पानी माग्दै उपभोक्ताले लगाए खानेपानी कार्यालयमा ताला
इलाम बजारका उपभोक्ताले दुई सातादेखि धारामा पानी नझरेपछि इलाम बजार सहरी खानेपानी आयोजनाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
आजको मौसम: देशैभर अति भारी वर्षा सतर्क रहन आग्रह
काठमाडौँ । देशका अधिकांश भू–भागमा मङ्गलवार बिहानै देखि भारी र अति भारी वर्षा सुरु भएको छ । बिहानै देखि देशभर सामान्यदेखि पूर्ण बदली रहेकाले बाढी, पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
न्यु मिडियालाई स्वनियमनबाटै व्यवस्थित गर्नु पर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यु मिडियाको व्यवस्थापन स्वनियमनबाटै गर्न सकिने बताउनुभएको छ। प्रेस काउन्सिल नेपालले आज भक्तपुरमा आयोजना गरेको न्यु मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले न्यु मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि यसैबाट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। “न्यु मिडिया पनि मिडिया हो, यसले पनि अगाडि बढ्न खोज्दै छ। हाम्रो समाजमा अहिले जे परिवर्तन आयो, त्यसलाई आत्मसात् गर्न सकेनौँ भने त डायनोसर बन्ने स्थिति पनि बन्ला,” उहाँले भन्नुभयो, “सबैभन्दा ठुलो कुरा स्वनियमन र आचारसंहिता हो। यो नभए कानुन पनि त चाहिएला। त्यसतर्फ सोचौँ।”
‘ल्हारक्याल साझा व्यक्ति’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषका उपाध्यक्ष नियुक्त डा. ल्हारक्याल लामा सबै पार्टीको साझा व्यक्ति दाबी गर्नुभएको छ। किरात राई यायोक्खाको ३६ औँ स्थापना दिवसका उपलक्ष्यमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले लामालाई सबै पार्टीले साझा व्यक्तिका रूपमा लिनुपर्ने बताउनुभयो।
नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग : छिचोलियो आपतकालीन सुरुङ
नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजना अन्तर्गतको आपत्कालीन उद्धार सुरुङ छिचोलिएको छ । सोमबार अन्तिम विस्फोट गराएर सो सुरुङ मार्ग छिचोलिएको हो । विस्फोटसँगै छिचोल्न बाँकी रहेको एक मिटर भाग भत्केर सुरुङ वारपार भएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘स्विच’ थिचेर अन्तिम विस्फोट गराउनुभएको थियो । यो सुरुङ मार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर छ ।
गतिरोध चाँडै अन्त्य हुन्छ : प्रम
दलहरूको अडान यथावत् रहेपछि सदनको गतिरोध अन्त्यका लागि सभामुखसहितका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन सकिएको छ । बैठक मङ्गलबार फेरि बस्ने सहमति भने भएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा सोमबार दुई चरण शीर्ष नेतासहितको परामर्श भएको थियो । तर सुन प्रकरणमा प्रमुख प्रतिपक्ष दलको माग अनुसार उच्चस्तरीय समिति गठन गर्ने वा नगर्ने विषयमा सहमति नभएपछि अवरोध यथावत् छ । सत्तापक्ष र प्रतिपक्षबिच समझदारी नबन्दा प्रतिनिधि सभाको बैठक मङ्गलबारसम्म स्थगित गरिएको छ । मङ्गलबार बिहान सभामुखसहित शीर्ष नेताबिच पुनः छलफल हुने छ ।
सिआइबीद्वारा सुन तस्करी प्रकरणमा अनुसन्धान सुरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङबाट बरामद भएको झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको छ । सिआइबीले यस प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अघि बढाएको सिआइबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।
‘ब्लु बस’ रुट परिवर्तन गर्न प्रक्रिया प्रारम्भ
रङ र रुटको प्रयोगमा समस्या देखिएको ‘ब्लु बस’ को रुट परिवर्तनका लागि प्रक्रिया सुरु भएको छ । तर नयाँ रङ परिवर्तन गर्दाको भ्याट बिलसमेत राखेर यातायात कार्यालयमा निवेदन दिनुपर्ने भएका कारण रङ परिवर्तनका लागि सोमबार निवेदन पर्न सकेन । पत्रु बनाउनुपर्ने ना २ च ५६१९ एम्बुलेन्स गैरकानुनी रूपमा रङ परिवर्तन गरी ‘मोबाइल क्लिनिक’ सञ्चालन गरेको र अर्को एक भाडाको बसलाई पनि गैरकानुनी रूपमा रङ परिवर्तन गरी इजाजत नपाएको रुटमा सञ्चालन गरेको पाइएपछि किस्तामा गल्ती सच्याउने काम भइरहेको छ ।
तेह्र वर्षदेखि जङ्गलमा बास
एक दम्पती १३ वर्षदेखि जङ्गलमा बास बस्दै आएको पाइएको छ । गाउँमा भएको घर बर्खामा भत्किएपछि ती दम्पती जङ्गलमा झुपडी बनाएर बस्दै आएका हुन् । सर्केगार्ड गाउँपालिका–३ को उनापानी गाउँको कलिवान फडेरा र च्यापु फडेरा जङ्गलमा बस्दै आउनुभएको हो । फडेरा दम्पतीले गाउँबाट एक घण्टा टाढाको जङ्गलमा झुपडी बनाएर बस्दै आएको बताउनुभयो । उमेरले उहाँहरू कलिवान ७४ वर्ष र च्यापु ६४ वर्षका हुनुहुन्छ ।
संरचना अभावमा दक्ष खेलाडी उत्पादनमा समस्या
नियमित अभ्यास गर्न नपाएकै कारण सप्तरीका खेलाडीहरु राष्ट्रियस्तरमा खेल्न नपाएर पछाडि परिरहेको वक्ताहरुले बताउनुभएको छ ।
बेनी-जोमसोम सडक अवरुद्ध (फोटो फिचर)
बेनी-जोमसोम कोरला सडक खण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सडक माथिबाट खसेको पहिरोका कारण रघुगंगा गाउँपालिका २ बैसरी खण्डमा शनिबारदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
उच्च अदालतको आदेश, ‘ल्याण्डफिल साइटमा फोहोर फाल्न नरोक्नु’
उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई वडा ३२, लामेआहालस्थित अस्थायी ल्याण्डफिल साइटमै फोहोर फाल्ले बाटो खोलिदिएको छ ।
बन्दले जनजीवनमा आंशिक प्रभाव
कोशी प्रदेश नामाङ्कनको विरोधसहित विभिन्न पहिचानवादी समूहले गरेको बन्दका कारण इलामको जनजीवन आज बिहानैबाट आंशिक रुपले प्रभावित भएको छ ।
बेपत्ता भएका तीनको पहिचान खुल्यो
भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका हुम्लाका तीन जनाको पहिचान खुलेको छ । उहाँहरू पहिरोमा परी बेपत्ता भएको पाँच दिनपछि प्रहरी गाउँमा पुगेर आफन्तसँग बुझ्दा पहिचान खुलेको हो ।
पाल्पामा आँखा पाक्ने रोगको बढ्दो सङ्क्रमण
दुई हप्तादेखि पाल्पामा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दैगएको छ । नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत रहेको पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेन र कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरमा आँखा पाक्ने समस्या लिएर आउने बिरामी बढ्दैगएको जनाएको छ ।
भौतिक पूर्वाधार र यातायात क्षेत्रमा बिचौलिया राज अन्त्य गरेका छौँ : प्रकाश ज्वाला
वर्तमान सरकारले भौतिक पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । विकासको पनि विकासका रूपमा लिइने यस क्षेत्रलाई महत्त्व दिइए पनि स्रोत र साधनको अभावका अपेक्षित प्रगति हुन भने सकेको छैन । आयोजना जिम्मा लिने, समयमा काम नगर्ने प्रवृत्ति निर्माण व्यवसायीमा मौलाएको छ ।
धान जोगाउन ‘हरेली पूजा’ (फोटो फिचर)
जिल्लाको भूमे गाउँपालिका–३ सीमावासीले ‘हरेली पूजा’ गरेका छन् । सीमावासीले हरेक वर्ष धानबाली जोगाउन ‘हरेली पूजा’ गर्ने गरेका छन् ।
पृथ्वी राजमार्ग विस्तार : दमौली बजारका घर भत्काउन सुरु
पृथ्वी राजमार्ग विस्तारका लागि तनहुँको सदरमुकाम दमौली बजारका घरटहरा भत्काउन सुरु गरिएको छ ।
सदनको अवरोध हटाउन छलफल गर्ने माओवादी केन्द्रको निर्णय
काठमाडौँ, साउन २२ गते । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत सत्ता पक्षका शीर्ष नेतासँग छलफल गर्ने निर्णय गरेको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । आजको बैठक अवरुद्ध सदनलाई कसरी सञ्चालन गर्नेमा केन्द्रित भएको उहाँले बताउनुभयो । मुख्य सचेतक पाण्डेले सदनलाई सञ्चालन गर्न विभिन्न तहमा छलफल र संवाद भइरहेको उल्लेख गर्दै सभामुख देवराज घिमिरेले राख्नुभएको बैठकमा सदन सञ्चालन गर्न सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । बैठकमा राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले सभाको गतिविधि र मुख्य सचेतक पाण्डेले प्रतिनिधिसभाको गतिविधिबारे जानकारी गराउनुभएको थियो । दुवै सदनका सचेतकको ‘ब्रिफिङ’ का सम्बन्धमा राष्ट्रियसभा र प्रतिनिधिसभाका १२ सांसदले धारणा राख्नुभएको थियो । बैठकमा दलका नेता एवं प्रधानमन्त्री दाहालले समग्र नेपाली जनताको भावनालाई समेटेर सुशासन, समृद्धि र सामाजिक न्यायसहितको रुपान्तरणका साथ अगाडि बढ्नका लागि र सङ्घीय संसद्को भूमिका अझ वृद्धि गर्न सांसदलाई निर्देशन दिनुभएको थियो । उहाँले भर्खरै सम्पन्न केन्द्रीय समितिले लिएका निर्णय व्यवहारमा कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिनुभयो । बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकको मूल भावका साथै सङ्घीय संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा प्रष्ट पार्नुभएको थियो । उहाँले सङ्घीय शिक्षा, सङ्घीय निजामती र सङ्घीय प्रहरी ऐन सरकारको प्राथमिकतामा रहेको र ती विधेयक तत्काल सदनमा दर्ता गर्न लागिपरेको बताउनुभयो । बैठकमा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलसँगको संवादका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै अवैध सुन बाहिरिएको विषयको निश्पक्ष छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिने निर्णय भएको विषय राख्ने जानकारी दिनुभएको मुख्य सचेतक पाण्डेले बताउनुभयो । “सुन समातिएपछि राजस्व अनुसन्धान विभागले अनुसन्धान अगाडि बढायो, यो राजस्वसँग मात्र सम्बन्धित नभएको र सङ्गठित अपराधसँग पनि जोडिएकाले यसको अनुसन्धानका लागि सिआइबीको जिम्मा लगाएको छ”, प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो । रासस
नसा च्यापिएको समस्या तीन महिनामा निको पार्न सकिन्छ: न्युरोसर्जन डा. झा
वरिष्ठ न्युरोसर्जन डा. राजीव झाले अस्पतालमा आउने अधिकांश बिरामी ढाडको दुखाइको समस्या लिएर आउने बताउनुहुन्छ ।
महिनाैँ बित्दा पनि बनेन संसदीय समिति
आमनिर्वाचनपछि गण्डकी दुई पटक सरकार बनिसकेका छन् । काँग्रेस नेतृत्वमा बनेको सरकारले शनिवार एक सय दिन पूरा गरेको छ । तर, प्रदेशसभा गठन भएको सात महिनासम्म पनि यसका समितिहरू बन्न सकेका छैनन् ।
कर्णालीका २७ वटा स्थानीय तहलाई कारबाही सिफारिस
राष्ट्रिय किताबखानाले कर्णाली प्रदेशका सात जिल्लाका २७ वटा स्थानीय तहलाई कारबाही गर्न सिफारिस गरेको छ । नियमित स्थायी शिक्षकलाई तलब भत्ता भुक्तानी गर्नु अघि तलबी प्रतिवेदन स्वीकृत नगरी तलब भुक्तानी गर्ने कर्णालीका ती स्थानीय तहलाई कानुन अनुसार कारबाहीका लागि सिफारिस गरिएको जनाएको छ ।
नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग : आपतकालीनतर्फ आज छिचोलिँदै
निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग सोमबार छिचोलिने भएको छ। अन्तिम विस्फोट गराएर सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिँदै छ। नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रवक्ता रमेश कोइरालाले आयोजनाको आपत्कालीन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिने जानकारी दिनुभयो। “भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङ मार्ग छिचोल्ने कार्यक्रम तय भएको छ,” उहाँले भन्नुभयो, “दुई हजार ५५७ मिटरमध्ये दुई हजार ५५६ मिटर खन्ने काम पूरा भइसकेको छ। छिचोल्नका लागि अब एक मिटर खने पुग्छ।”
संसदीय सुनुवाइका लागि नाम पठाइयो
संवैधानिक परिषद्ले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइका लागि पठाएको छ । परिषद्ले सुनुवाइ प्रक्रियाका लागि संसदीय सुनुवाइ समितिमा नाम पठाएको हो । परिषद्को पत्राचार अनुसार समितिले प्रारम्भिक बैठक मङ्गलबार बोलाउने तयारी गरेको छ । उक्त बैठकबाट प्रक्रिया थालनी गर्दै श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने तयारी छ ।