घाँस काट्ने क्रममा महिलाको मृत्यु
घाँस काट्नेक्रममा मङ्गलसेन नगरपालिकामा एक महिलाको भीरबाट खसेर निधन भएको छ । मङ्गलसेन नगरपालिका–१ जैधन निवासी अन्दाजी २४ वर्षीया निर्मला साउद थापाको निधन भएको हो ।
सरकार र पार्टी निर्माणमा छलफल केन्द्रित
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश नेताले सरकारको कामकारबाहीको समीक्षा र पार्टी निर्माणमा केन्द्रित भई आआफ्नो धारणा राखेका छन् । बुधबारदेखि प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरूले पार्टीलाई विधि पद्धतिमा लग्न नसकिएकोमा चिन्ता व्यक्त गरेका छन् ।
प्रगति विवरण पेस गर्न निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हरेक महिना सबै सरकारी निकायको प्रगति विवरणसहितको रिपोर्ट कार्ड प्रधानमन्त्री कार्यालयमा पठाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा उहाँले मन्त्रीपरिषद्का निर्णय कार्यान्वयनको अनुगमन गर्ने स्वचालित प्रणाली तथा एकीकृत मूल्याङ्कन प्रणालीलाई चुस्तदुरुस्त अघि बढाउन निर्देशन दिनुहुँदै भन्नुभयो, “हरेक महिना सबै निकायको प्रगति विवरणको रिपोर्ट कार्ड मकहाँ आउने व्यवस्था मिलाउनूस्।” उहाँले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सका रूपमा विकास गर्न निर्देशन दिनुभएको छ।
प्रधान न्यायाधीश कार्कीको अवकाश
प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले पदबाट अवकाश पाउनुभएको छ। संवैधानिक प्रावधान अनुसार कार्कीले उमेर हदका कारण अनिवार्य अवकाश पाउनुभएको हो। प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्षको हुने संवैधानिक व्यवस्था छ। उहाँले अवकाश पाउनुअघि बिहीबार संवैधानिक परिषद्ले प्रधान न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम नियुक्तिका लागि सिफारिस गरिसकेको छ। आइतबारदेखि श्रेष्ठले नै कायममुकायमका रूपमा सर्वोच्च न्यायालयको नेतृत्व गर्नुहुने छ।
शान्ति प्रक्रिया छिट्टै टुङ्ग्याइने
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले शान्ति प्रक्रियालाई सधैँका लागि टुङ्ग्याउनुपर्ने उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी सशस्त्र द्वन्द्वबाट पीडितलाई समाजमा पुनः स्थापित गराउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभयो।
सुन तस्करी प्रकरण : सांसदद्वारा निष्पक्ष अनुसन्धान माग
सुन तस्करी प्रकरणको अनुसन्धान प्रक्रियालाई निष्पक्ष बनाउन सांसदले माग गरेका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदले छानबिन प्रक्रियामा भइरहेको अलमलप्रति प्रश्न उठाउँदै राज्य संयन्त्रबिच आवश्यक समन्वय गरेर छानबिन गर्न सुझाएका हुन्।
शिक्षा ऐन द्रुत गतिमा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय शिक्षासम्बन्धी ऐन छिट्टै आउने बताउनुभएको छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेनस नेपाल (प्याब्सन) काठमाडौँ शाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। ऐन निर्माण कार्य दु्रत गतिमा अघि बढिरहेको बताउँदै उहाँले २०२८ सालमा बनेको शिक्षा ऐनले अबको विद्यालय शिक्षालाई अघि बढाउन नसकिने स्पष्ट गर्नुभयो। विद्यालय शिक्षासम्बन्धी विधेयकलाई प्रतिनिधि सभामा पठाउन हालै मन्त्रीपरिषद्ले निर्णय गरेको थियो। नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको बताउँदै सञ्चारमन्त्री शर्माले भन्नुभयो, “हाम्रो लक्ष्य समाजवाद हो। यसको अर्थ शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क हुनु पर्छ भन्ने नै हो।”
पहिरोमा सत्र जना नेपाली बेपत्ता
रोजगारीका लागि भारतको उत्तराखण्डको गौरीकुण्डमा रहेका १७ जना नेपालीसहित १९ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उहाँका छोरा लालबहादुर कामी, सुखरा रावत र उहाँका छोरा जोरा रावतलगायत सात जना, हुम्लाका १० र दुई जना भारतीय नागरिक रहेका छन्।
पत्रु बनेको एम्बुलेन्समा ‘मोबाइल क्लिनिक’
चितवन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको निर्वाचन क्षेत्रमा मात्र प्रयोग गर्ने गरी एम्बुलेन्सको दुरुपयोग भएको छ। सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलालाई निःशुल्क गरिएको ब्लु बस र ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि भनेर मोबाइल क्लिनिक सञ्चालनमा ल्याउनुभएको छ तर एम्बुलेन्सको रङ परिवर्तन गरी नीलो बनाएर तथा अन्य विशेष सूचना दिने सङ्केतसमेत हटाएर राजनीतिक उद्देश्य पूरा हुने गरी एम्बुलेन्स सञ्चालन गर्दा एम्बुलेन्सको प्रचलित मापदण्ड र ऐनका कतिपय प्रावधान मिचिएका छन्।
त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ ।
राष्ट्रिय सुरक्षाको आयाम फराकिलो भइसकेको छ: उपप्रधानमन्त्री खड्का
सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा शुक्रबार तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवम् भौगोलिक लगायतका अन्य सबै पक्षको समग्र सुरक्षा भएको स्पष्ट पार्नुभयो।
आँखा पाक्ने रोगले विद्यालय बन्द गर्ने निर्णय
झापामा आँखा पाक्ने रोग फैलिएसँगै उपचारका लागि अस्पतालमा भीड लागेको छ । आँखा पाक्ने रोगका कारण बिर्तामोड र भद्रपुर नगरपालिकाका विद्यालय सोमवारसम्म बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
लैङ्गिक संवेदनशीलता र भाषासम्बन्धी गोष्ठी
लैङ्गिक संवेदनशीलता कथा लेखन र भाषाका विषयमा नेपालगन्जमा दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । बिहीवारदेखि सञ्चालनमा आएको सो कार्यशाला आज सम्पन्न हुनेछ । अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवाललाई सञ्चारमाध्यममा कसरी उठान गर्ने भन्ने विषयमा क्षमता अभिवृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो ।
रोपाइँ सकिएलगत्तै थारु समुदायमा सावनी पूजा
रुपन्देहीका थारु समुदायले रोपाइँ सकेपछि गरिने सावनी पूजा सम्पन्न गरेका छन् । रोपाइ गर्ने क्रममा हलो र कोदालोले खनजोत गर्दा अनेकौं किरा फट्याङ्ग्रा र विभिन्न जीवजन्तु समेत मर्ने भएकाले त्यसको दोष नलागोस् भनेर प्रत्येक बर्ष तराईमा रोपाइ सकेपछि सावनी पूजा गर्ने परम्परा रहिआएको छ ।
ओखलढुङ्गामा आँखा पाक्ने बिरामी बढे
ओखलढुङ्गामा आँखा पाक्ने रोगका बिरामीको संख्या बढेको छ । देशका विभिन्न ठाउँमा प्रकोपको रुपमा फैलिएको आँखा पाक्ने रोग यहाँ पनि फैलिएको पाइएको हो ।
मिटरब्याज पीडितलाई निवेदन दिन आयोगको आह्वान
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेको छ ।
डेङ्गु फैलाउने लाम्खुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु
डेङ्गुको सङ्क्रमणबाट हुनसक्ने महामारी रोकथाम र नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय इलाम र इलाम नगरपालिकाले बजार क्षेत्रमा लार्भा नस्ट गर्ने अभियान चलाएको छ ।
खोल्सीगाउँका गर्भवती महिला स्वास्थ्य संस्था जाँदैनन्
जिल्लाको एउटा सिङ्गो गाउँका गर्भवती महिलाहरू गोठमै सुत्केरी हुने गरेको पाइएको छ । गाउँमा प्रसूति गृह नहुनु र गाउँवासीमा सुरक्षित सुत्केरी गराउने कुरामा जानकारी पाएर पनि त्यसलाई अटेरी गरेको कारण गर्भवती महिलाहरूले गोठ गोठमा सुत्केरी हुनु परेको हो ।
देवघाटमा नदीले बगाएर तीर्थयात्री बेपत्ता
नदीले बगाएर देवघाट धामबाट एक तीर्थयात्री बेपत्ता भएका छन् । तनहुँको देवघाट गाउँपालिका– ५ स्थित वेणी सङ्गम (त्रिशूली नदी र काली गण्डकी नदीको संगमस्थल) बाट बेपत्ता हुनु भएको हो ।
यस्तो छ समय (कविता)
कानै खाने कृत्रिम आवाज फोक्सोमा जमेका पुरानो थोत्रा गाडी टेम्पो बाइक कलकारखाना, आदिबाट निस्केका धुवाँका मुस्लो जनजीवनमा पार्ने सामान्य असर न हो मान्छेको सरदर आयु नै छैन ।
मानव बेचबिखन र ओसारपसारविरुद्ध नीति बनाइँदै
बागमती प्रदेश सरकारले प्रदेशमा मानव बेचबिखन तथा ओसारपसार कार्यलाई नियन्त्रण गर्न मानव बेचबिखन तथा ओसारपसारविरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति बनाउने भएको छ ।
संसद् खुलाउने पहल गर्न ध्यानाकर्षण
सुन तस्करीको विषयले संसद्को गतिविधि निरन्तर अवरुद्ध हुन थालेपछि राष्ट्रिय सभाले सरकारलाई आवश्यक पहल लिन आग्रह गरेको छ। अवरुद्ध हुँदै आएको बैठकलाई सहज रूपमा सञ्चालनको वातावरण बनाउन आवश्यक पहल गर्न सभाले सरकारलाई आग्रह गरेको छ।
राष्ट्रिय युवा विज्ञान सम्मेलन हुने
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले आउँदो भदौमा राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्ने भएको छ। नासोले विज्ञान तथा विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहका युवा तथा बालबालिकालाई लक्षित गरेर भदौ ३० गते राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्ने जनाएको छ। कार्यक्रममा आवेदन दिने युवा तथा बालबालिकालाई सम्मेलन आयोजना हुनुभन्दा पहिले दूरशिक्षा विधिबाट वैज्ञानिक अनुसन्धानपत्र अवधारणा लेखन तथा प्रस्तुतीकरणसबन्धमा कार्यशाला सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ। यस वर्ष सम्मेलनको विषयवस्तु ‘भविष्यका लागि सिकाइ’ (लर्निङ फर फ्युचर) रहेको छ।
पार्टी निर्माणमा कठोर रूपमा लाग्न सुझाव
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा बोल्ने अधिकांश नेताले सरकारले भ्रष्टाचारविरोधी अभियान थालेजस्तै पार्टी निर्माणमा कठोर कदम चाल्न सुझाव दिएका छन्। नेताहरूले पार्टी केन्द्रीय समिति दुई अङ्कको बनाएर चुस्त बनाउन आग्रह गरेका हुन्।