बिस्केक, वैशाख २१ गते । दक्षिणी किर्गिजस्तानमा बिहीबार एक उत्सव कार्यक्रममा विद्यार्थीहरूको समूहलाई मिनी ट्रकले ठक्कर दिँदा ३१ जना बालबालिका घाइते भएको आन्तरिक मामिला निर्देशनालयले जनाएको छ ।
जलाल अबाद क्षेत्रको सुजाक जिल्लामा मानस नामको एक कार्यक्रममा सहभागी बालबालिका घाइते भएका थिए । बालबच्चाका लागि आइसक्रिम बोकेको मिनीट्रक चालकको असावधानीका कारण सडकबाट एकाएक विद्यार्थीको भिडमा खसेको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार दुर्घटनामा ९–१६ वर्षका ३१ बालबालिका घाइते भएका थिए जसमध्ये चारको अवस्था गम्भीर रहेको छ । ट्रक चालकलाई प्रहरीले हिरासतमा लिएको छ । रासस/सिन्ह्वा