कुनै कलाकृतिलाई पुस्तक वा फोटामा हेर्नु र कुनै आर्ट ग्यालरी वा म्युजियममा साक्षात् दर्शन गर्नुमा आनका तान फरक हुने रहेछ ! म्युजे डु लुभ्र अर्थात् लुभ्र म्युजियमभित्र पूरा दुई दिन घुम्दा उपर्युक्त कुरा चरितार्थ भयो ।
एक महिना लामो लन्डन बसाइताका चार दिनका लागि भए पनि पेरिस गइएको थियो । पेरिस जानुको आफ्नो एक मात्र उद्देश्य थियो– लुभ्र सङ्ग्रहालयको सङ्ग्रहमा रहेको ‘दी रिनेसाँ म्यान’ अर्थात् लिओनार्दो दा भिन्चीको ‘मोनालिसा’लाई जीवनमा एक पल्ट दर्शन गर्ने । यसबाहेक लुभ्रबारे त्यो बखत आपूmसँग अरू जानकारी उपलब्ध थिएन । पेरिसका छवटा मेनलाइन रेल्वे स्टेसनमध्ये एक ग्यार डु नोर्ददेखि रेलबाट लुभ्र सात मिनेटमै पुगिने रहेछ । म्युजियममा आगन्तुकहरूको लस्कर देखेर एकछिन त भाउन्नै भयो !
म्युजियम ब्रोसियरबाट जानकारी पाइयो– यो म्युजियम ७२,७३५ वर्ग मिटरमा पैmलिएको रहेछ । कलाकृतिहरूबाट सजाइएको वास्तु संरचनाले सम्पूर्ण क्षेत्रफलको ६०,६०० वर्ग मिटरभन्दा बढी क्षेत्र ओगटेको रहेछ । विश्वको दोस्रो ठूलो कला सङ्ग्रहालय (पहिलोमा रसियाको सेन्ट पिट्सबर्गस्थित स्टेट हर्मिटाज म्युजियम पर्छ) का रूपमा कहलिएको लुभ्र सबैभन्दा बढी दर्शकहरूको घुइँचो लाग्ने म्युजियम रहेछ । प्रत्येक दिन सालाखाला पन्ध्र हजारको सङ्ख्यामा दर्शक यहाँ आउँदा रहेछन् र तीमध्ये पैँसट्ठी प्रतिशत दर्शक विदेशी पर्यटकहरू हुँदा रहेछन् ।
लुभ्रको सङ्कलनमा तीन लाख असी हजार थान कलाकृति रहेका छन् । तीमध्ये पैँतीस हजार थान कलाकृतिलाई स्थायी प्रदर्शनीमा राखिएको छ । तिनलाई आठवटा ‘क्युरेटोरियल डिपार्टमेन्ट’मा विभाजन गरिएको
छ– इजिप्सियन, मध्यपूर्व, ग्रीक, इट्रस्कन तथा रोमन, इस्लामिक कला, मूर्ति, आलङ्कारिक कला, चित्र, प्रिन्ट तथा ड्रइङ । आम्मै कति भव्य दरबार ! कति थुप्रो कलाकृति ! कसरी सङ्कलन गरे होलान् ! अनि ती सबैको त्यति राम्रो व्यवस्थापन ! कल्पनातीत !
इजिप्सियन सेक्सनले मात्रै बीस वटाभन्दा बढी कोठा ओगटेको छ । मध्यपूर्व खण्डमा ‘स्टेल अफ नरम–सिन्’, ‘कोड अफ हम्मुराबी’, ‘दी विङ्ग्ड बुल’जस्ता मेसोपोटामिया सभ्यताका महìवपूर्ण कलाकृतिहरू सङ्ग्रहित छन् । ‘भिनस दे मिलो’, ‘दी विङ्ग्ड भिक्ट्री अफ सामोथ्रेस’जस्ता प्राचीन ग्रीक मास्टरपिसहरू यसै सङ्ग्रहालयको सङ्ग्रहमा रहेका छन् । इस्वी संवत् सातौँ शताब्दीदेखि उन्नाइसौँ शताब्दी अवधिका इस्लामिक कलाकृतिका सुन्दर नमुनाहरू पनि यहाँ रहेका छन् ।
माइकेलान्जेलोको २.१५ मिटर अग्लो ‘दी डाइङ स्लेभ’लाई प्रत्यक्ष हेर्दाको ‘एक्साइटमेन्ट’ वर्णानातित रहेको छ । यो मूर्ति रोममा पोप जुलियस द्वितीयको समाधिस्थलमा राख्ने प्रयोजनले बनाइएको थियो । यसको जोडाका रूपमा चिनिने माइकेलान्जेलोको अर्को सानदार मूर्ति रचना ‘दी रिबेलियस स्लेभ’ पनि लुभ्रकै सङ्ग्रहमा रहेको छ । यी दुईवटा मूर्ति रचना उनले सन् १५१३–१६ अवधिमा गरेका थिए ।
सिङ्गमरमर जस्तो ढुङ्गामा कस्तो गजबको ‘फिनिसिङ’ ! कति उत्कृष्ट ! कति सजीव ! माइकेलान्जेलोको प्रतिभालाई मान्नैपर्छ !
अठारौँ शताब्दीको उत्तराद्र्ध र उन्नाइसौँ शताब्दीको पूर्वाद्र्धका प्रभावशाली इटालियन मूर्तिकार एन्टोनियो कानोभाको ‘साइके रिभाइब्ड बाई क्युपिड्ज किस’जस्तो झन्डै लाइफ साइजको सिङ्गमरमरमा काटिएको मूर्तिले मनै उद्वेलित गरेको क्षण कहिल्यै बिर्सिन सक्दिनँ ।
यो मूर्ति रचना देवी भिनसका युवा पुत्र क्युपिड र लौकिक युवती साइकेबीचको प्रेम गाथामा आधारित रहेको छ । आख्यानअनुसार साइके परमसुन्दरी थिइन्– अलौकिक क्युपिड र लौकिक साइकेबीचको प्रेम सम्बन्ध क्युपिडकी आमा भिनसलाई सह्य हुँदैन– उनी जादुद्वारा साइकेलाई मृततुल्य निद्रामा पठाइदिन्छिन् ।
यस घटनाले क्युपिडलाई एकदम आघात पार्छ– उनको बिलौना देखेर देवता जुपिटर द्रवित हुन्छन्, र चिरनिद्रामा रहेकी साइकेलाई ब्युँझाउँदै अमरत्व प्रदान गरिदिन्छन् । साइकेलाई चुम्बन गरेर प्राण सञ्चार गर्दै गरेको संवेदनशील क्षणलाई कानोभाले आफ्नो यस रचनामा साकार पारेका छन् । कति प्रेमिल– कति जीवन्त रचना !
कानोभाले यस मूर्तिको दुईवटा संस्करण बनाएका थिए । यसको अर्को संस्करण रसियाको हर्मिताज म्युजियमको सङ्ग्रहमा रहेको छ ।
लुभ्रको सङ्ग्रहमा सात हजार थानभन्दा बढी चित्र रचनाहरू रहेका छन् । तिनले तेह्रौँ शताब्दीदेखि सन् १८४८ (राजा लुई फिलिपेलाई विस्थापन गर्दै दोस्रो गणतन्त्र स्थापनाको साल) सम्मको कालखण्डलाई प्रतिनिधित्व गर्छन् । सो विशाल चित्र सङ्ग्रहको रेखदेख बाह्र जना क्युरेटरले गर्छन् । कुल सङ्ग्रहको झन्डै दुई तिहाइ चित्र रचनाहरू फ्रान्सेली कलाकारहरूको रहेका छन् । उत्तरी युरोपेली कलाकारहरूको मात्रै एक हजार थानभन्दा बढी कामहरू यहाँ रहेका छन् ।
फ्रान्सेली क्रान्तिपश्चात् राजकीय सङ्ग्रहमा रहेका कलाकृतिहरूबाट लुभ्र म्युजियमको सुरुवात भएको थियो । सन् १९८६ मा दी ओर्से रेल स्टेसनलाई म्युजेई दी ओर्से अर्थात् ओर्से म्युजियममा परिणत गरिएलगत्तै लुभ्रमा रहेका कलाकृतिहरूलाई बाँडफाँट गरिएको थियो । फलस्वरूप सन् १८४८ पछिका कलाकृतिहरू यहाँदेखि ओर्सेमा सारिएका थिए ।
सत्रौँ शताब्दीका फ्रान्सेली बरोक कलाका प्रतिनिधि चित्रकारहरू जर्ज द ला टुर, निकोला पुसँ, क्लोद लोरेँ, हियासिँटे रिगो आदिका चित्र रचनाहरू हुँदै अठारौँ शताब्दीका फ्रान्सेली कलाकारहरू जँ–अँट्वान वाटो, मोरिस कँटाँ द ला टुर, जँ–बाटिस्ट–ग्रिउज, मारी–लुइज–एलिजाबेथ भिगे–लब्रँदेखि लिएर नवशास्त्रीयतावादी कलाकारहरू जाक–लुई डेभिड, अँट्वान–जँ ग्रोस, जँ–अगुस्ट–डोमिनिक अँग्रेस, मारी–गिलेमाँ बेन्वास्ट् आदिका चित्र रचनाहरूलाई जीवनमा पहिलो पल्ट दर्शन गरियो ।
स्वच्छन्दतावादी चित्रकारहरू तेओडोर जेरिकोको ‘दी राफ्ट अफ मेडुसा’ र युजेन दलाक््रवाको ‘लिबर्टी लेडिङ पिपुल’का बारेमा निकै अघि पढिएको थियो र पुस्तकमा मुद्रित तिनका फोटो पनि अनेकौँ पटक हेरिएको थियो । म्युजियमको भित्तामा तिनलाई प्रत्यक्ष अवलोकन गर्दाको क्षण मेरा लागि अविस्मरणीय रहेको छ ।
जेरिकोको बृहत् आकार (४.९१ मि. ह ७.१६ मि.) को ‘दी राफ्ट अफ मेडुसा’लाई झन्डै आधा घण्टा हेरेको हे¥यै भएको थिएँ । समयले नभ्याइएला भन्ने डरले त्यहाँ झुन्ड्याइएका चित्र रचनाहरू छिटोछिटो हेर्दै जान्थेँ । तर
जेरिकोको यस पेन्टिङले निकै बेरसम्म मलाई अँठ्याएको थियो । बाह्र दिनसम्म काठको नाउमा खाँदिएर निस्सहाय अवस्थामा समुद्रमा अलपत्र परेका गुमनाम पात्रहरूमाथि आधारित यस चित्र रचनाले कोही पनि दर्शकलाई भित्रसम्म छुन्छ ।
चित्रमा अङ्कित अधिकांश आकृतिहरू लाइफ साइजका छन् भने अग्रभूमिमा रहेका आकृतिहरू त झन् लाइफ साइजभन्दा ठूला छन् । जीर्णप्रायः अवस्थामा पुगिसकेको नाउमा एक जना वृद्ध पुरुष आफ्ना पुत्रको लासलाई काखमा राखेर शोकाकुल रहेका छन् । वरिपरि केही लासहरू छरिएका छन् । मध्य भागमा रहेका केही मानिसहरू एकअर्कालाई पर देखिँदै गरेको जहाजतर्पm औँल्याउँदै छन् । जँ सार्ल नामका अफ्रिकी मूलका व्यक्ति घ्याम्पोमाथि उभिएर पर देखिएको जहाजतर्पm रुमाल हल्लाउँदै छन् । जेरिकोको ‘दी राफ्ट अफ मेडुसा’मा यस्तै दृश्य देखिन्छ ।
दलाक््रवाको ‘लिबर्टी लेडिङ पिपुल’ सन् १८३० को जुलाई महिनामा फ्रान्समा सार्ल दसौँ विरुद्ध भड्किएको विप्लवको स्मृतिमा आधारित रहेको छ । जनविद्रोहमाथि सायदै यस जोडाका अरू चित्र रचिएका छन् !
चित्र सतहमा क्रान्तिकारीका रूपमा विद्यार्थी, कालिगड तथा मजदुरहरूका अतिरिक्त केटाकेटी तथा लाम्चो टोपी लगाएका वकिलहरू पनि रहेका छन् । लासहरूको थुप्रोबाट बनेको तगारो र युद्धको धुवाँलाई छिचोल्दै यी क्रान्तिकारीहरू अगाडि बढ्दै छन् ।
यी यथार्थपरक पात्रहरूसँगै तिनका नेतृका रूपमा भने एउटी काल्पनिक पात्रलाई अङ्कन गरिएको छ । स्वतन्त्रताको प्रतीकका रूपमा अङ्कित यी नारी आकृतिले एक हातमा झन्डा उचालेकी छिन् र अर्को हातमा सङ्गीन जडिएको बन्दुक बोकेर क्रान्तिको नेतृत्व गरिरहेकी छिन् । यो नारी आकृतिलाई फ्रान्सेली गणतन्त्रको आदर्श ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’को प्रतीकका रूपमा लिइन्छ ।
दलाक््रवाको ‘लिबर्टी लेडिङ पिपुल’बाट प्रेरित भएर उत्तरवर्ती अनेकौँ लेखक तथा कलाकारहरूले आफ्ना कृतिहरू सिर्जना गरेका थिए । सन् १८६२ मा प्रकाशित फ्रान्सेली लेखक भिक्टो ह्युगोको उपन्यास ‘ले मिजेरब्ले’का पात्र गाभ्रोसे नाम गरेका सडक–बालक दलाक््रवाको यसै पेन्टिङमा हातमा पिस्तोल उचालिरहेका केटाबाट प्रभावित रहेको थियो ।
यो चित्र बनाइएको आधा शताब्दीपश्चात् (सन् १८८६) फ्रान्सेली मूर्तिकार फ्रेडेरिक अगुस्ट बार्थोल्डीले न्युयोर्कका लागि ४६ मिटर अग्लो ‘स्टेच्यु अफ लिबर्टी’ अर्थात् ‘स्वतन्त्रताकी देवी’ दलाक््रवाको यही चित्र रचनाबाट प्रेरित भई बनाएका थिए ।
सन् १९७८ देखि १९९५ सम्म फ्रान्समा दलाक््रवाको मुहारसहित ‘लिबर्टी लेडिङ पिपुल’को एक अंशलाई इन्ग्रेभिङ गरी छापिएको एक सय फ््रयाङ्कको नोट प्रचलनमा रहेको थियो । कला र कलाकारहरूप्रति फ्रान्सेली जनता र त्यहाँका सरकारको अनुरागलाई ‘धन्य, धन्य’ भन्न मन लाग्छ ।
पाश्चात्य कलाको इतिहासमा जेरिकोको ‘दी राफ्ट अफ मेदुसा’लाई रोमान्टिसिज्मको सुरुवात मानिन्छ भने दलाक््रवाकोे ‘लिबर्टी लेडिङ पिपुल’लाई रोमान्टिसिज्मको सारतìवका रूपमा लिइन्छ ।
जर्मन रोमान्टिस्ट चित्रकार क्यास्पर डेभिड फ्रेडरिखको ‘दी ट्री अफ क्रोज’ तथा डच बरोक कलाकारहरू योहनस भर्मेरको ‘दी लेसमेकर’, रेम्ब्रान्टको ‘बाथसेबा एट हर बाथ’जस्ता पेन्टिङ हेर्न पाउनु मेरा लागि एकदम दुर्लभ अवसर नै थियो ।
रेम्ब्रान्टको ‘बाथसेवा’ हेरेर औधि दङ्ग परियो । यो चित्र रचनामा दृश्यमान कमनीय नारी देहले मात्र होइन, अपितु बाथसेवाको मुहारमा देखिने ग्लानी र विषादको भावले दर्शकलाई गजब छुन्छ ।
बाइवलको ‘ओल्ड टेस्टामेन्ट’मा वर्णित आख्यानअनुसार स्नानरत बाथसेबालाई देखेर राजा डेभिड मोहित हुन्छन्– उनीसँग बलपूर्वक यौन सम्बन्ध राख्छन् र गर्भवती बनाइदिन्छन् । बाथसेवालाई पत्नी बनाउने लालसाले राजा उनका पतिलाई युद्धमा खटाउँछन् र षडयन्त्र गरी युद्धमा मारिन लगाउँछन् ।
रेम्ब्रान्टका पूर्ववर्ती एवं उत्तरवर्ती अनेकौँ चित्रकारले बाथसेवालाई आफ्ना चित्र रचनाको विषय बनाएका छन् । परन्तु रेम्ब्रान्टको संरचना, छाया प्रकाश, रङ सङ्गति, तुलिका सञ्चालन र केन्द्रीय चित्र–पात्रको शारीरिक स्थिति सर्वथा भिन्न र अति प्रभावशाली रहेको छ । अधिकांश कला इतिहासविद्हरूका अनुसार ‘बाथसिवा’की मोडेल उनकी प्रेमिका हेन्ड्रिकिया स्टोफल्स थिइन् ।
सन् १८६९ मा डा. लुई ला केज नाम गरेका चिकित्सक तथा कला सङ्ग्रहकर्ताले पाँच सय त्रियासी थान कलाकृतिहरू लुभ्रलाई दान गरेका थिए । तीमध्ये सबैभन्दा मूल्यवान् रेम्ब्रान्टको ‘बाथसेवा एट हर बाथ’लाई मानिन्छ ।
लुभ्रको सङ्ग्रहमा इटालियन रिनेसाँ मास्टर लिओनार्दो दा भिन्चीका चार थान काम रहेका छन्– ‘मोनलिसा’, ‘भर्जिन एन्ड चाइल्ड विथ सेँट एन’, ‘सेँट जोन दी बाप्टिस्ट’ र ‘म्याडोना अफ दी रक्स’ ।
‘मोनालिसा’ राखिएको कक्षमा दर्शकहरूको बेपत्ता घुइँचो लाग्दो रहेछ ! घुइँचोले गर्दा सुविधापूर्वक पेन्टिङ हेर्नै पाइएन । त्यसमाथि पेन्टिङलाई ‘बुलेटप्रुफ’ सिसाभित्र कैद गरिएको रहेछ । अरू सबै पेन्टिङ खुला झुन्ड्याउन मिल्ने– ‘मोनालिसा’लाई मात्रै विशेष महìव दिइएकोमा अलि चित्त बुझेन । ‘मोनालिसा’ हेर्ने हुटहुटीले मलाई लुभ्र पु¥याएको थियो– परन्तु इमानदारीसाथ भन्नुपर्दा यसलेभन्दा अरू पेन्टिङले अधिक छोए ।
इटालियन चित्रकार भिन्चीको ‘मोनालिसा’जस्तो अनमोल कृति कसरी फ्रान्सेलीहरूको पोल्टामा प¥यो भन्ने प्रकरण पनि रोचक रहेको छ । सन् १५०३ देखि भिन्चीले यस चित्रको थालनी गरेका थिए । सन् १५०७ सम्ममा पोट्रेट लगभग पूर्ण भइसकेको थियो । लिसा डेल जियोकोन्डा नाम गरेकी सम्भ्रान्त महिलाको यो चित्र जियोकोन्डा परिवारमा जान पाएन । सन् १५१७ देखि भिन्ची फ्रान्सका राजा फ्रान्सिस प्रथमको आमन्त्रणमा फ्रान्समा बस्न थालेका थिए । उनले ‘मोनालिसा’ लाई आपूmसँगै फ्रान्स लगेका थिए । भनिन्छ, आफ्नो निधन हुनुअगाडिसम्म पनि उनले यस चित्रमा काम गरी नै रहेका थिए । सन् १५१९ को मे महिनाको २ तारिखका दिन फ्रान्सको अम्बोइजमा उनको देहावसान भए लगत्तै सालाई नामका उनका सहायकले चार हजार सुवर्ण मुद्रामा यो चित्र फ्रान्सिस प्रथमलाई बेचेका थिए । कतिपय इतिहासविद्हरूका अनुसार भिन्चीले आपूm जीवित छँदा नै उल्लिखित रकम लिएर मृत्युपरान्त फ्रान्सिस प्रथमको स्वामित्वमा रहने गरी यो पोट्रेट बेचिसकेका थिए ।
तदुपरान्त यसलाई फोन्टेनब्लु राजप्रासादमा राखिएको थियो । पछि लुई चौधौँले यसलाई भेर्साई राजप्रासादमा स्थानान्तर गरेका थिए । फ्रान्सेली क्रान्तिपछि यसलाई लुभ्रको सङ्ग्रहमा राखी सार्वजनिक प्रदर्शनीमा राख्न थालिएको थियो ।
लुभ्रमा अर्का रिनेसाँ मास्टर टिसियनका काम पनि हेरियो । इटालियन बरोक शैलीका मास्टर काराभाजो त आपूmलाई अति मन पर्ने चित्रकार नै परे । उनको ‘डेथ अफ दी भर्जिन’ हेर्दा थाहा भयो– चित्र रचनामा छाया प्रकाशका त उनी जादुगर नै रहेछन् !
लुभ्र म्युजियमको अर्को महìवपूर्ण सङ्ग्रह हो– सत्रौँ शताब्दीका महान् फ्लेमिस चित्रकार पिटर पौल रुबेन्सद्वारा रचित ‘दी मारी दे मेडिची साइकल’ शीर्षकअन्तर्गतका भव्य चित्र–शृङ्खला । यस शृङ्खलामा कुल चौबीस थान चित्र रचना रहेका छन् । यो चित्र–शृङ्खला लुभ्रको ‘रिसेल्यु विङ’को दोस्रो तलामा रहेको छ ।
रुबेन्सको व्यक्तित्वमा निहित प्रतिभा, विद्वता, भद्रता तथा दरबारिया आचरणका कारण तत्कालीन युरोपका प्रायः सबै राजप्रासादहरूमा उनी लोकप्रिय एवं विश्वास पात्र रहेका थिए । सन् १६२१ मा फ्रान्सकी राजमाता मेरी डे मेडिचीले रुवेन्सलाई पेरिसस्थित लक्जम्बर्ग दरबारका लागि आपूm र आफ्ना स्वर्गीय पति अँरी चौथोका जीवनीमा आधारित भव्य चित्र–शृङ्खला तयार गर्ने कामका लागि अनुबन्ध गरेकी थिइन् । यसपछाडि राजमाताको एक मात्र
उद्देश्य आफ्नो जीवनीलाई गौरव गाथाका रूपमा प्रस्तुत गर्न लगाउनु थियो । उनको आकाङ्क्षालाई रुवेन्सले आफ्ना कुचीबाट चौबीसवटा भव्य चित्र रचनामा साकार बनाइदिएका थिए ।
चार वर्ष लगाएर तयार गरिएको यस चित्र–शृङ्खलामा उनले राजमाता मेडिचीको व्यक्तिगत एवं राजनीतिक जीवनीलाई प्राचीन ग्रीक र रोमन देवताहरूद्वारा अवलोकन गरिएका गौरवशाली घटनाहरूका रूपमा चित्रण गरिदिएका थिए ।
सन् १६३० मा राजमातालाई आफ्नै पुत्र लुई तेह्रौँद्वारा निर्वासनमा पठाइएका कारण दोस्रो चित्र–शृङ्खलाको काममा पूर्णविराम लागेको थियो ।
मौलिक रूपमा यी चित्र रचना लक्जेम्बर्ग राजप्रासादभित्र मारी दे मेडिचीको राजकीय कक्षमा राखिएका थिए । राजमाताको यो चित्रात्मक जीवनगाथालाई तीनवटा मुख्य परिच्छेदमा विभाजन गरिएको छ– उनको बाल्यकाल, महारानीका रूपमा उनको जीवनी तथा वैधव्यपछि राजप्रतिनिधिका रूपमा उनको जीवन ।
सबै चित्र एउटै उचाइ (४ मिटर) का छन् । सोह्र थान चित्र ३ मिटर चौडाइका छन् । तीन थान बृहत् आकारका चित्रहरू ७ मिटर चौडाइका छन् । बाँकी पाँच थान चित्रको चौडाइ फरक फरक रहेका छन् ।
अब लुभ्रको इतिहासबारे सङ्क्षिप्त जानकारी लिऔँ । विकिपिडियाबाट सङ्कलित जानकारीअनुसार– लुभ्र दरबारको निर्माणको थालनी बाह्रौँ शताब्दीको उत्तराद्र्धमा राजा फिलिप द्वितीयले गरेका थिए । त्यो समय नरमन्डीमाथि इङ्गल्यान्डले आधिपत्य जमाइरहेको अवस्था थियो । अतः पश्चिमतर्पmबाट हुने सम्भावित आक्रमणबाट नगरलाई सुरक्षित राख्ने उद्देश्यले फिलिपले दरबारलाई किलाको स्वरूप दिन चाहेका थिए ।
समयको क्रमसँगै लुभ्र दरबारको स्वरूप अनेकौँ पल्ट परिवर्तित हुँदै गएको थियो । चौधौँ शताब्दीमा सार्ल पाँचौँले सैन्य भवन्का रूपमा रहिआएको यसको वास्तु संरचनालाई आवासीय भवनको स्वरूप दिएका थिए । सन् १५४६ मा फ्रान्सिस प्रथमले यसलाई फ्रान्सेली रिनेसाँ शैलीमा निर्माण गर्न सुरु गरेका थिए ।
सन् १६८२ मा लुई चौधौँले आफ्नो राजप्रासाद भेर्साईमा सारेपछि लुभ्र दरबारको निर्माण कार्य केही समयका लागि रोकिएको थियो ।
लुभ्रमा रहेका अधिकांश इटालियन चित्रकृतिहरू फ्रान्सिस प्रथम र लुई चौधौँका सङ्कलनमध्ये पर्छन् । राफायल, माइकेलान्जेलो जस्ता इटालियन मास्टरहरूका काम फ्रान्स भिœयाउने श्रेय फ्रान्सिस प्रथमलाई जान्छ । उनैले इटलीको मिलानदेखि लिआनार्दो दा भिन्चीलाई फ्रान्स ल्याएर पूरा मान सम्मान दिएर राखेका थिए ।
सन् १६७३ मा राजाको सङ्ग्रहमा रहेका अनेकौँ चित्रहरूबाट लुभ्रलाई सिँगारिएको थियो । त्यो बखत केही निश्चित कला अनुरागीहरूलाई ती चित्र अवलोकनका लागि प्रवेश दिइन्थ्यो । लुई सोह्रौँको शासन कालमा लुभ्रलाई राजकीय सङ्ग्रहालयको स्वरूप दिने परिकल्पना गरिएको थियो । अपितु फ्रान्सेली क्रान्तिको समयसम्म सङ्ग्रहालयको काममा विराम लागेको थियो ।
अन्ततः फ्रान्सेली क्रान्तिताका लुभ्रलाई सार्वजनिक सङ्ग्रहालयको स्वरूप दिइएको थियो । सन् १७९२ को अगस्ट १० तारिखका दिन लुई सोह्रौँलाई बन्दी बनाइएसँगै राजपरिवारको सङ्ग्रहमा रहेका सबै कलाकृतिहरू राष्ट्रिय सम्पत्ति घोषणा गरिएको थियो । सन् १७९३ को अगस्ट १० तारिखका दिन राजतन्त्र अवसान भएको पहिलो वार्षिकोत्सवको अवसर पारी जनसाधारणका लागि लुभ्र सङ्ग्रहालय खोलिएको थियो । तिनताक म्युजियमको सङ्ग्रहमा पाँच सय सैँतीस थान चित्र तथा एक सय चौरासी थान कलात्मक सामग्रीहरू रहेका थिए ।
लुभ्र सङ्ग्रहालयको प्रकरणमा ‘लुभ्र पिरामिड’ बारे चर्चा गरिएन भने यो वर्णन अधुरो रहने छ ।
सन् १९८१ मा फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ मित्तेराँले लुभ्रभित्र रहेको अर्थ मन्त्रालयलाई त्यहाँबाट विस्थापन गर्दै लुभ्रको पुनः निर्माण गर्ने घोषणा गरेका थिए । ‘दी ग्रान्ड लुभ्र’ नाउँ दिइएको सो महìवाकाङ्क्षी परियोजना पूरा हुन एक दशक लागेको थियो । सन् १८७१ देखि लुभ्रको उत्तरी खण्डमा फ्रान्सेली अर्थ मन्त्रालय सञ्चालन हुँदै आएको थियो । अर्थ मन्त्रालयलाई अन्यत्र सार्ने र त्यो नयाँ परियोजनाका लागि लाग्ने अपरिमित खर्चलाई लिएर मित्तेराँका सहयोगीहरूले समेत चर्को आलोचना गरेका थिए ।
‘दी ग्रान्ड लुभ्र’को प्रमुख केन्द्र थियो– ‘लुभ्र पिरामिड’ । सन् १९८३ को जुलाई महिनामा ‘लुभ्र पिरामिड’को डिजाइनका लागि मित्तेराँले चिनियाँमूलका अमेरिकी आर्किटेक्ट आई.एम. पेईलाई अनुबन्ध गर्ने घोषणा गरेका थिए । पेईको डिजाइनलाई लिएर त्यहाँ निकै वादविवाद चर्केको थियो ।
सन् १९८४ मा सिसाबाट निर्माण गरिने पिरामिडको डिजाइनलाई सार्वजनिक गरिँदा त्यसको चौतर्फी विरोध भएको थियो । ‘दी ग्रान्ड लुभ्र प्रोजेक्ट’ पूरा हुँदा यसले एक अर्ब युरोको खर्च नाघेको थियो ।
पिरामिड तयार भएपछि यसलाई सार्वजनिक गरिँदा यसका आलोचकहरूले समेत यसको प्रशंसा गरेका थिए । सन् १९८३ देखि १९९३ को अवधिलाई यसका वास्तुकार पेई स्वयंले भनेका थिए– “दी टेन मोस्ट एक्साइटिङ यअर्स अफ माई लाइफ ! (मेरो जीवनका सर्वाधिक रोमाञ्चक दस वर्ष !)” सन् २०१९ मा एक सय दुई वर्षको उमेरमा ‘दी लुभ्र पिरामिड’का वास्तुकार आई.एम. पेईको देहावसान भएको थियो ।