कोशी प्रदेशमा बजेट प्रतिस्थापन विधेयक पेस
कोशी प्रदेश सरकारले शनिबार अध्यादेशबाट ल्याएको बजेटमा केही परिमार्जन गरी प्रतिस्थापन विधेयक प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्रीसमेतको जिम्मेवारीमा रहनुभएका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभएको हो । संसदीय गठजोडको समस्याका कारण प्रदेश सभा बस्न नसकेका बेला गएको भदौमा कोशी प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न शनिबार प्रदेश सभामा प्रतिस्थापन विधेयक पेस गरेको हो । तत्कालीन प्रदेश प्रमुख हिक्मत कार्कीको नेतृत्वमा भदौ २२ गते प्रदेश सरकार गठन भएलगत्तै बसेको पहिलो मन्त्रीपरिषद्ले अध्यादेश बजेट जारी गरेको थियो ।
ताप्लेजुङमा उद्यमी पुरस्कृत
ताप्लेजुङमा पाँचजना उत्कृष्ट उद्यमी पुरस्कृत हुनुभएको छ। शनिबार ९ औं उद्योग दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने उद्योगी पुरस्कृत भएका हुन्।
स्कुल बस दुर्घटना: तीन जनाको मृत्यु, ३६ घाइते
उदयपुरमा पिकनिक खान गएको अविभावकसहितको स्कुलको बस दुर्घटनाग्रस्त हुँदा दुई बालबालिकासहित तीन जनाको शनिबार मृत्यु भएको छ। दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन्।
कोशीमा प्रतिस्थापन विधेयकः प्रदेशको बजेट ३६ अर्ब ७४ करोड पुग्यो
कोशी प्रदेश सरकारले शनिबार अध्यादेशबाट ल्याएको बजेटमा केही परिमार्जन गरी प्रतिस्थापन विधेयक प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा रहनुभएका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभएको हो।
‘रेडपाण्डा’को गतिविधि बुझ्दै विद्यार्थी
जैविक विविधतामा ताप्लेजुङ एक दुर्लभ मानिने हाब्रे (रेड पाण्डा)को चरन क्षेत्र हो । ताप्लेजुङका ग्रामीण क्षेत्रमा रेड पाण्डा वासस्थान रहेको छ । यस क्षेत्रमा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको समन्वयमा रेडपाण्डा संरक्षणका विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
खोटाङमा राष्ट्रिय परिचयपत्र दर्ता सुरु
इलाका प्रशासन कार्यालय खोटाङले राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका नागरिकलाई स्थानीय स्तरबाटै राष्ट्रिय परिचयपत्र दिलाउने लक्ष्यका साथ कार्यालयले खोटाङ बजारमा स्थायी दर्ता स्टेसन सञ्चालनमा ल्याइएको हो ।
इलाममा भेटियो दुर्लभ उल्लु
इलामको पर्यटकीय क्षेत्र पाटेनागीमा दुर्लभ चस्मे उल्लु (उलुक) फेला परेको छ । वाइडलाइफ फोटोग्राफर देवेन खरेलले चरा खोजी गर्ने क्रममा पाटेनागी क्षेत्रमा पर्ने पुवामझुवाको चैतेमा (ब्राउन उड उल) नामको यो चराको तस्बिर खिच्न सफल भएको बताउनुभयो ।
सुनसरीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु
सुनसरीको सदरमुकामसहित विभिन्न स्थानीय तहमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरेको छ । शनिबार प्रभातफेरी र र्याली, कोणसभा र अन्तरक्रियासहितको कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरेको हो ।
गुणस्तरहीन काम गरे कारबाही हुन्छ : सभापति खतिवडा
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जिल्लामा सञ्चालित विभिन्न विकास निर्माणको काम गुणस्तरहीन भए निर्माण कम्पनीलाई कारबाही गर्ने बताउनुभयो ।
शोकमा उर्लाबारी
मोरङको उर्लाबारी शोकमा डुबेको छ । गत कात्तिक २६ गते उर्लाबारी–७ को स्नेहा सुनचाँदी पसलमा मध्यरातमा भएको आगलागी नियन्त्रण प्रयासमा पुगेका स्थानीयहरूको एकपछि अर्कोको ज्यान गएपछि उर्लाबारी शोकमा डुबेको हो ।
उपप्रमुख शेर्पाले बैठकभत्ताबाट बालबालिकालाई पोसाक
भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गर्नुभएको छ ।
‘प्रोकोपाइन’ पिल्लर चोरी
सप्तकोशी नदीको पूर्वी तटबन्धमा वर्षामा पानीको बहाव रोक्न लगाइएका ‘प्रोकोपाइन’ (त्रिखुट्टी) हराउन थालेका छन् । पानीको बहावबाट पूर्वी तटबन्ध सुरक्षित राख्न हरेक वर्षायाममा कोशीको पूर्वी किनारमा ‘प्रोकोपाइन’ लगाउने गरिएको छ । भारतीय जलसाधन विभागले प्रत्येक वर्ष जोखिमपूर्ण स्थानमा ‘प्रोकोपाइन’ लगाउँदै आएको छ । वर्षा सकिएसँगै कोशी किनारमा लगाइएका ‘प्रोकोपाइन’ को सुरक्षा र हेरचाह नहुँदा चोरी हुन थालेको र यसले बाढीको जोखिम बढाएको छ ।
पाँचथरको हिलिहाङमा आँखा शिविर, ६७ जनाको शल्यक्रिया
पाँचथरको हिलिहाङ गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा चार दिनसम्म सञ्चालन भएको आँखा शिविरमा ६७ जनाको आँखाको शल्यक्रिया गरिएको छ।
राजदूतद्वारा वर्थिङ सेन्टर उद्घाटन
नेपालका लागि जापानी राजदूत किकुता युकाताले इलामको सूर्योदय –७ गोगनेमा निर्माण भएको वर्थिङ सेन्टर आज उद्घाटन गर्नुभएको छ ।
एकै घरका तीनजनाको तीन चितामा दाहसंस्कार
जिल्लाको धनकुटा नगरपालिका–१ स्थित निगालेमा डेरागरी बस्दै आएका एकै परिवारका तीनजनाको शव आज तीन चिता बनाई दाहसंस्कार गरिएको छ ।
फुङ्लिङ बजार शुक्रबार बन्द
नेपालीहरुको चाडपर्व दसैँ, तिहार र छठमा खुला गरिएको ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारको साप्ताहिक बन्द शुक्रबारदेखि पुनः सुरु गरिएको छ।
पितृ स्मृतिमा मन्दिर र विश्रामस्थल निर्माण
झापाको गौरादह नगरपालिका- का धार्मिक तथा सामाजिक व्यक्तित्व कर्णबहादुर कटुवालले आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा ३२ लाखको लागतमा मन्दिरसहित मलामी विश्रामस्थल घर बनाइदिएका छन् ।
रबर उद्योगमा आगलागी, करिब ३५ लाखको क्षति
झापाको मेचीनगर नगरपालिका –१२ मा शान्तिराम चिमरियाको रबर उद्योगमा शुक्रबार विहान आगलागी भएकोछ । रबर सुकाउने (स्मोक हाउस) मेसिनमा विद्युत सट भएर उद्योगमा आगलागी भएको जनाइएको छ ।
धान काट्न हार्भेष्टर कुर्दै किसान
कृषि क्षेत्रमा काम गर्ने जनशक्ति धमाधम भारत पलायन भएपछि दक्षिण मोरङका किसान धान काट्न पालो कुरिरहेका छन् ।
अन्तर वडा क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ८ लाई
कनकाई नगर खेलकुद विकास समितिद्वारा यहाँस्थित कनकाई माविको खेल मैदानमा आयोजित अन्तर वडा टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ८ को टिमले हात पारेको छ ।
भूकम्प पीडितलाई दमक नगरपालिकाको आर्थिक सहयोग
झापाको दमक नगरपालिकाले जाजरकोट भूकम्प पीडितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत आर्थिक सहयोग गर्ने भएको छ ।
झापा लिग सुरु
झापाको भद्रपुर विहिबारबाट अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा
भोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेपछि यसप्रति विद्यार्थीको आकर्षण बढेको हो ।
करेन्ट लागेर युवकको मृत्यु
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका १९ वर्षीय मिलन नाल्बो लिम्बूको करेन्ट लागेर बिहीबार मृत्यु भएको हो ।