताउनुभएको छ। श्रेष्ठका अनुसार मङ्गलबार बिहानैदेखि केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको बताउनुभयो। विद्युत् प्राधिकरणको केबलमा हिट भएपछि मङ्गलबार दिउँसो करिब २ बजे केन्द्रको गेटमै रहेको मुख्य ट्रान्सर्फमर ठुलो आवाजसाथ पड्किएको थियो। त्यसपछि सिंहदरबारभित्र विद्युत् आपूर्ति पूर्र्ण रूपले अवरुद्ध भएको थियो।
पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान आज
गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै छ। बुधबार चीनको छेङ्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज पोखरामा अवतरण हुनेछ। हाल सिचुवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्दै आएको छ। पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले भन्नुभयो, “फेवातालमा असा
कर फर्स्योटमा अनियमितता : छ अर्ब बिगो, नौ वर्ष कैद सजाय
विशेष अदालतले कर फर्स्योट आयोगका तत्कालीन पदाधिकारीलाई छ अर्ब रुपियाँभन्दा बढी बिगो असुल उपरको आदेश गरेको छ । राज्यले पाउनुपर्ने कर कानुनविपरीत मिनाह गरेको भन्दै अदालतले जेठ १८ गते नै तत्कालीन पदाधिकारीहरू लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चूडामणि शर्मालाई कसुर ठहर गरेको थियो ।
मन्त्री शर्माद्वारा पाँच व्यक्तित्वको टिकटमा टाँचा प्रदान
आफ्नो जीवनकालमा विशिष्ट योगदान दिनुभएका सामाजिक तथा साहित्यिक व्यक्तित्वको नाममा सरकारले हुलाक टिकट प्रकाशन गरेको छ ।
बझाङ दुर्घटनामा सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंहको निधन
बझाङको केदास्यु गाउँपालिका-१ को धारछडामा सोमबार गाडी दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा निधन भएको छ।
न्यायालयको अन्योल हटाउन प्रेस र बारको मुख्य भूमिका : प्रधानन्यायाधीश कार्की
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नेपाली प्रेस र बार एसोसिएसनको सक्रिय भूमिकाका कारण लामो समयदेखि न्यायालयमा रहेको नेतृत्वको अन्योल हटेको बताउनुभएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलबार) दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ५६ अङ्कले ओरालो लागेर दुई हजार ६४ दशमलव ८३ मा सीमित भएको छ ।
गुणादी पहिरो : थप एक घाइते मजदुरको मृत्यु
तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सोमबार पहिरोमा परी घाइते भएका मजदुरमध्ये थप एक मजदुरको मृत्यु भएको छ ।
अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दूतावासलाई निर्देशन
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको बताउनुभएको छ ।
विपद्का घटनामा हालसम्म १० को मृत्यु, २६ बेपत्ता
विपद्का घटनाहरुबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ । यस वर्ष मनसुन सुरु भएसँगै विपदका घटनाहरुबाट हालसम्म १० जनाको मृत्यु भएको हो ।
चार लाख घुस रकमसहित सडक विभागका तीन कर्मचारी पक्राउ
ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन जना कर्मचारी पक्राउ परेका छन् ।
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम शुक्रबार हुने
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रबार हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार (असार ८ गते) प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो ।
रोकिएको ब्रोकर लाइसेन्स प्रक्रिया खुलाउन अर्थ समितिको निर्देशन
सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रोकिएको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) को प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
बाढीपहिरो : मृतकको सङ्ख्या १० पुग्यो
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी १० जनाको मृत्यु भएको छ। सोमबार अपराह्नसम्म २९ जना अझै बेपत्ता रहेको प्रहरी तथा नेपाली सेनाको स्रोतले जनाएको छ। मृत्यु हुनेमा सङ्खुवासभामा दुई, ताप्लेजुङ र पाँचथरमा तीन/तीन तथा नुवाकोट र तनहुँमा एक/एक जना रहेका छन्।