कविता, गीत र गजलको त्रिवेणी
थुनिएको जिन्दगी शीर्षकीय कविता सङ्ग्रह लिएर कवि उद्धवहरि अधिकारी (२०१४) नेपाली साहित्यको बगैँचामा उपस्थित हुनुभएको छ । यस कविता सङ्ग्रहमा ११० वटा छोटा छोटा सिर्जनाको माला गाँसिएको छ ।
मीठा शब्द र सुन्दर भावनाको धाराप्रवाह
श्रीबाबु कार्कीको नवीनतम निबन्धकृति हो ‘सन्दिग्ध शताब्दी’ । आत्मपरक शैलीमा लेखिएका निबन्धहरूको सङ्ग्रह ‘सन्दिग्ध शताब्दी’भित्र मध्यम आकारका जम्माजम्मी १४ वटा निबन्ध सङ्गृहीत छन् ।
ग्रेगोर स्याम्साको कायान्तरण
सन् २०१५ तिर पेस युनिभर्सिटी न्युयोर्कको पहिलो तलामा रहेको पसल बान्र्स एन्ड नोेबेलमा केही पुस्तक खोज्ने क्रममा रामचन्द्र केसीले एक दशक पहिले आफैँले नेपाली भाषामा अनुवाद गरेको सचित्र उपन्यासिका फेला पारे, ‘द मेटामोर्फसिस’ ।
फासविन्डर र उनको अली
न्यु जर्मन सिनेमाका महान् हस्ती फासविन्डरका चलचित्र नहेर्ने या नामसम्म नसुन्ने फिल्म पारखी नहोलान् संसारमा । आर्ट सिनेमा र फासविन्डर एकअर्काका पर्यायजस्तै हुन् । १९६०
लुभ्रमा सजिएका कलाकृति
कुनै कलाकृतिलाई पुस्तक वा फोटामा हेर्नु र कुनै आर्ट ग्यालरी वा म्युजियममा साक्षात् दर्शन गर्नुमा आनका तान फरक हुने रहेछ ! म्युजे डु लुभ्र अर्थात् लुभ्र म्युजियमभित्र पूरा दुई दिन घुम्दा उपर्युक्त कुरा चरितार्थ भयो ।
एक गिलास दूध
कीर्तिपुर माध्यमिक विद्यालय त्यसबेला बाघभैरव मन्दिरको परिसरमा थियो । परिसरमा पश्चिम मोहडाका केही भवनहरू छन् । प्रवेशद्वारबाट छिर्नासाथ बायाँ आउने घर त्यहीँ रेखदेख गर्नेहरू बस्छन् ।
झुर मान्छेहरू
आज हामी समाजका अनेक चरित्रहरूबाट पीडित छौँ । हामी निरन्तर पीडामा हुन्छौँ । त्यो पनि झुर मान्छेकै कारणले । अरू कारणले हुने पीडाको कथा यहाँ समेटिने छैन । झुर मान्छेको पहिचान भनेको उसले आपूmलाई सबैभन्दा विज्ञ ठान्नु । सबैभन्दा मिलनसार ठान्नु । सबैभन्दा गन्यमान्ने ठान्नु । सबैभन्दा लोकप्रिय ठान्नु । अनि अरूले मेरा बारेमा के सोचे होलान् भनेर एक रत्ति पनि नसोच्नु । उसको निजी विचार नै सबैको विचार हो भनेर भ्रम पाल्नु । उसको अभिव्यञ्जना नै शाश्वत हो भनेर ग्रहण गर्नु । अनि अरूले उसको कुरा ध्यान दिएर आनन्द
टुर दे’ लाक ब्लाँ
मानव जाति यात्री हुन् । मानव सभ्यताको विकास पनि यात्राबाटै भएको हो । वर्तमान सिरिया, इजिप्ट र इरानलाई आधुनिक मानव सभ्यताको जननी मानिन्छ । त्यहीँबाट एकथरी पश्चिम ग्रिसतिर लागे । अर्काथरी पूर्वतिर । खसहरू त्यतैबाट अफगानिस्तान, हिन्दुकुस, कस्मिर हुँदै हिमालयको दक्षिण र गङ्गामैदानमा पुगेका हुन् । दसौँ हजार वर्षदेखिको यात्रा जारी छ । रेल, हवाईजहाज, पानीजहाज, समुद्रमुनि र समुद्रमाथि गरिने द्रुत गतिका यातायातका साधनले पृथ्वीको यात्रा सहज र छिटो बन्यो । अबको यात्रा अन्तरिक्षतिर केन्द्रित गरिँदैछ । मानिसले मानिसलाई मार्ने काम जङ्गली अवस्थाको प्रारम्भमा थियो, आजको अति विकसित युगमा पनि छ ।
दर्शनको मुहान
आजको दर्शन कालो बादलबाट मुक्त भएर निक्खरा भएको छ । ठूला चक्रवातमा पौडी खेल्दै बल्लतल्ल यो आफ्नो अस्तित्व पाउन सफल भयो । दर्शनको लक्ष्य अन्तिम सत्यमा पुग्नु हो जसलाई भेट्न यसले कयौँ सहस्र वर्ष पर्खनुप-यो । यसमा जे जति दरिला चिन्तनहरू भए तिनीहरू अन्तिम सत्यमा पुग्नभन्दा वरै रहेर त्यसको भ्रम दिइरहेथे । दर्शन उनीहरूका निम्ति चिन्तनमा गरिने रमाइलो कसरत थियो जहाँ परम सत्यलाई भेट्ने लक्ष्य धूमिल हुन जान्थ्यो । सत्य प्राप्तिको लालसामा यसले हामीलाई ठोस यथार्थसम्म पु-याउन सकेन ।
युगयुगान्तदेखि युगयुगान्तसम्म ! (कविता)
युगयुगान्तदेखि रहेको यो आकाशको चोक्टो मुन्याड रहिबसेर जब मः एउटा पुस्तक पढ्छु, एउटा गीत भुत्भुताउँछु, एउटा कविता कोर्छु,
गीत
बिलौना गर्ने, आँसु झार्ने मेरै भाग हुन्छ सुकिलो रुमालभर छिनमा दागैदाग हुन्छ झन् आँसु बग्छ सम्हालिन खोज्छु जति कठै ! आँखाहरू चुहिरहनु बन्यो नियति रुनेको अक्सर यहाँ एकान्तै माग हुन्छ
एक थान अमूर्त कविता
जन्मेको छ एक अराजक प्राणी संसारमा जसको समयचर्या छ – सूर्य नपुगेको ठाउँबाट बटुलेर मनभरि भावना सँगालेर आँखाभरि ज्योतिपुञ्ज
ढुङ्गा बन्दैछ मानिस (कविता)
ढुङ्गाको पूजा गर्दागर्दै मानिस आफैँ ढुङ्गा भइरहेछ फरक यत्ति हो, ढुङ्गा बोल्दैन मानिस बोल्छ, अति बोल्छ, जे पनि बोल्छ ।
कागज (कविता)
म एक सदा पाना हूँ अक्षरहरू पोखिरन्छ ममाथि फगत साहु तमसुक लेख्छ विद्यार्थी नोट बनाउँछ शिक्षक बासी पुराण सार्छ उजुरवाला उजुर लेख्छ
गीत
जोड्दा जोड्दै दुईटा मुटु कहाँनिर टुट्यौँ थाहै नपाई कुन मोडमा कतिखेर छुट्यौँ । साट्न पनि सकिएन मनका दुःख–सुख न त भैयो एकअर्कालाई छाया दिने रुख न त तिर्खा मेट्यौँ सँगै न थकाइ मार्न जुट्यौँ
खरानीभित्रको पहेँलो आगो (कविता)
खरानी खोस्रेर अगुल्टो ठोसठास पारेर भुतभुते तताउने
स्वतन्त्र गजल (कविता)
तिमीले ओढ्ने नीलो आकाश मेरो पनि हो महसुस गर्ने शीतल बतास मेरो पनि हो । मेरो मेरो भन्छौ सबै सामूहिक कुरा पनि तिम्रो मात्र हैन जनाव मेरो पनि हो ।
गन्तव्य (कविता)
नदी किनारमा बाटो सकिन्छ कि फेरिन्छ ? अलमल्ल त तब हुन्छु जब आफ्नो गन्तव्यमा पुग्ने बाटोले मसँगै आएर सोध्छ भाइ
नाङ्गो आवरण (कविता)
आमा म जन्मनेबित्तिकै गुटमुट्यायौ मलाई तिम्रो न्यानो फरियामा
स्वागतद्वारको निषेधाज्ञा (कविता)
बाहिरै राख्नुस् तपाईंको जुत्ता र ढोकाबाट भित्र आउनुस् सशरीर तपाईंलाई स्वागत छ––
लब जी ट्वन्टी (कविता)
एलओडीमा भेटिएका कति सन्त पुरुष र विदुषीहरू ‘-याप’का लागि थिए उत्सुक र भावुक, कुन कुन नखरासित
उठ्नेछन् फेरि (कविता)
तिमी जित्यौ जित्दै रह्यो धृतराष्ट्र पुत्र यसको केही कारण छ समरमा छैन कोही पार्थ पराक्रमी वा त्यागी युधिष्ठिरझैँ वा निष्काम कर्मयोगी केशवझैँ
दुर्घटना (कविता)
सबै दुर्घटना दुःखद हुँदैनन् जस्तो कि तिम्रो र मेरो भेट एउटा दुर्घटना थियो,
हजारौँ वर्षअघिको प्रेम (कविता)
हजारौँ वर्षअघि पृथ्वीको कुनै सुन्दर नगरमा भेटेको थिएँ मेरी प्रेयसी । पहिलो पटक तिमीलाई देख्नेवित्तिकै बेहद काउकुती लागेको थियो मलाई