• ६ जेठ २०८१, आइतबार

प्रथम हर्क राई स्मृति फुटबल हुने

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

बिर्तामोड, मंसिर २९ गते । प्रथम हर्क राई स्मृति नकआउट फुटबल प्रतियोगिता शनिबारदेखि जामुनखाडी सिमसारमा सुरु हुने भएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक जामुनखाडी स्पाेर्टिङ क्लबले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । 

प्रतियोगितामा प्रदेश–१ का आठ टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष गणेश गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा आयोजकसहित उर्लाबारी फुटबल क्लब, एपिएफ पकली, रोलिङ क्लब धुलाबारी, जलथल फुटबल क्लब, बेलबारी फुटबल क्लव, पथरी फुटबल क्लब र शनिश्चरे फुटबल क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो । 

प्रतियोगिताको विजेताले एक लाख ११ हजार र उपविजेताले ५५ हजार रुपियाँ पुरस्कार पाउनेछ । प्रतियोगिता सम्पन्न गर्न कुल सात लाख २४ हजार रुपियाँ लाग्ने आयोजकले जनाएको छ ।