स्वास्थ्य शिविरबाट एक हजार बढी लाभान्वित
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार बढी लाभान्वित भएका छन्।
बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ ।
बाबुसँग लेनदेन नमिलेपछि छोरा अपहरण, ४० करोड फिरौती माग
झापामा बाबुसँग व्यावसायिक लेनदेन नमिलेपछि छोराको अपहरण गरी चार करोड फिरौती माग गरेका छन् । युवतीको प्रयोग गरेर अपहरण गरिएका झापा बिर्तामोडका २१ वर्षीय राजीव बस्नेत प्रहरीको सक्रियतामा अपहरणमा परेको १० दिनपछि मुक्त भएका छन् ।
काँग्रेसको समर्थनबाटै राष्ट्रपति: महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताउनु भएको छ ।
भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि
भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यहाँ आठ सय ५३ मेट्रिक टन बढी सुन्तला उत्पादन वृद्धि भएको हो । यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । गत वर्ष पाँच हजार चार सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
खुला सीमा कटाउन सुनसरी–मोरङ कारोबार ट्रान्जिट
कानुनले गाँजालाई लागूऔषध मानेको छ। यसको उत्पादन, ओसारपसार, कारोबार र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाइएको छ। प्रतिबन्धित गाँजा भने नेपालबाट भारतको बजारमा लैजाने क्रम सालन्य बढेको बढ्यै छ। यसको उत्पादन, ओसारपसार, कारोबार र प्रयोगलाई राज्यको सुरक्षा संयन्त्रले कडाइ गरे पनि गाँजा कारोबार र व्यक्ति नियन्त्रणको परिमाण तथा सङ्ख्या नियन्त्रणको ग्राफ बर्सेनि बढेको देखिन्छ।
महानगरविरुद्ध व्यापारी आन्दोलित
विराटनगर महानगरपालिकाले मुख्य बजार क्षेत्रको सडकमा पार्किङ निषेध घोषणा गरेपछि व्यापारीहरूले विरोध गरेका छन्। बजार क्षेत्रको मुख्य सडकका व्यापारीले पार्किङ गर्न नदिने हो भने व्यापार व्यवसायबाट पलायन हुनुपर्ने भन्दै महानगरको निर्णयको विरोधमा प्रदर्शनसमेत गरेका छन्।
मिक्लाजुङका २३ परिवारले पाए ४३ वर्षपछि लालपुर्जा
राष्ट्रिय भूमि आयोग मोरङ जिल्ला समितिले मिक्लाजुङ गाउँपालिकाका २३ परिवारलाई जग्गा धनी पुर्जा वितरण गरेको छ ।
पहिचान झल्किने गरी प्रदेशको नामकरण हुन्छ : मुख्यमन्त्री कार्की
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबैको पहिचान झल्कने किसिमको प्रदेशको नामकरण गरिने बताउनुभएको छ । पहिचानसहितको प्रदेश नामकरण चाँडो टुङ्गो लाग्ने उहाँको भनाइ छ ।
कुष्ठरोगको उच्च जोखिममा झापा
झापा जिल्ला कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ। जिल्लामा गत वर्ष १२१ जना कुष्ठरोगी पहिचान भएर उपचारमा रहेकोमा यो आर्थिक वर्षको छ महिनामा नै यही सङ्ख्यामा थप नयाँ कुष्ठरोगीहरूको पहिचान भएको हो। ७०औँ कुष्ठरोग दिवसको अवसरमा दमकस्थित आम्दा अस्पतालमा भएको प्रदेशस्तरीय समन्वय बैठक एवं अभिमुखीकरण कार्यक्रममा जानकारी दिइएअनुसार पूर्वी नेपालमा कुष्ठरोगको उच्च जोखिम छ।
कोसी अस्पतालमा कवाडी झगडा
कोसी अस्पताल विराटनगरमा पत्रु (कवाडी) दाबी विवाद चर्कंदै गएको छ। अस्पताल प्रशासन र ठेकेदारबीच ‘पत्रु’मा देखिएको लोभले तनाव नै उत्पन्न गरिदिएको हो। अस्पताल परिसरका पुरानो मेटार्निटी तथा सर्जिकल, रेडियोलोजी भवन, बच्चा विभागको भवन, विद्युत् पावर हाउस, डा. महेन्द्र महतो र रम्भा सुब्बा बसेको क्वाटर भवन र धोबी भवन भत्काएर नयाँ भवन निर्माणका लागि स्थान खाली गराउने काम भइरहेको छ।
प्रकाश र समपाल्मुलाई ताप्लेजुङ दौड उपाधि
ताप्लेजुङमा सम्पन्न ताप्लेजुङ दौडको उपाधि प्रकाश लिम्बू र समपाल्मु शेर्पाले जित्नुभएको छ ।
‘सरकारी शैक्षिक प्रतिष्ठानको गुणस्तर वृद्धि गर्नुपर्छ’
प्रदेश १ का सभामुख बाबुराम गौतमले ग्रामीण क्षेत्रका सरकारी शैक्षिक प्रतिष्ठानको गुणस्तर वृद्धि गर्न राज्यले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
अवैध आयात र आर्थिक मन्दीले पोल्ट्री व्यवसाय सङ्कटमा
झापाका पोल्ट्री व्यवसायीहरूले भारतीय कुखुराको अवैध आयात रोक्नका लागि प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग माग गरेका छन् ।
घुन्सामा अझै हिउँ परेन
समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौँ तिर लाग्नुभयो । उहाँले बसाइसराइ गर्नुभएको होइन । उहाँ हिउँ छल्न काठमाडौँ जानुभएको हो ।
‘सङ्घीय निजामती सेवा ऐन दुई महिनाभित्र’
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले दुई महिनाभित्रै निजामती सेवा ऐन संसद्मा टेबल गर्ने दाबी गर्नुभएको छ। विराटनगरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मोदीले निजामती ऐन आउन नसक्नुको कारणबारे अध्ययन गरिरहेको बताउँदै यसलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
कोसी राजमार्ग विस्तार अभियान सुरु
कोसी राजमार्गअन्तर्गत रानी– विराटनगर– इटहरी– धरान छ लेन सडक निर्माण तथा विस्तारका क्रममा इटहरी बजार क्षेत्रभित्र रहेका अवैध घरटहरा हटाउने अभियान सुरु गरिएको छ। भारतको जोगबनीदेखि चीनको किमाथाङ्कासम्म जोड्ने यो सडक राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको छ।
निजीमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थी बढी
इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । पालिकाभित्र सञ्चालित बाल कक्षादेखि कक्षा १२ सम्म सामुदायिक विद्यालयमा ६१ दशमलव ७४ प्रतिशत र संस्थागत विद्यालयमा ३८ दशमलव ३६ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले जानकारी दिनुभयो ।
धनकुटा महोत्सव : ‘कन्सर्ट’को भीडमा नौ जना घाइते, कार्यक्रम स्थगित
धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको भीडमा नौ जना घाइते भएका छन्।
आगोले जलेर बालकको मृत्यु
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा भीरमा लागेको आगोले जलेर एक बालकको मृत्यु भएको छ।
प्रतिबन्धित लागूऔषध जस्तो देखिने पदार्थसहित एक पक्राउ
प्रतिबन्धित लागूऔषध जस्तो देखिने पदार्थसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ताप्लेजुङका विपन्न परिवारलाई सिरक वितरण
ताप्लेजुङस्थित जिल्ला विपद् व्यवस्थापन समितिले विपन्न परिवारलाई न्यानो सिरक वितरण गरेको छ । समितिले जिल्लाभरका अति विपन्न परिवारलाई शुक्रबार न्यानो सिरक (ब्ल्याङ्केट) वितरण गरेको हो ।
दुर्गममा फाइबर इन्टरनेट सेवा बिस्तार
ताप्लेजुङको एक दुर्गम तथा बिकट हिमाली क्षेत्र रहेको मिक्वाखोला गाउँपालिकामा फाइबर इन्टरनेट सेवा बिस्तार गरिएको छ । दुर्गम क्षेत्र मिक्वाखोला गाउँपालिका–५ पालुङसम्म अप्टिकल फाइबर इन्टरनेट सेवा बिस्तार गरिएको हो ।
जापानी नगरप्रमुखलाई चिन्डो उपहार
जापान भ्रमणमा जानुभएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जापानको तोचिगी नगरका प्रमुख ओखावा हिदेकोसँग औपचारिक भेटवार्ता गर्नुभएको छ। भेटमा उहाँले नेपाली मौलिक संस्कृति, पहिचान र राष्ट्रियता झल्काउने सामग्री उपहारस्वरूप हस्तान्तरण गर्नुभएको जनाइएको छ। समुदायको संस्कार संस्कृतिसँग सम्बन्धित वाबु (चिन्डो), चोयाबाट बनेको भुने, थुन्सेदेखि नेपालको हिमाल, बुद्धको मूर्ति, दुई देशको झन्डाअङ्कित सामग्रीलगायतका उपहार उहाँले तोचिगी नगरका प्रमुख हिदेकालाई हस्तान्तरण गर्नुभएको हो।