झापामा आत्मानन्द कपको तयारी
झापाको दमकबाट नजिकै रहेको इलामको माङसेबुङमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ को ७० औँ जन्मोत्सवको अवसरमा मङ्सिर ८ देखि १७ गतेसम्म सञ्चालन हुने आत्मानन्द कप २०८० को तयारी सुरु भएको छ ।
किराँत गोल्डकप मङ्सिर १५ देखि
पहिलो संस्करणको प्रथम प्रथम वाईवाई अन्तर्राष्ट्रिय गोल्डकप मङ्सिर १५ देखि २३ सम्म सञ्चालन हुने भएको छ ।
एकल महिलालाई उन्नत जातका बाख्रा सहयोग
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुका एकल महिलाका लागि वडा कार्यालयले सहयोग गरेको छ । एकल महिलालाई आत्मनिर्भर बन्न सहयोग गर्ने उद्देश्यसहित उन्नत जातका बाख्रा वितरण गर्दै वडा कार्यालयले सहयोग गरेको हो ।
नगरपालिकाद्वारा पाठेघरको समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निःशुल्क शल्यक्रियाका लागि पाठेघरको समस्या भएका महिलाहरूलाई अस्पताल लगिएको छ ।
कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा कालापत्थरमा शान्तिदीप यात्राको शुभारम्भ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुम्बु क्षेत्रको कालापत्थरमा शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
फुङ्लिङमा चासोक तङ्नाम मनाइयो
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी पर्व) मनाएका छन् । न्वागी पूजा, शुभकामना आदानप्रदानलगायत विभिन्न कार्यक्रम गरी लिम्बू समुदायले चासोक तङ्नाम मनाएका हुन् ।
पाडाजुङ्गी–गौरीगन्ज सडकखण्डको अपूरो काम सुरु
वैकल्पिक सहायक राजमार्गका रूपमा रहेको झापाको पाडाजुङ्गी–गौरीगन्ज सडकखण्डको अलपत्र परेको काम सुरु भएको छ । सडक भत्काएर बेवारिसे रूपमा छाडिएको भन्दै स्थानीयले ठाउँ ठाउँमा सडक अवरोध गरेर विरोध जनाएका थिए । पाडाजुङ्गीदेखि गेउरिया नजिकसम्म साढे तीन किलोमिटर सडक ठेक्का सम्झौता भएर काम अगाडि बढे पनि चालु आर्थिक वर्षमा बजेट नपरेपछि काम रोकिएको थियो । नेपाल–भारत सीमा गौरीगन्जसँग जोड्ने गरी दुई वर्षअघिदेखि पूर्वपश्चिम राजमार्गसँग जोडिएको पाडाजुङ्गीबाट सडक स्तरोन्नति र विस्तारको काम सुरु भएको थियो ।
जाडो छल्न नेपाल आइपुगे चरा
जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको वासस्थान बनेको छ ।
पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महोत्सव (फोटो फिचर)
इलामको प्रमुख पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महोत्सव आजदेखि सुरु भएको छ । विश्व शान्तिको कामनासहित आगामी मंङसिर –८ गते महोत्सव आयोजना गरिएको छ ।
सडक बत्ती जडान भएपछि स्थानीय खुसी
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार नजिकको दोखु क्षेत्रमा सडक बत्ती जडान भएपछि स्थानीय खुसी भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखु क्षेत्रका विभिन्न टोलमा सडक बत्ती जडान गरिएपछि स्थानीय खुसी भएका हुन् ।
नेपाली सेनाद्वारा भिरबाट लडेका घाइतेको उद्धार
नेपाली सेनाको रणशूर गुल्मबाट खटिएको फौजले खुम्बु पासाङ ल्हामु–५, लार्जादोभान इलाकामा भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार गरेको छ ।
सुनसरीमा हप्तामा सात आगलागी, करोड बढी क्षति
सुनसरीमा तिहार सुरु भएको एक हप्तामा सात ठाउँमा आगलागी भएको छ। जिल्ला सदरमुकाम इनरुवाको चार ठाउँसहित हरिनगर, देवानगञ्ज र भोक्राहा नरसिंह गाउँपालिकामा आगलागी भएको हो। विभिन्न स्थानमा भएको आगलागीमा करोड बढीको क्षति भएको छ।
सात किमी नहर सफाइ, छठका लागि घाट निर्माण गरिंदै
छठ पर्वलाई लक्षित गरी विराटनगर महानगरपालिकाभित्रको सात किलोमिटर नहर सफाइ गरिएको छ । सुनसरी–मोरङ सिंचाइँ आयोजना अन्तर्गत विराटनगर शाखाभित्रको नहर सफाई गरिएको हो ।
नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
झापामा नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । झापा कमल गाउँपालिका–१ निवासी १९ वर्षीय विनोद थापाले सामाजिक सञ्जालमा महिलाको गोप्य अङ्गको फोटो सार्वजनिक गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
कृषि मजदुरको विकल्पमा 'रिपर'को प्रयोग
झापामा धान काट्ने कृषि मजदुरहरूको अभाव भएपछि किसानहरूले ‘रिपर’ को प्रयोग गर्न थालेका छन् । परम्परागत कृषि प्रणाली अवलम्बन गरेका किसानका लागि नयाँ नयाँ यान्त्रिक प्रविधि आएपनि यो महँगो हुने गरेको उहाँहरू बताउनुहुन्छ ।
माइपोखरीमा त्रि-धार्मिक महोत्सव सुरु
इलामको प्रमुख पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महोत्सव सुरु भएको छ ।
धान काट्न भ्याइनभ्याइ
अन्नको भण्डार मानिने तराईका जिल्लामा धान काट्न किसानलाई भ्याइनभ्याइ हुन थालेको छ । दसैँ सकिएसँगै तराईका खेतीयोग्य जमिनमा धान पहेँलै भएर पाक्न सुरु भएपछि किसानलाई धान काट्ने चटारो छ । तिहार नजिकिँदै गर्दा अगौटे धान भित्र्याउन किसानलाई थप चटारो परेको हो । अगौटे धान भित्र्याउनुपर्ने भएकाले तराईका जिल्लामा किसान खेतमै व्यस्त हुन थालेका छन् । असोज अन्तिमबाटै अगौटे धान काट्न सुरु गरेका किसानले दसैँ सकिएलगत्तै काट्ने, दाउनी गर्ने र भित्र्याउने काम सुरु भएको छ । यस वर्ष पानीले साथ दिएकाले तराईका जिल्लामा गत वर्षभन्दा धान उत्पादनमा वृद्धि हुने रामधुनी नगरपालिका–४ का किसान गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै रोप्न पाइयो । मल पनि समयमै पाइएकाले सबैतिर धान राम्रो छ । पानीले पनि साथ दियो ।”
हटियामा छठका लागि पूजा सामग्री किनमेल
सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा छठ पर्वका लागि बाँसबाट बनेका पूजा सामग्री किनमेल गर्दै स्थानीय ।
पक्की पुल टुलुटुलु हेर्दै पैसा तिरेर कच्ची पुलबाट यात्रा
झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दा समेत सञ्चालनमा आउन सकेको छैन । अधकल्चो पक्की पुलमुनी बाँसको भाटाको पुल तरेर स्थानीयहरु वारिपारि गर्न बाध्य बनेका छन् ।
टिपताला नाका खुलाउने प्रयास जारी
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला नाका खुलाउने विषयमा दुई देशका स्थानीय पदाधिकारी तथा नेतृत्वबीच छलफल भएको छ ।
तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका –७ कालीथान मेलामा तीनदिने कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । कालीथान मेला व्यवस्थापन समितिको आयोजनामा स्थानीय धान खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा नेपाल र भारतका कुस्ती खेलाडीको सहभागीता थियो ।
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हँुदा भैँसीसँग ठोक्किन पुगेको थियो ।
दुर्घटनामा दुई जनाको मृत्यु
सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।