• ९ मंसिर २०८१, आइतबार

साहित्यमा ‘अन्तर्राष्ट्रिय’ मापदण्ड

blog

नेपालका निजी विद्यालयहरूले अङ्ग्रेजी शब्दमा नाम राख्ने र नाममा ‘इन्टरनेसनल’ थप्ने होड गरेपछि सरकारले नीति नै बनायो– विद्यालयको नाम नेपालमा राख्नुपर्ने र विद्यालयमा अध्ययनरत कुलमध्ये पाँच प्रतिशत विदेशी विद्यार्थी भएका विद्यालयले मात्र आफूलाई ‘इन्टरनेसनल’ भन्न पाउने । सरकारले पढाइ, पढाइका तरिका, भौतिक सुविधा, पाठ्यक्रमको मापदण्डमा नभएर विद्यार्थी सङ्ख्याको सोझो हिसाबमा अन्तर्राष्ट्रिय भन्न पाउने, नपाउने विधि तयार ग¥यो । यस्तो मापदण्ड आफैँमा हास्यास्पद भएपनि केही नयाँ सुरुवात गरेको भने अवश्य नै गरिएको हो । यस किसिमको आवश्यकता महसुस गर्नु पनि परिणाममुखी मान्नुपर्छ । तर उपलब्धि भने होइन । पछिल्ला वर्ष नेपालमा पनि ‘अन्तर्राष्ट्रिय साहित्यमा सम्मेलन, सहभागिता, भ्रमण’ बाक्लै हुन थालेका छन् । ‘अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ हुन के, कस्ता मापदण्ड पूरा हुनुपर्छ भन्ने स्पष्ट छैन । शाब्दिक रूपमा दुई वा दुईभन्दा धेरै देशका साहित्यकार सहभागी हुने कार्यक्रमलाई ‘अन्तर–देशीय’ भन्ने कि अन्तर्राष्ट्रिय भन्नेमा स्वस्थ बहस आवश्यक छ । अन्तर्राष्ट्रिय भनिएपछि यस्ता कार्यक्रममा सहभागी देशको सङ्ख्या, सहभागीको आधिकारिकता, औपचारिकता, कार्यक्रमको मूल्य, मान्यता ओज आदि समेटिनुपर्छ । 

वरिष्ठ समालोचक प्राडा महादेव अवस्थी दुई वा दुईभन्दा धेरै देशका कवि वा साहित्यकार जम्मा भएर विषयगत संवाद, लेखन, वाचनजस्ता अन्तत्र्रिmया गर्छन् भने सन्दर्भ हेरेर त्यसलाई अन्तर्राष्ट्रिय कवि सम्मेलन वा साहित्य सम्मेलन भन्न सकिने विचार व्यक्त गर्नुहुन्छ । सिद्धान्ततः प्राडा महादेव अवस्थीसँग असहमत हुनुपर्दैन तर सहभागीको भौतिक अनुहार हेरेर वा सम्मेलनमा उठाइने विषय केलाई हेरेर अन्तर्राष्ट्रिय भन्ने ? नेपालका केही उदीयमान सर्जक र अर्को देशका एक दुई त्यस्तै पात्र भेट भएर कविता सुन्ने, सुनाइने गरियो भने त्यो अन्तर्राष्ट्रिय सम्मेलन हुन्छ ? सहभागी देशको वर्तमान साहित्यिक अवस्था, विगत, प्रवृत्ति, प्रयोग, शैली, सर्जक, आन्दोलन आदिबारेमा जानकारी राखिँदैन भने अथवा दुई देश मात्रै सही सम्मेलनमा सहभागी समकक्षीलाई कम्तीमा पनि आआफ्ना देशका साहित्यको वर्तमान परिदृश्य देखाउन सकिँदैन भने त्यो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुन्छ ? पात्रहरूको भौतिक सहभागिता वा आफ्नो देशको साहित्यिक अवस्था दर्शाउन सक्ने, नसक्ने कुन अवस्थालाई अन्तर्राष्ट्रिय भन्ने ? जुन व्यक्ति वा व्यक्तिको समूहले मुलुकको प्रतिनिधित्व गर्ने क्षमता राख्दैन ऊ सहभागी सम्मेलनलाई कसरी अन्तर्राष्ट्रिय भन्ने ? प्राडा अवस्थी यसलाई व्यक्तिगत वा राष्ट्रिय कसरी सहभागी भएको छ भनेर हेर्नुपर्ने विचार व्यक्त गर्नुहुन्छ । व्यक्तिगत निमन्त्रणा, पहल तथा सहभागितामा कार्यक्रम भएका छन्, सहभागीले मुलुकको प्रतिनिधित्व गर्छ वा गर्नुपर्छ भन्नु तर्क सङ्गत हुँदैन तर दुई देशबीचका निकायबीच औपचारिक सम्पर्क र सहकार्यमार्फत सरकारले प्रतिनिधि तोकेर पठाएको छ भने उसले मुलुकको प्रतिनिधित्व गर्नुपर्छ । प्रतिनिधित्व गर्न सक्नेलाई सहभागिताका लागि पठाउनुपर्छ । यस्तो अवस्थामा मुलुक र प्रतिनिधित्वको गरिमा जोडिएका हुन्छन् । यहाँ पनि प्राडा अवस्थीसँग असहमत हुनपर्ने छैन । तर व्यक्तिगत रूपमा सहभागीको अल्पज्ञान वा पूर्वाग्रहका कारण एक देशको साहित्यबारे अर्को देशका सहभागीले गलत अर्थ बुझ्ने अवस्थालाई अन्तर्राष्ट्रिय सम्मेलन भन्नु सर्वथा गलत हुनेछ । एक देशका सहभागीको अल्पज्ञान वा पूर्वाग्रहले मुलुकको साहित्यबारे सत्य, तथ्य, निष्पक्ष जानकारी सम्प्रेषण हुन नसकी मुलुकको छविमा आँच आयो भने को जिम्मेवार हुन्छ भन्ने प्रश्न यहाँ जटिल भएर रहन्छ । 

नेपालबाट विगतमा भारत, रुस, चीनलगायतका देशमा आधिकारिक साहित्यिक भ्रमण भएका छन् । यस्ता सम्मेलनमा नेपालको सहभागिता भएको छ । यी भ्रमणले अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको हैसियत राख्थे । यस्ता भ्रमण वा सम्मेलनमा मुलुकका जिम्मेवार आधिकारिक निकाय र आधिकारिक सर्जकहरूको सहभागिता रहन्थ्यो र सहभागीले आफ्नो मुलुकको साहित्य वा विषयगत वाङ्मयबारे आधिकारिक जानकारी दिनसक्थे र सक्छन् तर एउटा कच्चा सहभागीले बाह्य मुलुकमा गएर नेपालका आशुकवि अलि मिया हुन् भनिदिए भने अन्य मुलुकका सहभागीले आशुकवि शम्भुप्रसाद ढुङ्गेलको नाम जान्ने छैनन् । यसरी मुलुकको गलत साहित्यिक इतिहास अर्को देश तथा त्यहाँका सर्जकसम्म सम्पे्रषित भयो भने को जिम्मेवार हुन्छ ? हानि कसलाई हुन्छ ? तर नेपालका जिम्मेवार निकायले यतातिर ध्यान दिएको पाइँदैन । यस्तै अन्तर्राष्ट्रिय पुरस्कार, सम्मानलाई पनि परिभाषित गर्नुपर्छ । नेपाल तथा भारतका साहित्यक लिइने, दिइने केही ‘अन्तर्राष्ट्रिय’ पुरस्कार, सम्मान तथा ‘फेलोसिप’को लोकलाजका सन्दर्भ पनि यहाँ उल्लेखनीय छ ।   

यस्ता सन्दर्भमा व्यक्तिको विशेष जिम्मेवारी र इमानदारी पनि हुन्छ । देशका बारेमा सही जानकारी दिऊँ र दिनुपर्छ भन्नेमा सहभागीहरू संवेदनशील हुनुपर्छ । पूर्वाग्रहमुक्त हुनुपर्छ तर उसको क्षमताले नै भ्याउँदैन भने के गरोस् ? ऊ नेपाली साहित्यको सामान्य इतिहास र वर्तमान अवस्थाबारे जानकार छैन भने उसले नेपालको प्रतिनिधित्व गर्न सक्दैन । यसर्थ कम्तीमा पनि अन्तर्राष्ट्रिय साहित्य, वाङ्मय सम्मेलनमा सहभागी आपसी रूपमा एकआपसका मुलुक, साहित्यको सामान्य इतिहास, केही उत्कृष्ट र चर्चित सर्जक, वर्तमान लेखन प्रवृत्ति, शैली, अभ्यास, आन्दोलन र प्रयोगजस्ता गतिविधिबारे थाहा पाउने गरी प्रस्तुति दिने क्षमता राख्नुपर्छ । अन्यथा दुई चार जना यताउताका ‘थपडी सर्जक’ भेला हुने वाहवाह गर्ने, खादा, मालाको वर्वाद् गर्ने गरेर कुन सम्मेलन ‘अन्तर्राष्ट्रिय’ ? यस्ता सम्मेलनहरू के उद्देश्यका लागि आयोजना गर्ने, यसले इतिहासमा के महìव राख्छ ? सम्मेलनपछि पाठकहरूले के जानकारी वा विशिष्ट सिर्जना पढ्न पाए भनेर सम्मेलनको मूल्याङ्कन गर्ने हो भने दुई चार जना जम्मा हुने सङ्घ, प्रदेश वा स्थानीय तहका स्रोत परिचालन गर्नेबाहेक योगदानका दृष्टिले यस्ता सम्मेलनले अर्थ राख्दैनन् । 

नेपाल सरकार, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत अन्य प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालयका सम्बद्ध सङ्काय वा साहित्य÷संस्कृति हेर्ने सरकारी निकायले व्यक्तिगत तथा संस्थागत रूपमा अन्तर्राष्ट्रिय साहित्य÷वाङ्मय सम्मेलनमा सहभागी हुनेलाई सहजीकरण गर्न सक्छन् । राष्ट्रिय वाङ्मय÷साहित्यबारे सामान्य हाते (परिचय) पुस्तिका बनाएर यस्ता सम्मेलनमा वितरण गर्न सकिन्छ । यसो गर्दा नेपालको साहित्यिक इतिहास, वर्तमान अवस्था, विशिष्ट सर्जकको पहिचान आदिमा एकरूपता हुनसक्छ । अन्य देशका सहभागीले पनि यसरी नै आधाकारिक जानकारीसहित उपस्थित भएमा अन्तर्राष्ट्रिय सम्मेलनको आधिकारिकता पुष्टि हुन्छ । ओज र गरिमा बढ्छ । 

यस्ता कार्यक्रमको महìव र उपलब्धिलाई संस्थागत गर्न सकिन्छ । विश्वभर छरिएर रहेका नेपालीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली भाषा, कला, संस्कृतिको प्रवद्र्धन गरेकै छन् । यस्तो प्रवद्र्धन व्यक्तिगत रूपमा भएको छ । यदि विश्वका अन्य देशमा रहेका नेपालीलाई अन्तर्राष्ट्रिय सम्मेलनका प्रतिनिधि हुनपाउने अधिकार÷हैसियत प्राप्त हुने हो भने नेपालको साहित्य श्रीवृद्धिमा योगदान पुग्नेछ तर यस्ता व्यक्ति जिम्मेवार हुनुपर्छ । नेपाल र नेपालीको प्रतिनिधित्व गर्नुपर्छ । नेपालको आधिकारिकताका विविध आयामलाई सम्मानपूर्वक प्रतिनिधित्व र प्रस्तुति गर्ने नैतिक तथा प्राज्ञिक क्षमता राख्नुपर्छ । पूर्वाग्रहमुक्त हुनुपर्छ । 

पछिल्ला समय नेपाल र भारतका केही नवोदित सर्जकहरू आपस्तमा भेटघाट हुने सुन्ने, सुन्ने सुनाउने कर्मलाई बढवा दिएका छन् । यसका सकारात्मक उद्देश्य र परिणाम छन् जो प्रशंसनीय छ । नेपाल र भारतको सन्दर्भमा त यसले जनस्तरको सम्बन्ध विस्तारमा योगदान दिनेछ तर सहभागी सर्जक तथा कार्यक्रमले समग्र नेपाल वा भारतको प्रतिनिधित्व गर्दैनन् भने ‘अन्तर्राष्ट्रिय’ भन्नुको औचित्य र  हैसियत के हुनेछ ? नाम त अन्तर्राष्ट्रिय मात्र होइन ब्रह्माण्डीय नै राखे पनि हुन्छ तर यसले तद्अनुरूप वजन राख्न सक्छ कि सक्दैन भन्ने महìवपूर्ण हुन्छ ।