तिखो सियो
अजङ्गको पहाड न वार गर्न सकिन्छ न पार
कोइली र मान्छे
ए काली ! कहिले बजाउन सिक्यौ यस्तो मिठो बाँसुरी वासन्ती नवपल्लवी कुसुममा लुक्तै बसेकी चरी
तिमीसँग जान मन छ
मेरो प्रिय गाउँ, भन्छौ, ठूलो सहरमा गयौ
के म कवि हुँ र ?
म कसरी स्वीकारूँ ? तखतामा सजिएका भावहरू, एस्ट्रेमा निभेका ठुटाहरू,
जिन्दगी यस्तै त हो कान्छा
जिन्दगी यस्तै त हो कान्छा उमेर चढ्दै गएपछि
दिन
ब्रह्माण्डबाट जन्मिएर ओर्लन्छ धर्तीको काखमा आकाशमा खेलेर
मुक्तक
दुःख आफैँसँग थियो दुःखसँग दुःखै साट्ने पनि भएनन् आफ्नै गाउँ आफ्नै घरमै थिएँ के छ ? भन्न कोही गएनन्
एकान्त एकालाप
हुन खोज्दैछ एकाकार यी मेरा चिसा एकान्तहरू
सम्झौता र सम्झौताहरू (कविता)
प्रिय, तिमी रिसाएको? मैले पूर्ववाचाहरु पुरा गरिनँ भनेर तिमी रिसाएको ?
गीतमै छ दशक
ठिट्यौले उमेरमा प्रेमिकाको खोजीमा ए दूरका सितारा मेरो चाँदनी कहाँ छ ? भन्दै गीत लेख्न थाल्ने किरण खरेलको पछिल्लो सङ्ग्रह ए दूरका सितारा–२०७९ प्रकाशमा आउँदा उहाँको उमेरले ८५ टेकिसकेको छ ।
साहित्यमा ‘अन्तर्राष्ट्रिय’ मापदण्ड
नेपालका निजी विद्यालयहरूले अङ्ग्रेजी शब्दमा नाम राख्ने र नाममा ‘इन्टरनेसनल’ थप्ने होड गरेपछि सरकारले नीति नै बनायो– विद्यालयको नाम नेपालमा राख्नुपर्ने र विद्यालयमा अध्ययनरत कुलमध्ये पाँच प्रतिशत विदेशी विद्यार्थी भएका विद्यालयले मात्र आफूलाई ‘इन्टरनेसनल’ भन्न पाउने ।
पँदालीको भीरमाथि भटभटे डान्स !
विसं २०७९ भदौ महिनाको एक दिन । आफ्नै पुर्खौली रस्तीबस्ती रहेको इन्द्रावती गाउँपालिका सिपा पोखरेमा सानोतिनो काम लिएर गएको । ढाँडबिसीको तीनकुनेमा बसबाट उत्रिएँ अनि केहीबेर यताउता विहङ्गम दृष्टि दौडाएर टहलिँदै गरेँ ।
आत्मीयताको उद्दाम पहार
भेट भएको बखत एक दिन एक जना दिदीले भन्नुभएको थियो, “भाइ घर जाने बेलामा एक पटक जसरी भए पनि भेटेर जानु होला है !” उपत्यकाका निस्ता गल्ली चहारेर काँचा सपनामा उड्दै बाँकटे हानेको पनि निकै दिन भइसकेको थियो । धोबीको गधाजस्तै घरको न घाटको भएर हिँडिरहेको थिएँ । उठ् जोगी फड्कार छाला जहाँ जाला त्यहीँ खालाको नियति शिरोधार्य गर्दै हिँडेको थिएँ । घटनाको दारुण शृङ्खलाले हल्लाउनुभन्दा पनि भएका जाहान, केटाकेटीहरूलाई स्कुलको चिसो छिँडीमा थामथाम थुमथुम पार्दै अलपत्र छोडेर हिँडेको दंशले भने मन नराम्रोसँग दर्फ¥याइरहेको थियो ।
जोगाउने चाह
पल्लो कोठामा हर्कमान कसैसँग फोनमा कुरा गर्दै थिए । यताको कोठामा रोशन भाजुमानसँग कुरा गर्दै थियो । “ हजुरबुबा, आजभोलि बाबालाई धेरै नै ब्यस्त देख्छु । के काम परेको छ ? गुठीको मान्छे पनि आएको जस्तो लाग्छ ।
बेलायतमा रल्लिँदाका दिन
कुरो सन् १९८५ को अगस्टतिरको हो । त्योबेला म ब्रिटिस काउन्सिलको छात्रवृत्ति पाएर पढ्न बेलायत पुगेको थिएँ । त्यहाँ आठहप्ते अङ्ग्रेजी भाषा पढेर मेन कोर्समा पठाउने व्यवस्था रहेछ । एक त मजस्तो नेपालको पूर्वी दुर्गम जिल्ला भोजपुरको पनि दुर्गम गाउँ कुलुङमा जन्मेको मान्छे । दैनिक बिहान डेढ दुई घण्टा उकालो र बेलुका झन्डै त्यत्तिकै समय ओरालो हिँडेर सामान्य सरकारी स्कुलमा पढेको मान्छे ।
पेसा (कथा)
अकस्मात आज हरिलाई पशुपतिको भिक्षा माग्न लहरै लाम लागेर बसेको देख्दा छक्क परेँ । मुखमा पनि कालो कालो दलेको, झुत्रो कमिज र त्यस्तै फाटेको हाफ पाइन्टमा हरि आफ्नोसामु एउटा सिलेवरको थाल ठटाउँदै “गरिबलाई सहयोग गर्नुहोस् हजुर” भन्दै भिक्षा मागेको देखेँ । एकैछिन टक्क अडेर हेरिरहेँ । उसले देखे न देखे झैँ गरेको ।
दुःखको मेला (कथा)
हामी उसलाई ‘गुरु’ भन्ने गर्दछौँ; किन भन्दछौँ, यसको कुनै अर्थताŒिवक परिभाषा हामीसँग छैन । एउटा कुरा भने निश्चित के छ भने ऊ कुनै पनि कुरा परिहासपूर्ण तरिकाले यस्तरी भन्ने गर्दछ, मानौँ उसलाई कुनै पी
आर्यपुरुषको पदचाप
कन्ट्री भिल्लाको आगनमा झरिरहेको बरफको साम्राज्य विचित्र ढङ्गले फैलिँदै थियो । जसले सडक, घरका छाना र आँगन पूरै सेतो बनाउँदै थियो । वर्षको
एकादेशको बाघ (कथा)
‘एकादेशमा एक जना राजा थिए । तिनका चार छोरा थिए...’ ‘ह्या... नाइँ क्या बाजे ! बाघको कथा सुनाउनू न । बाघ र हात्तीको कथा ।’ ‘लौ ! हिजै मात्र सुन्या हैन अन्त ? कति एउटै कथा सु
नेता, खिर र ढिँडो
ऊ कताबाट आइपुग्यो कुन्नि ! चुनावमा उठेको छ रे, हाम्र्रै निर्वाचन क्षेत्रबाट । ऊ हाम्रो नेता हो रे । परिवर्तन ल्याउन अरुले नसक्ने, उसले मात्र सक्ने दाबीका
हराएको जङ्गल
योहानेस विल्हेम जेन्सेन– योेहानेस विल्हेम जेन्सेनको जन्म डेनमार्कको फोर्साेमा २० जनवरी १८७३ मा एउटा कृषक परिवारमा भएको हो । उनी सर्जक मात्र नभएर कुशल अनुवादक पनि थिए । हेमिङग्वे र
वृद्धाश्रममा मदर्स डे (एकाङ्की)
समय : दिउँसो । स्थान : सहरदेखि टाढा एक कुनामा अवस्थित पुरानो वृद्धाश्रम । दृश्य : वृद्धाश्रमको भोजन कक्ष । कक्षमा काठको तीनवटा पुरानो टेबुललाई लहरै राखिएको छ । टेबुलको दुईतिर उत्तिकै लम्बाइको काठको बेन्च राखिएको छ । कक्षको सिलिङमा जस्ताको छानो
भक्तपुरको सेतु मानिने बिस्का : (बिस्केट) जात्रा
सांस्कृतिक एवं ऐतिहासिक महìवको बिस्काः (बिस्केट) जात्रा नेपालकै एक प्रमुख जात्राका रूपमा लिने गरिन्छ । काठमाडौँको इन्द्रजात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथ रथयात्रा र
मार्क्सवाद र सिनेमा
कार्ल मार्क्सवादको चिन्तनले प्रभाव नपारेको क्षेत्र कमै होला । मार्क्सवादबाट प्रभावित साहित्य र चित्रकला हाम्रासामु धेरै छन् । चलचित्र जगत् पनि माक्र्सवादी