अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई घाइते
अरिङ्गालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ । बाटो हिँडिरहेको अवस्थामा शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भाएको हो ।
दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण
जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ । अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताउनुभएको छ ।
न घर न माइतीको सम्पर्क
विराटनगर–१९ मा माइती र इटहरी–२ मा घर भएकी गीता गिरी विदेशबाट नेपाल फर्केको पाँच वर्ष बित्यो तर अहिलेसम्म घर र माइतीसँग सम्पर्क छैन। आफन्तले खोजी गर्दै जाँदा अध्यागमन विभागको रेकर्डमा गिरी कतारबाट सन् २०१७–१०–२३ मा नेपाल आएको देखिन्छ। सन् २०१४–०८–२७ मा कतार जानु भएकी गिरी नेपाल फर्केपछि पुनः विदेश गएको विवरण अध्यागमनमा भेटिंदैन।
सडक सञ्जालमा जोडिए उदयपुर र खोटाङ
गाईघाट–दिक्तेल सडकअन्तर्गत उदयपुर र खोटाङ जोड्ने सुनकोसी नदीको फोक्सिन्टारमा मोटरेबल पक्की पुल निर्माणको काम सम्पन्न भएको छ। गाईघाट दिक्तेल सडक आयोजनाका प्रमुख डीई गोपालप्रसाद खकुरेलका अनुसार १२० मिटर लामो सो पुलको बिहीबार अपराह्न स्ल्याब ढलानको काम सम्पन्न भएको हो।
पाँचथरमा छानिए एक हजार १२ म्यादी प्रहरी
मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि पाँचथरमा एक हजार १२ जना म्यादी प्रहरी छानिएका छन् ।
सुनकोसी–मरिण डाइभर्सन निर्धारित समयमै सम्पन्न हुन्छ : मन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्धारित समयमा नै निर्माण सम्पन्न हुने बताउनुभएको छ ।
जलथल वनमा नौ प्रकारका नयाँ वनस्पति फेला
झापाको चारकोसे झाडीको रुपमा परिचित जलथल वनको जैविक विविधताको विस्तृत अध्ययन गर्ने क्रममा यहाँभित्र विभिन्न प्रकारका नयाँ खोजहरु पत्ता लागेको जनाइएको छ । रूखका छ वटा र अन्य साना वनस्पतिका तीन वटा नयाँ प्रजातिहरु फेला परेको बताइएको हो ।
निर्वाचनमा एकले अर्कोलाई होच्याउने हैन
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री अग्नि खरेलले निर्वाचनको समयमा एकले अर्कालाई होच्याउने र नभएका विषयमा भ्रम छर्ने काम कसैले पनि गर्न नहुने बताउनुभएको छ। झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएका खरेलले लोकतान्त्रिक अभ्यास र संविधानको प्रावधानअनुसार सबैले आफ्नो अधिकार प्रयोग गर्न पाउने जनाउँदै अनावश्यक रूपमा विखण्डन ल्याउने कार्य नगर्न उहाँको अनुरोध छ।
खोटाङमा शल्यक्रियामार्फत प्रसूति सेवा पुनः सञ्चालनमा
जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा एक महिनापश्चात पुनः सञ्चालनमा आइएको छ । एनेस्थेसिया ९शल्यक्रिय गर्दा बिरामीलाई बेहोस बनाउने० कर्मचारी बिरामी भएपछि गत भदौ २६ गते बन्द भएको शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अस्पतालले अर्को कर्मचारी व्यवस्थापन गरेर असोज २७ गतेबाट पुनः सञ्चालनमा ल्याएको हो ।
ताप्लेजुङका २३ मतदानस्थल ‘अति संवेदनशील’
चन्द्र पन्दाकताप्लेजुङ, असोज २७ गते। जिल्ला सुरक्षा समिति ताप्लेजुङले जिल्लाका २३ मतदानस्थललाई ‘अति सम्वेदनशील’ सूचीमा राखेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएकामध्ये २३ मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति सम्वेदनशील सूचीमा राखेको हो। जिल्ला सुरक्षा समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार ७५ मतदानस्थलमध्ये २३ वटा मतदानस्थललाई अति सम्वेदनशील सूचीमा राखिएको हो। समितिले सामान्य अवस्थाको भनेर २९ मतदानस्थललाई औंल्याएको छ।यसअघि वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा ७३ वटा मतदानस्थल कायम थिए। प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भने फुङ्लिङ नगरपालिका-९ हाङ्देवको शिव आधारभूत विद्यालय र मिक्वाखोला गाउँपालिका-५ पापुङस्थित सिम्बुक आधारभूत विद्यालयमा गरी दुई वटा मतदान स्थल थप भएका छन्। नयाँ भएका मतदानस्थल पनि सम्वेदनशीतलाको दृष्टिकोणले सामान्य अवस्थाको भएको सुरक्षा समितिले जनाएको छ।समितिका अनुसार विगतका निर्वाचनमा भएका गतिविधि, भौगोलिक विकटता, सुरक्षा सम्वेदनशीलता लगायतका अवस्थालाई विश्लेषण गरी मतदानस्थलको वर्गीकरण गरिएको हो। विगतको निर्वाचनसँगै भविष्यमा हुनसक्ने गतिविधि समेतलाई आधार मानी मतदानस्थलको वर्गीकरण गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो।
दुर्लभ रेड पान्डा संरक्षण गर्न कुकुरको बन्ध्याकरण
ताप्लेजुङमा दुर्लभ रेड पान्डा (रातो हाब्रे) संरक्षण गर्न कुकुरको बन्ध्याकरण गरिएको छ । घर पालुवा तथा सामुदायिक (भुस्याहा) कुकुरको आक्रमणबाट रेड पान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण गरिएको हो ।
दूषित खाद्य पदार्थ उत्पादन गर्नेलाई कारबाही
दूषित, गुणस्तरहीन तथा मिसावटयुक्त सामग्री उत्पादन गरेको भन्दै रिजाल टासी इन्डस्टिज प्रालि इटहरीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीले कारबाही चलाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख काशीनाथ घिमिरेले दिनुभएको जानकारीअनुसार दूषित खाद्य पदार्थ शीर्षकमा भदौ २ गते सुनसरी जिल्ला अदालतमा कारबाहीको मुद्दा दर्ता गरिएको हो ।
किशोरी माथि आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ
पाँचथरको मिक्लाजुङ गाउँपालिका– २ की १६ वर्षीया किशोरीलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोग लागेका एक युवालाई प्रहरीले पक्राउ परेको छ ।
पहिरोले अवरुद्ध मेची राजमार्ग खुल्यो
राधा लुइटेल फिदिम, असोज २६ गते। निरन्तरको वर्षापछि गएको पहिरोले अवरुद्ध मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्ड सुचारु भएको छ। बुधबार दिउँसो २ बजेपछि स्थानीय निकाय र प्रशासनको अग्रसरतामा सडक खुलेको हो। पाँचथरको फिदिम नगरपालिका ४ थापाटार नजिकै खसेको पहिरोले बुधबार बिहानैदेखि मेची राजमार्ग अवरुद्ध भएको थियो। पहिरो पन्छाएर अवरुद्ध सडक खुलेपछि पाँचथरबाट ताप्लेजुङ र ताप्लेजुङबाट पाँचथर, इलाम हुँदै झापा पुग्ने सवारी साधन गन्तव्यतर्फ लागेका छन्। सडक खुलेपछि अहिले निर्बाध रूपमा सवारी सञ्चालन भएको पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।
नेपालको कवाडी बजारमा भारतीय नागरिक
भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान सङ्कलन गरिरहनुभएको छ ।
ताप्लेजुङमा तुम्याहाङ र गुरुङको उम्मेदवारी फिर्ता
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएका दुई जनाको फिर्ता भएको छ।
अवैध काठसहित एक पक्राउ
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले झापा शिवसताक्षी नगरपालिका–१ धरमपुर चौक बस्ने खगेन्द्रप्रसाद दाहाललाई पक्राउ गरेको हो ।
पहिरोले मेची राजमार्ग अवरुद्ध
निरन्तरको वर्षासँगै गएको पहिरोले मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक अवरुद्ध भएको छ । पाँचथरको फिदिम नगरपालिका ४ थापाटार नजिकै सडकमाथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो ।
धरानमा सडक कुकुरहरूलाई आश्रय स्थल निर्माण
धरानमा सडक कुकुरहरूलाई आश्रय स्थल निर्माण गरिएको छ । आश्रय स्थलको मंगलबार पूर्व युवराज पारश शाहका छोरी पूर्णिका राज्य लक्ष्मीदेवी शाहले उद्धघाटन गर्नुभयो ।
पाथीभरा क्षेत्रमा ध्यान केन्द्र निर्माण
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा ध्यान केन्द्र निर्माण गरिएको छ । पाथीभरा माताको दर्शनसँगै ध्यान गर्न चाहानेहरुलाई लक्षित गरी पाथीभरा क्षेत्र विकास समितिले ध्यान केन्द्र निर्माण गरेको हो ।
जीर्ण बन्यो सामुदायिक भवन
प्रदेश र प्रतिनिधि सभा निर्वाचन नजिकिदै छ । निर्वाचन नजिकिएसँगै धनकुटास्थित सामुदायीक भवन समेत धेरै ब्यस्त हुन्छ । किनकी निर्वाचनका सम्पूर्ण कार्यक्रम सहित मतगणना यही भवनमा हुने गरेको छ । मुख्य निर्वाचन अधिकृतका कार्यलय स्थापना भई निर्वाचनको सम्पूर्ण कार्यक्रम समेत यही सञ्चालन हुन थालिसकेको छ ।
आङदेम्बे र नेम्वाङबीच कडा प्रतिस्पर्धा
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पा“चथर जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि दुई प्रभावशाली नेताबीच रोचक प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ। मङ्सिर ४ गते सम्पन्न हुन लागेको निर्वाचनमा कांग्रेसबाट केन्द्रीय सह महामन्त्री एवं संविधान सभा सदस्य भीष्मराज आङदेम्बे र एमालेबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङको उम्मेदवारी दर्ता भएसँगै उहाँहरूबीच प्रतिस्पर्धा सुरु भएको हो।
सोह्र हजार भक्तजनले गरे पाथीभराको दर्शन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न दशैँको अवधिमा मात्र करिब १६ हजार भक्तजन आएका छन्। दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। दशैँ र तिहारको अवधिलार्ई पाथीभरा दर्शनका लागि मुख्य मौसम मानिन्छ। यस वर्षको मुख्य सिजन नवरात्र अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा कुल १५ हजार ९२९ जना भक्तजनले पाथीभरा माताको दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। विगतमा झैँ यो वर्ष पनि दशैँको अवधिमा पाथीभरा दर्शन गर्ने भक्तजनको भीड लागेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक
सुनसरी–३ मा तेस्रो पटक गच्छदार र चौधरी आमनेसामने
सुनसरी क्षेत्र नम्बर ३ मा दुई नेता बीच तेस्रो पटक प्रतिस्पर्धा हुनेभएको छ । आगामी मंसिर ४ गतेको निर्वाचनमा उहाँहरुबीच प्रतिस्पर्धा हुन लागेको हो ।