अनुसन्धानको जिम्मा सिआइबीलाई
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको तस्करीको झन्डै एक क्विन्टल सुन प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिने निर्णय गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणमा थप छानबिनको जिम्मेवारी सिआइबीलाई दिन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिनुभएको थियो। विभागले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सुन तस्करी प्रकरणको थप अनुसन्धानका लागि फाइल सिआइबीलाई बुझाउने निर्णय गरेको जानकारी दिएको छ।
सरुवा बदर गराउन सिंहदरबारमा कर्मचारीको भिड
पहुँच र शक्तिको आडमा लामो समयसम्म उपत्यकाभित्रका कार्यालयमा टिकिरहने कर्मचारीलाई मोफसलमा सरुवा गरिएपछि थमौती गर्न यति बेला सिंहदरबारमा कर्मचारीको भिड लाग्न थालेको छ । वर्षौसम्म उपत्यकाभित्र टिक्न सफल भएका कर्मचारीको भिड यति बेला सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निकै देखिएको छ ।
‘ब्लु बस’मा रङ र रुटको समस्या
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आइतबार बिहान सामाजिक सञ्जालमा लेख्नुभयो, “कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्रै परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक जारी छ।” तर उहाँले गाडी परिवर्तन गर्नु पर्नाको कारण भने खुलाउनुभएन। उहाँले भनेजस्तो अर्कै गाडी प्रयोग गरेर क्लिनिक भने जारी नै छ।
उच्च पदस्थमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश
ललिता निवासको जग्गा किर्ते प्रकरणको अनुसन्धान सुस्ताइरहेका बेला सर्वोच्च अदालतले न्यायिक सक्रियता देखाएको छ। योगराज पौडेल निवेदक रहेको बन्दीप्रत्यक्षीकरण मुद्दामार्फत सर्वोच्चले उच्च पदस्थ व्यक्तिमाथि पनि अनुसन्धान चाँडो निष्कर्षमा पु-याउन आदेश गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले विभिन्न चार मितिमा भएका मन्त्रीपरिषद्का निर्णयको मिति नै उल्लेख गरेर निर्णयकर्ता, मन्त्रालयका जिम्मेवार अधिकारीमाथि छानबिन गर्न अदालतले आदेश गरेको हो। अदालतले पौडेललाई रिहा गर्न भने अस्वीकार गरेको छ।
सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरकारी कर्मचारी हुँ भन्दै पेशेवर रुपमा ठगी गर्ने तथा लिखतसम्बन्धी कसुरमा सम्लग्न व्यक्तिलाई पक्राउ गरेको छ ।
महाकालीमा पानीले सतर्कता बिन्दु नाघ्यो, आवतजावत बन्द
महाकाली नदीमा पानीको सतहले सतर्कता विन्दु नाघेपछि नदीमाथि बनेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ ।
वडा अध्यक्षकै कारण तटबन्ध निर्माण कार्यमा अवरोध
वेदकोट नगरपालिका–४ मा पर्ने बगुन खोला तटबन्धको काममा वडा अध्यक्षले नै अवरोध गर्नुभएको छ । आफूले सङ्कलन गरेका ढुङ्गा खरिद गर्नुपर्ने भन्दै उहाँले तटबन्धको काममा अवरोध गर्नुभएको हो ।
पार्वती मेडिकोले बुझायो दुई लाख जरिवाना
इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा सञ्चालित पार्वती मेडिकोले जिल्ला प्रशासन कार्यालय इलामलाई दुई लाख रुपियाँ जरिवाना बुझाएको छ ।
आँखा पाक्ने रोगले चितवनका विद्यालय एक साता बन्द
आँखा पाक्ने रोगवृद्धि हुन थालेपछि चितवनका विद्यालय एक साता बन्द गरिएको छ । केही हप्ता अगाडिदेखि बालबालिका तथा अन्य वर्गमा आँखा पाक्ने सङ्क्रमण वृद्धि भएको छ ।
मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
नयाँरोड–बरहथवा सडकखण्ड अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका –९, सोल्टीमोडमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा
कैलालीको धनगढी उपमहानगरपालिका परिसरमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले उपमहानगरपालिकाको परिसरमा जडान गरेको चार्जिङ स्टेसन सञ्चालनमा आएको हो ।
वराहक्षेत्रमा जङ्गली हात्तीको आतङ्क
वराहक्षेत्र २, पुनर्वासका, कृष्णप्रसाद अधिकारी दुई हप्तादेखि राम्रोसँग निदाउन पाउनुभएको छैन । प्रत्येक साँझ एक हातमा बत्ती र अर्को हातमा लट्ठी बोकेर रात कटाउनु उहाँको दैनिकी नै बनेको छ ।
माओवादीका नेतालाई नयाँ जिम्मेवारी : प्रदेशको नेतृत्व फेरबदल
सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले नेताहरूको जिम्मेवारी फेरबदल गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो।
गोरखापत्रको सुधार प्रशंसनीय
राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकारले गोरखापत्रले पछिल्लो समयमा गरेका सुधारका कार्यको प्रशंसा गर्नुभएको छ।
शृङ्गारका सामग्री आयातमा बाहिरिन्छ ठुलो रकम : आँखा र ओठका लागि ५५ करोड खर्च
दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठुलो धनराशि खर्च भएको पाइएको छ। सिन्दूर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठुलो धनराशि बिदेसिएको छ।
पहिरोको उच्च जोखिममा पीपलगाउँ
बाजुराको खप्तड छेडेदह गाउँपालिका-२ मा रहेको पीपलगाउँ पहिरोको उच्च जोखिममा परेको छ । गत साउन १९ देखि २२ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले पीपलगाउँ जोखिममा परेको हो ।
आँखा पाक्ने समस्या बढेपछि कमलामाईका विद्यालय पाँच दिन बन्द
सिन्धुलीको कमलामाई नगरपालिकाले शिक्षक तथा विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएपछि सोमबारदेखि पाँच दिनका लागि विद्यालय बन्द गरेको छ ।
सामाजिक भत्ता वडामै पाउँदा ज्येष्ठ नागरिक खुशी
यतिबेला बाजुराका अधिकांश स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वडाबाट नै वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । सामाजिक सुरक्षा भत्ता ल्याउन जाँदा लौरोको सहायताले घण्टौँ पैदलमा हिँड्न दुःख पाउँदै गरेका ज्येष्ठ नागरिकले पछिल्लो समय वडाबाट नै भत्ता पाउन थालेपछि खुशी भएका हुन् ।
प्रमुख सेनानी कार्कीको नागरिक अभिनन्दन
भैरवप्रसाद गण सिलगढीका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीको नागरिक अभिनन्दनसहित बिदाइ गरिएको छ । विगत डेढ वर्षदेखि डोटीमा कार्यरत कार्कीलाई डोटीका नागरिक संस्थाहरुले एक कार्यक्रमबीच सम्मानसहित बिदाइ गरेका हुन् ।
निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैनः मन्त्रालय
निर्माण व्यवसायीले काम गरेबापत भुक्तानी नपाएको भन्दै आन्दोलन गरे पनि सरकारका कर्मचारी भने नियमसँगत आएका बिलहरुको भुक्तानी नरोकिएको बताएका छन् । प्रक्रिया पुरा गरेर आएका बिलहरु नरोकिएको र भुक्तानीमा कुनै वाधा नभएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताउनुभयो । नियामनुसार प्रक्रिया पुर्याएर आएका बिलहरुको भुक्तानी रोक्ने अधिकारी सरकारलाई नभएको उहाँले बताउनुभयो ।
अध्यक्ष प्रचण्डको जवाफअघि माओवादी पदाधिकारी बैठक बालुवाटारमा
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा जारी छ ।
लोक सेवा आयोगको नाममा नक्कली सूचना जारी, हजार बढीले दिए परीक्षा
बाँके खजुरा गाउँपालिका २ का मनिष शर्माले सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको सब इन्जिनियर पदको विज्ञापनमा अनलाइनबाट एक हजार रुपियाँ तिरेर फाराम भर्नुभयो ।
वडाध्यक्षकै घर खोलामाथि
काठमाडौँ महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ भएर बग्ने यज्ञमती र चखुँचाखोला अतिक्रमणमा तत्कालीन स्थानीय निकाय र प्राविधिकहरू पनि संलग्न रहेको पाइएको छ । बुढानीलकण्ठ नगरपालिकाका प्रमुख एवं तत्कालीन कपन गाउँ विकास समितिका अध्यक्ष मिठाराम अधिकारीसहितका जनप्रतिनिधिले चखुँचा र यज्ञमतीखोला दोहनमा भूमाफियाको साथ दिएको खुलेको छ । नगर प्रमुख अधिकारीले स्थानीय तह निर्वाचनपछि जिम्मेवारी सम्हालेपछि पनि उक्त क्षेत्रमा खोला मिचेर घर बनाउने गरी नक्सा पासको कार्य रोकिएको छैन । उहाँले खोला मिचेर बनाउँदै गरेका संरचनाको नियमन गर्नुभएको छैन ।
माओवादी केन्द्रको बैठक सकिँदै
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै केन्द्रीय सदस्य र पदाधिकारीको आइतबार एकमुस्ट जवाफ दिनुहुने भएको छ। बुधबारदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको केन्द्रीय समिति बैठकमा चार दिनसम्म २२१ जना नेताले आफ्ना धारणा राखेका छन्।