• १२ असोज २०८१, शनिबार

एक सय नागरिकको शरिरबाट झिकियो स्टिल र रड

blog

शरिरमा राखेर झिकिएका रड र स्टिल देखाउँदै एक सर्वसाधारण । तस्बिर : गोरखापत्र

राधा लुइटेल 

फिदिम, मंसिर २८ गते । आर्थिक अभावले नसक्दा शरिरका अंगमा राखिएका स्टिल र रड झिक्न नसकेका सर्व साधारणलाई लक्षित गर्दै पाँचथरको फिदिममा आयोजिते हाड जोर्नी अप्रेसन सम्वन्धि शिविरबाट एकसय जना लाभान्वित भएका छन् ।

जिल्लाका विभिन्न स्थानमा यसरी स्टिल रड रहेका मानिसको सख्या बढ्दै गएपछि फिदिम नगरपालिका,नेपाल माउण्टेन मोवाइल हस्पिटल बेल्जियम, सोलुखुम्बु पोलिटेक्निकल एकेडेमी काठमाडौं र पाँचथर जिल्ला अस्पतालले फिदिममा दुई चरण गरेर यो शिविर आयोजना गरेका हुन् । उहाँले शिविरमा एक सय विरामीले लाभ लिएको जानकारी पनि दिनुभयो । 

पहिलो चरणमा मङसिर १३ देखि १८ गते सम्म शिविर सञ्चालन गर्दा ६१ विरामीको शरिरबाट स्टिल रड झिकिएको थियो । उक्त शिविरमा विरामीको चाप नघटेपछि पुनः मंसिर २५ देखि दोस्रो चरणमा शिविर सञ्चालन गरिएको फिदिम नगरपालिकाका प्रमूख मित्रप्रसाद काफ्लेले बताउनुभयो । 

उहाँका अनुसार शिविरमा बेल्जियमका एक सहित आठ जना चिकित्सकले हाडजोर्नीको अप्रेसन गरिरहेका छन । माउन्टेन मोवाइल हस्पिटल बेल्जिम र सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीले हाड जोर्नी टुटेका र भाँचिएका बिरामीको सुविधालाई ध्यानमा राख्दै देशका विभिन्न जिल्लामा यस्ता शिविर सञ्चालन गर्दै आएको चिकित्सक टोलीकोे नेतृत्व गरिरहनुभएका डाक्टर मिङमा गेल्जोङ सेर्पाले बताउनुभयो ।