चौँरीको दूध दुहुँदै किसान
समुद्र सतहदेखि चार हजार ४५० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पाँचपाङ्गाला क्षेत्रमा रहेको चौँरी गोठमा चौँरी (जमु) को दूध दुहुँदै एक किसान ।
वैदेशिक रोजगारीबाट फर्किएकालाई सामग्री प्रदान
लामो सयम विदेशमा काम गरेर घर फर्किएका युवाहरुलाई इलाम नगरपालिकाले विभिन्न मेसिन तथा कृषि सामग्री प्रदान गरेको छ । नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकालाई पुनः एकीकरण कार्यक्रम अन्तर्गत गाउँघरमै व्यावसायिक बन्न सहयोग गर्ने उद्देश्यले ती सामग्री प्रदान गरेको हो ।
मुख्यमन्त्रीको सपथसँगै कोशीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन
कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यहाँ आयोजित सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री थापालाई सपथ गराउनुभएको हो ।
तरकारी तथा फलफूल खेतीका लागि सम्भाव्यता अध्ययन सुरु
झापाको कचनकवल गाँउपालिकमा खोला उकास जमिनको सदूपयोग गर्दै विपन्नहरुलाई आयआर्जनमा जोड्नका लागि तरकारी तथा फलफूल खेती गर्नका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ ।
आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड
झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् ।
६ वर्षदेखि केन्द्र विवाद, सेवा लिन सास्ती
वडा स्थापना भएको ६ वर्ष बित्दा पनि धनकुटाको सहिदभूमी गाँउपालिका वडा नम्बर एकको केन्द्र अझै टुङ्गो लागेको छैन ।
चार दिनदेखि बेपत्ता पूर्णबहादुरको उद्धार
हिमाली भेगको चरनक्षेत्र (खर्क) मा आइतबारदेखि बेपत्ता हुनुभएका भेडापालक फुङ्लिङ नगरपालिका–११ फावाखोलाका ६४ वर्षीय पूर्णबहादुर विष्टको सकुशल उद्धार गरिएको हो।
अलपत्र खेलमैदान निर्माण गर्न नगरपालिकाको ध्यानाकर्षण
फिदिम मावि खेलमैदान निर्माणका लागि ठेक्का लिएर सम्पर्कविहीन भएको निर्माण कम्पनीलाई १५ दिनभित्र सम्पर्कमा आएर काम सुरु गर्न फिदिम नगरपालिकाले सचेत गराएको छ ।
ताप्लेजुङमा ६ जनामा डेङ्गु सङ्क्रमण
शङ्कास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा छ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेनडेन्ट डाक्टर ओमप्रकाश थापा मगरले जानकारी दिनुभयो ।