• १३ साउन २०८१, आइतबार

श्रीलङ्का टापुमा जनावरहरूको बन्ध्याकरण

blog

श्रीलङ्का टप्पुका पशु र जनावरहरूको बन्ध्याकरण गर्दै पशु प्राविधिक । तस्बिर: बाबुराम

बाबुराम कार्की

वराहक्षेत्र, मङ्सिर १० गते । सुनसरीको श्रीलङ्का टप्पुमा पशु तथा जनावरहरूको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण कार्यक्रम अन्तर्गत पशु तथा जनावरहरूको बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो  । 

वराहक्षेत्र नगरपालिकाले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीसँग समन्वय गरेर शनिवार आयोजना गरिएको वराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।  शिविरमा स्थानीयहरू कृषकको बाख्रा, बोका, राँगा , भैँसी र कुकुरको  बन्ध्याकरण गरिएको थियो । टापुका ८ सय ११ वटा पशु तथा जनावरहरूको स्वास्थ्य परीक्षण गरेको नगरपालिकाका पशु विकास शाखाका प्राविधिक विमल अधिकारीले बताउनु भयो । शिविरमा पशु, चौपायहरुको निशूल्क स्वास्थ्य परीक्षणका साथै औषधी समेत वितरण गरिएको थियो । 

 शिविरमा कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास कार्यालयका निमित्त निर्देशक पशुपति ढुङ्गाना सहित नगरपालिकाको पशु विकास शाखाका  पशु तथा भेटेरिनरी प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका पशु प्राविधिक तथा विज्ञहरूको उपस्थिति रहेको थियो ।