'आरसीसी प्रकोपाइन' प्रविधिबाट खोला नियन्त्रण
झापामा पहिलो पटक ‘आरसीसी प्रकोपाइन’ प्रविधिबाट खोला नियन्त्रणको प्रयास गरिएको छ ।
धनकुटामा नगरकार्यपालिका सदस्यलाई समेत बजेट
संसद विकास कोषकै झल्को दिने गरि धनकुटा नगरपालिकाले आफ्ना कार्यपालिका सदस्यको लागि समेत रकम विनियोजन गरेको छ ।
महानगरका ८८ प्रतिशत मुद्दा फर्स्यौट
विराटनगर महानगरपालिकाको न्यायिक समितिमा साँध सिमानासम्बन्धी विवादका उजुरी सबैभन्दा बढी दर्ता भएका छन् । दर्ता भएका मुद्दाको ८८ प्रतिशत फर्स्यौट भएको बताइएको छ ।
पर्यटकका लागि सूचना केन्द्र र ट्याक्सी पार्क
पर्यटकहरुलाई सुविधा दिने उद्देश्यले इलामको सीमावर्तीबजार पशुपतिनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । सूचना केन्द्रसँगै ट्याक्सी पार्क समेत निर्माण गरिएको छ ।
बालिकामा डेंगी सङ्क्रमण पुष्टि
ओखलढुङ्गामा एक बालिकामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको मोलुङ गाउँपालिका –१ कि बालिकामा डेंगी सङ्क्रमण पुष्टि भएको हो ।
कोशी प्रदेशमा डेङ्गु सङ्क्रमण बढ्याे
स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार डेङ्गुका बिरामीको सङ्ख्या कोशी प्रदेशमा दिन प्रतिदिन बढिरहेको छ ।
आधुनिक कृषि खेतीले फेरियो जीवन
आधुनिक कृषि खेतीले खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ का किशोर राईको जीवन फेरिएको छ। परम्परागत खेतीलाई छाडेर आधुनिक खेती सुरु गरेपश्चात राईको जीवन फेरिएको हो। आमा सञ्चहिरा राईले सुरु गरेको कृषि खेती अहिले छोरा किशोरले सम्हाल्नु भएको छ। तर खेती गर्ने तरिका भने फरक छ।
करोडौं ठगेर फरार एक जना काँकडभिट्टाबाट पक्राउ
सुन पसलमा आउने ४६६ जना ग्राहकको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर फरार रहेका सुनचाँदी व्यवसायी सोमराज विक बिहीबार साँझ काँकडभिट्टाबाट पक्राउ परेका छन्।
यु-१६ समूहको प्रतियोगिताका लागि खेलाडी छनोट सुरु
दक्षिण एसियाली फुटबल महासंघ(साफ) को आयोजनामा सञ्चालन हुने यु-१६ समूहको प्रतियोगितामा सहभागी जनाउन सुनसरी जिल्ला फुटबल संघले खेलाडी छनोट प्रक्रियालाई अगाडि बढाउने भएको छ ।