हकप्रद सेयर निष्कासन गरिने
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
प्रथम हर्क राई स्मृति फुटबल हुने
प्रथम हर्क राई स्मृति नकआउट फुटबल प्रतियोगिता शनिबारदेखि जामुनखाडी सिमसारमा सुरु हुने भएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक जामुनखाडी स्र्पोटिङ क्लबले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
बस्न सकेन धरान कार्यपालिका बैठक
धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक चार पटकमा पनि बस्न सकेको छैन । गत कात्तिक १२ गतेको कार्यपालिका वैठकमा मेयर र वडाध्यक्षबीच विवाद भएपछि कार्यपालिका बैठक स्थगित भएको थियो ।
प्रहरी निरीक्षकसहित दुई जनाको सुतेकै ठाउँमा मृत्यु
सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–३ बासामा प्रहरी निरीक्षक श्रीप्रसाद राई सुतेकै अवस्थामा मृत भेटिनुभएको छ । बेलुका खानपान गरेर सुत्नुभएका राई घरैमा ओछ्यानमा मृत भेटिनुभएको हो ।
योजना स्थलमै सम्झौता र अनुशिक्षण
सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाले आयोजना स्थलमै योजना सम्झौता र अनुशिक्षण गरेको छ। नगरपालिकाको वडा नम्बर १ मा सञ्चालन हुने विभिन्न योजनाको सोही स्थानमा नगरपालिकाको टोली पुगेर सम्झौता गरेको हो। गाउँमै योजना सम्झौता गर्न पाउँदा उपभोक्ता समितिमा रहेका स्थानीय खुसी भएका छन्। सडक स्तरोन्नतीका लागि उपभोक्ता समितिको अध्यक्ष बन्नुभएका छिरिङ शेर्पाले योजना स्थलमै नगरपालिकाको टोली आएर योजना सम्झौता गर्न पाउँदा खुसी लागेको बताउनुभयो। समय र खर्चका हिसाबले निकै सहज भएको छ, कुनै कागजपत्र नपुगेर गाउँ र नगरपालिका धाउनु पनि परेन, उहाँले भन्नुभयो।
काम रोकिएपछि ठेकेदारलाई कारबाही माग
दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्ने गरी सम्झौता भएको सडकको काम रोकिएपछि ठेकेदारलाई कारबाही माग गर्दै सुनसरीको वराह क्षेत्रका स्थानीयले प्रदेश १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
कोलकाता महोत्सवमा नेपाली सुन्तला
हिमालय भेगको ग्रामीण पर्यटन प्रवद्र्धन र सुन्तला खेतीको प्रवद्र्धनका लागि भारतको कोलकातामा भएको पाँचौँ हिमालयन सुन्तला महोत्सव अपेक्षाअनुसार सफल भएको छ। पश्चिम बङ्गालको राजधानी र भारतको पाँचौँ ठूलो बन्दरगाहका रूपमा रहेको कोलकातामा भएको महोत्सवमा राज्य सरकारका उच्च अधिकारीको उपस्थितिले पनि यसको महत्वलाई धेरै बढाएको महोत्सवमा नेपालतर्फबाट संयोजनको भूमिका खेल्नुभएका अर्जुन कार्कीले बताउनुभएको छ।
आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीसँग राष्ट्रपति भण्डारी
भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका–५, मानेभन्जयाङ्गस्थित आफूले विद्यालय शिक्षा आर्जन गरेको विद्यालय बेहेरेश्वर माविका विद्यार्थीसँग बुधबार सामूहिक तस्बिरमा सहभागी हुनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी ।
‘पर्यटकीय गन्तव्यको पूर्वाधार विकासमा ध्यान केन्द्रित गरौँ’
राष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरका सांस्कृतिक एवं पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकासमा ध्यान केन्द्रित हुनुपर्ने बताउनु भएको छ।
ग्याँस प्रयोगका लागि दमकमा रिफिल स्टेसन बनाइँदै
झापाको दमक नगरपालिकाले फोहोरबाट उत्पादित हुने ग्याँसको प्रयोगका लागि ‘रिफिल स्टेसन’ बनाउने निर्णय गरेको छ ।
बाख्रा फर्ममा आगलागी हुँदा ८० लाखको क्षति
मोलुङ गाउँपालिका–१ कुन्तादेवीमा रहेको बाख्रा फर्ममा आगलागी हुँदा १२५ खसी बाख्रा जलेर मरेका छन् ।
मल विना गहुँ छर्दै सुनसरीका किसान
सुनसरीमा धानबालीपछिको दोस्रो बालीको रूपमा लगाउँदै आएको गहुँ छर्ने ऋतु सकिन लागेको छ तर बजारमा मल नपाएपछि किसानले बाध्य भएर मल विना नै गहुँ छर्ने काम सुरु गरेका छन् ।
आगोमा जलेर ९२ वर्षीया वृद्धाको मृत्यु
पाँचथरको फिदिम नगरपालिका १४ लुङरुपाकी ९२ वर्षीय सुखरानी नेम्वाङको जलेर मृत्यु भएको छ । घरमा एक्लै बस्नुभएकी नेम्वाङको बुधवार बिहान निधन भएको हो ।
दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो । रेडक्रसले ल्या
सडक सञ्जाल विस्तार : पहाडी र हिमाली जिल्ला जोडिँदै
मध्य पहाडी राजमार्ग, भेडेटार–राजारानी–रवि–राँके, मूलघाट–त्रिवेणी, तमोर–कावेली कोरिडोरलगायतका सडक सञ्जालमार्फत पूर्वका पहाडी र हिमाली जिल्ला आपसमा जोडिन लागेका छन्। ट्रयाक खोल्ने काम पूरा भएका यी सडक स्तरोन्नतिको चरणमा छन्। यी सडक निर्माण नहुँदा प्रदेश १ को एउटा पहाडी तथा हिमाली जिल्लाबाट अर्को जिल्लासम्म पुग्न तराई पुगेर घुम्नुपर्ने बाध्यता छ। सडकको ट्रयाक खन्ने काम गरे पनि स्तरोन्नति पूरा नहुँदा सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन्। साना र निजी गाडी भने निर्माण सम्पन्न नभएका सडकमा गुड्न थालेका छन्।
एक सय नागरिकको शरिरबाट झिकियो स्टिल र रड
आर्थिक अभावले नसक्दा शरिरका अंगमा राखिएका स्टिल र रड झिक्न नसकेका सर्व साधारणलाई लक्षित गर्दै पाँचथरको फिदिममा आयोजिते हाड जोर्नी अप्रेसन सम्वन्धि शिविरबाट एकसय जना लाभान्वित भएका छन् ।
आन्तरिक आम्दानी बढाउन व्यवसाय दर्ता गर्न दबाब बढाउँदै विराटनगर
दर्ता नगरी सञ्चालन भइरहेका हजारौँ साना तथा मझौला व्यवसायीलाई करको दायरामा ल्याउने उद्देश्यले विराटनगर महानगरपालिकाले मंगलबारबाट व्यवसाय तथा करदाता सचेतना अभियान थालनी गरेको छ।
अपाङ्ग र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले घर–घरमा पुगेर अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तरता दिएको छ। गाउँपालिकाले ‘क’ र ‘ख’ वर्गका अपाङ्ग तथा ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको निरन्तर स्वास्थ्य परीक्षण गर्दै आएको हो।
मकैको भण्डारण थाङ्ग्रो (फोटो फिचर)
पूर्वी पहाडका किसानले थाङ्ग्रोमा मकै जोहोका लागि भण्डारण गर्ने परम्परागत तरिका संस्कृतिको रूपमा अझै पनि अपनाउने गरेका छन् । यो काइदाले मकै राख्दा घुन, मुसा नलाग्नुका साथै लामो समयसम्म नकुहिने किसान सुनाउँछन् ।
दुई दशकपछि खाल्सामा कालोपत्र
शिलान्यास भएको २१ वर्षपछि धनकुटाको शहीदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो ।
पालिकाले बाँड्यो मकैको बीउ
विराटनगर महानगरपालिकाले कृषकहरूलाई अनुदानमा मकैको बीउ र जिङ्क वितरण गरेको छ। महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको हो। महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले आइतबार एक कार्यक्रम आयोजना गरी हाइब्रिड मकैको बीउ र जिङ्क वितरण गरेको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समूह र सहकारीका प्रतिनिधिलाई बीउ हस्तान्तरण गर्नुभयो।
उत्पादनको बिक्री सहज नहुँदा किसान आन्दोलनमा
सुनसरीका किसान आफूले उत्पादन गरेको अन्न, तरकारीलगायत बिक्रीमा प्रहरी प्रशासन र भन्सारले दुःख दिएको भन्दै आन्दोलनमा उत्रेका छन्। जिल्ला सदरमुकाम इनरुवाको रामजानकी थोक बजारबाट बिक्री गरेको र बाहिर जिल्लामा लैजाने क्रममा प्रहरी र भन्सारले दुःख दिएको भन्दै आन्दोलनमा उत्रेका हुन्। एउटा जिल्लाबाट अर्को जिल्लामा लैजाँदा अनलाइन बिलको खोजी गर्ने प्रहरी र भन्सारले तरकारी जफत गरी दुःख दिएको भन्दै आन्दोलनमा उत्रेको बताइएको छ।
बाख्रा पालनले गुजारा चलाउने गाउँ सहिदभूमि
धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं १ सफाइ टारका किसान सोमनाथ खड्काले खोर भरी खरी, जमुना पारी र बोयर जातका बोका बाख्रा पाल्नु भएको छ । आम्दानीको अन्य विकल्प नदेखे पछि बाख्रा पालनमा लाग्नुभएको खड्काले वार्षिक बाख्राबाट मात्रै ५ लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ ।
तस्करी रोक्न सहयोग माग
विराटनगर भन्सार कार्यालयले अवैध चोरी पैठारी नियन्त्रणमा सहयोग गर्न स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरेको छ । विराटनगर महानगरपालिकाका दरैया, मटेर्वा, इस्लामपुर नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि भन्सार कार्यालयले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग सहयोग मागेको हो । सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारीमा महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्ति प्रयोग हुने गरिएका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाका अनुसार आइतबार राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा सीमा क्षेत्रसँग जोडिएका विराटनगर महानगरपालिका वडा नं. १५, १६, १७ र १८ का वडाध्यक्षसँग सुझाव र राय माग्दै सहयोग खोजिएको हो ।