विमानस्थल क्षेत्रको काठ बिक्रीबाट तीन करोड आम्दानी
उदयपुरमा सगरमाथा आन्तरिक विमानस्थल निर्माण गर्नका लागि करिब १४ हजार सखुवाका रुखहरू कटान सम्पन्न गरी काठ दाउरा बिक्री गर्न सुरु गरिएको छ ।
संरचना बन्यो, उपयोग भएन
सुनसरी र मोरङका किसानले उत्पादन गरेको तरकारीको थोक बिक्री गर्ने उद्देश्यले चार वर्षअघि निर्माण गरिएको आधुनिक बिक्रीस्थल उद्देश्य अनुसार सञ्चालन नहुँदा साप्ताहिक हाट (हटिया) लाग्ने स्थलमा परिणत भएको छ। सरकारले फलफूल तथा तरकारी बजार सञ्चालनमा गम्भीरता नदेखाएको र स्थानीय व्यापारीहरूको विश्वासआर्जन गर्ने गरी पहल नगरेका कारण करोडौँ लगानी गरेर निर्माण गरेको थोक बजार उपयोगविहीन छ। बजारमा थोक व्यापारीहरू आउन नमानेपछि किसानहले पनि आफ्नो उत्पादन अन्यत्रै लगेर बेचिरहेका छन्।
खोला नियन्त्रण गर्न वृक्षरोपण
मेचीनगर वडा नं. ४ मा नेपाल र भारतको सीमा मेची खोलाले नेपालतर्फ तीव्र कटान गरेपछि स्थानीय बासिन्दा कटान रोक्न सक्रिय भएका छन्। खोलाधारको कटान रोक्दै खोलालाई दीर्घकालीन रूपमा रोक्न टेवा पुग्ने किसिमका बोटबिरुवा लगाउन सुरु गरिएको वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो।
सर्प दंश उपचार बारे जनचेतना
वर्षासँगै सर्पको बिगबिगी बढ्न थालेपछि सामुदायिक सर्प दंश उपचार केन्द्र इटहरीले प्रभावित क्षेत्रहरूमा जनचेतनाका कार्यक्रम सुरु गरेको छ ।
कांग्रेस सभापति देउवा सुनसरी आउनुहुने
नेपाली कांग्रेस सुनसरी जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा साउन ६ गते सुनसरी आउनुहुने भएको छ । सभापति देउवाको प्रमुख आतिथ्यतामा कांग्रेस सुनसरी जिल्ला सम्मेलन हुन लागेको हो ।
तरकारी थोकबजारका लागि बनेको संरचना उपयोगविहीन
सुनसरी र मोरङका किसानहरूले उत्पादन गरेको तरकारीको थोक बिक्री गर्ने उद्देश्यले चार वर्षअघि निर्माण गरिएको आधुनिक बिक्रीस्थल उद्देश्यअनुसार सञ्चालन नहुँदा साप्ताहिक हाट (हटिया) लाग्ने स्थलमा परिणत भएको छ ।
प्रहरी चेकजाँचमा एकको मृत्यु
झापा कनकाई नगरपालिका -७ दुर्गापुरमा ट्राफिक प्रहरी चेकजाँचका क्रममा एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको अवस्थामा चेकजाँच छलेर भाग्ने क्रममा अर्को सवारी साधनसँग जुध्दा झापा गौरादह नगरपालिकाका ३० वर्षीय कुमार दर्जीको मृत्यु भएको हो ।
दमक अस्पतालमा पङ्खाकाे व्यवस्था नहुँदा बिरामीको बिजोग
दैनिक रूपमा १ हजारभन्दा बढी बिरामीहरू जाँचका लागि आउने सरकारी दमक अस्पतालमा आवश्यकता अनुसार पङ्खा समेत जडान हुन नसक्दा बिरामीहरूले हैरानी बेहोर्नु परेको छ । दमक नगरपालिका मातहत रहेको अस्पतालको नयाँ भवनबाट सेवा सुरु गरेको छ महिना बित्दा पनि जाँचका लागि आउने बिरामीहरूका लागि आवश्यकता अनुसार फेनको समेत व्यवस्था नभएपछि हैरानी बेहोर्नु परेको हो ।
सुत्केरी महिलालाई घिउ, अण्डा वितरण
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले पालिकाभरिका सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ । सुत्केरी महिला तथा शिशुको स्वास्थ्यलाई स्वास्थ्यकर बनाउनमा सहयोग पुर्याउने उद्देश्यसहित गाउँपालिकाले पालिकाभरका सुत्केरी महिलालाई घरघर पुगेर पोषणयुक्त खानेकुरा वितरण गरेको हो ।