झापा गोल्डकप : भद्रपुरको विजयी सुरुवात
आयोजक भद्रपुर ब्लेजर्सले प्रथम भद्रपुर झापा गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
परम्परागत र जातीय खाना बनाउन जान्नेको अभाव
विभिन्न जातीय परिकार बनाउने र परम्परागत भान्सामा पाक्ने पकवान बनाउन जान्नेको अभाव खड्कन थालेको छ। आधुनिक खानाका परिकारमात्र होटल तथा रेष्टुरेन्टमा पाइने गरेकाले पछिल्लो समयमा परम्परागत खाद्यान्नका परिकार हराउँदै गएको पाइएको छ।
एकीकृत समाजवादी सम्बद्ध तीन भातृसंस्थाको समिति गठन
ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध तीनवटा संस्थाको एकसाथ समिति गठन गरिएको छ। पेसागत महासङ्घ नेपाल, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालको नयाँ समिति गठन गरिएको हो ।
राजनीतिमा ठेकेदारी प्रथा हाबी भयो : नेतृ शाक्य
नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक दलका नेतामा ठेकेदारी प्रथा कायम रहेकाले अपेक्षाकृत जनताको पक्षमा काम हुन नसकेको बताउनुभएको छ ।
शिक्षक सङ्गठन ताप्लेजुङ अध्यक्षमा विष्ट
ताप्लेजुङस्थित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको अध्यक्षमा तुलसीप्रसाद विष्ट चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट विष्ट अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
इनरुवामा दौड प्रतियोगिता
सुनसरी सदरमुकाम इनरुवामा पहिलो पटक चार सय बढी धावकहरूको सहभागितामा प्रथम इनरुवा दौड प्रतियोगिता सम्पन्न भएको छ । ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा इनरुवा नगरपालिकाको सहयोग तथा इनरुवा इभेन्ट म्यानेजमेटको आयोजनामा भएको दौड प्रतियोगिताको उपाधि नेपाल प्रहरीका किरन लिम्बुले पाउनुभएको हो ।
दमकमा तारजाली बनाउने उद्योग
झापाको दमकमा तारजाली बनाउने उद्योग स्थापना भएको छ । करिब तीन करोड लगानी तथा चार जना व्यवसायीको संयुक्त लगानीमा तारजाली बनाउने उद्योग खुलेको हो ।
तीन दर्जन झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा
उदयपुर र खोटाङ जिल्लाका विभिन्न खोलामा निर्माणाधीन अवस्थामा रहेका झन्डै तीन दर्जन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अघिल्ला वर्षहरूदेखि नै पुल बनाउन सुरु गरिएको भ
अन्डाको खोलभित्र लागूऔषध
पछिल्लो समयमा लागूऔषध कारोबारीले अन्डाको खोलभित्र लागूऔषध ब्राउन सुगर ल्याउने गरेको भेटिएको छ । मेचीनगर नगरपालिकाको काँकडभिट्टा नाकाबाट अन्डाको खोलभित्र लुकाएर ब्राउन सुगर ल्याएको अवस्थामा प्रहरीले दुई जनालाई पक्रा
हिंसापीडितलाई पुनर्स्थापना गरिँदै
मोरङको रङ्गेली नगरपालिकाले शुक्रबार लैङ्गिक हिंसापीडित महिलालाई पुनस्र्थापनाका लागि बीउ पुँजी वितरण गरेको छ । लैङ्गिक हिंसा निवारण कोषबाट प्राप्त ५० हजर रुपियाँमा नगरपालिकाले तीन लाख रुपियाँ थप गरी ११ जना महिलालाई पुनस्र्थापनाका लागि सहयोग गरेको हो ।
धनकुटामा राष्ट्रपति रनिङ शिल्ड सुरु
जिल्लाको धनकुटा नगरपालिकामा नगरस्तरीय १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ धनकुटा नगरपालिका धनकुटाको संयोजन एवम् गोकुण्डेश्वर माध्यमिक विद्यालयको आयोजनामा खेलकुद सुरुभएको हो ।
ताप्लेजुङका तीन संस्था सम्मानित
महाशिवरात्रि पर्व तथा नेपाली सेना दिवसको अवसरमा ताप्लेजुङका विभिन्न तीन संस्था सम्मानित भएका छन् । नेपाली सेनाले प्रदान गर्ने प्रधानसेनापति सम्मानबाट तीनवटा संस्था सम्मानित भएका हुन् ।
कार्यसम्पादन मूल्याङ्कनमा सिरिजङ्घा प्रथम
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाको प्रथम भएको हो ।
राष्ट्रपति चयनपछि मुलुकले नयाँ गति लिन्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति चयन प्रक्रिया सकिएपछि मुलुकले नयाँ गति लिने बताउनुभएको छ। शुक्रबार साँझ झापामा मएको पत्रकार भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो।
रतुवा खोलाको जोखिमयुक्त क्षेत्रको निरीक्षण
उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले दमक र आसपासका पालिकाको समेत प्रमुख समस्याको रुपमा रहेको रतुवा खोला नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको छ । उहाँले खोलाको कटान क्षेत्र र भइरहेको तटबन्धनको निरीक्षण गर्दै सो कुरा बताउनुभएको हो ।
प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सवको तयारी
इनरुवामा नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ को आयोजना तथा इनरुवा नगरपालिका सहितको सहयोगमा फागुन ७ गतेबाट प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव २०७९ को तयारी गरेको छ ।
कुशल अम्पायर भएर संसद् चलाउँछु : घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संविधान विरोधीलाई परास्त गर्दै सङ्घीयता देशको आवश्यकता हो भन्ने आभाष दिलाउने गरी संसद्मा भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ ।
राजनीति जता पनि मोडिन सक्छ : नेपाल
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेकोले यो कुनै पनि बेला जता पनि मोडिन सक्ने स्थितिमा रहेको बताउनुभएको छ ।
बिस्फोट हुँदा एकको मृत्यु
झापाको बिर्तामोड ७ मा रहेको खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
फुल्न थाल्यो गुराँस
ताप्लेजुङको पाथीभरा क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ । पहाडी जिल्लाको बेँसी क्षेत्रहरूमा माघको दोस्रो सातादेखि नै गुराँस फुल्न थालेको हो ।
संसद्लाई सही ढङ्गले सञ्चालन गर्न भूमिका निर्वाह गर्छु : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले राजनीतिक विसङ्गतिलाई हटाएर संसद्लाई सही ढङ्गले सञ्चालन गर्न आफूले भूमिका निर्वाह गर्ने बताउनुभएको छ । बिर्तामोड नगरपालिकाद्वारा यहाँ आयोजित सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
फोहोर व्यवस्थापन प्रणाली घर निर्माण
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ पर्यटकीय स्थानमा फोहोरमैला व्यवस्थापन प्रणाली घर निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड र साँगुरीगढी गाउँपालिका धनकुटाको संयुक्त लागत साझेदारीमा पर्यटकीय स्थानमा निस्कने फोहोर व्यवस्थापन गर्न फोहोर व्यवस्थापन प्रणाली घर निर्माण गरिएको हो ।
पाँचथरका विद्यालयमा योग शिक्षा
लुङरुपा आयुर्वेद औषधालयले फिदिम नगरपालिका भित्रका विद्यालयमा आयुर्वेद र योग शिक्षा सम्बन्धी प्रशिक्षण सुरु गरेको छ । फिदिम नगरपालिकासँगको सहकार्यमा औषधालयले वडा नम्बर ११ को कालिका मावि बाबुङगाबाट बिहीबारदेखि योग प्रशिक्षण सुरु गरेको हो ।
दाताबाटै बसपार्क अतिक्रमण सुरु
मोरङको उर्लाबारी–६ मा आठ वर्षअघि निर्माण सुरु भएको उर्लाबारी बसपार्कमा तीन तहका सरकारको आँखा नपरेपछि जग्गादाताले नै बसपार्कको जग्गा अतिक्रमण गर्न थालेका छन् । उर्लाबारी गाउँ विकास समिति छँदै निर्माण सुरु भएको बसपार्क नगरपालिका बनेपछि जनप्रतिनिधिको एक कार्यकाल सकिएर नयाँ जनप्रतिनिधि आउँदासम्म पनि बसपार्क अझै ज्युँका त्यँछ ।