चौँरी बिक्री नहुँदा सास्ती
जङ्गलको बीचमा वर्षौँदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा । त्यहाँ मानव बस्ती, सडक, बिजुली, सञ्चारको पहुँच छैन । अनकन्टार जङ्गलको बीचमा एकोहोरो कुकुर भुकेको आवाजमात्रै सुनिन्छ । चकमन्न जङ्गलको बीचमा छाप्रो अनि सँगै फैलिएको विशाल चौँरीखर्क । कलकल सुसाइरहेको हिमाली खोल्सो । चाँदीजस्तै टल्किने हिमालका चुचुरा नियाल्दै उहाँको दिन बितिरहेको छ ।
उर्लाबारी आगलागी अपडेट : घाइतेमध्ये ६ को अवस्था जटिल
मोरङको उर्लाबारी आगलागीमा उपचाररत घाइते बिरामीमध्ये छ जनाको अवस्था जटिल छ । कीर्तिपुर बर्न अस्पतालमा उपचाररत घाइतेमध्ये छ जना घाइतेको अवस्था गम्भीर रहेको अस्पतालकी मेडिकल डाइरेक्टर डा.निजीना ताम्राकारले जानकारी दिनुभयो ।
माइभ्याली गोल्डकप धकेलियो, इलाम गोल्डकप माघमा
इलाममा बर्सेनि हुँदै आएको माइभ्याली गोल्डकप प्रतियोगिता यो वर्ष तोकिएको तालिकाभन्दा पछाडि धकेलिएको छ । इलाममै अर्को प्रतियोगिता इलाम गोल्डकपको तालिका सार्वजनिक भएसँगै माइभ्यालीलाई पछि सारिएको हो ।
सहिद चन्द्र मार्गको शिलान्यास
बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिका जोड्ने सहिद चन्द्र मार्गको आज प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शिलान्यास गर्नुभएको छ ।
बिरालो मार्न निस्केका हरि मृत फेला
झापाको कचनकवल–७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैँले खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।
मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
इलामको रोङ गाउँपालिका–३ कोल्बुङको अर्याल चोकमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
ब्याटमिन्टन खेलमा चम्किएको तामाङ परिवार
भोजपुर नगरपालिका –७ डाँडागाउँका दानबहादुर तामाङको घर शिल्ड, मेडल, ट्रफीलगायत पुरस्कारले भरिएको छ । संघर्ष जिवनको लक्ष्य प्राप्तीको आधार हो भनेझै दानबहादुरले खेल क्षेत्रका बलियो आधार बन्नुभएको छ ।
आगलागीबाट १५ लाख बराबरको क्षति
खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
पाँच वर्षमा समृद्ध नगर बन्ने छ
उत्तरी मोरङको लेटाङ नगरपालिका भौगोलिक विविधताले भरिपूर्ण नगरपालिका हो । गुराँस फुल्ने डाँडादेखि साल फुल्ने समथर भूभाग रहेको लेटाङ नगरपालिकाले पर्यटन र कृषि उत्पादनका माध्यमले आर्थिक समृद्धि खोजिरहेको छ । यस नगरपालिकाका सम्भावना र चुनौतीबारे लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीसँग गोरखापत्रका हरिप्रसाद कोइरालाले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । लेटाङ नगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएपछि यो डेढ वर्षको अवधिमा भएका प्रमुख काम के के हु
तमोरको मोटरेबल पुल निर्माण कार्य अलपत्र
मोर कोरिडोरअन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्नेगरी तमोर नदीमा सुरु गरिएको पक्की मोटरेवल पुल निर्माणको काम अलपत्र परेको छ । आजभन्दा करिब ६ वर्षअघि ठेक्का सम्झौता भई सुरु गरिएको पुल निर्माणको कामलाई निरन्तरता नदिँदा निर्माण कार्य अलपत्र परेको हो ।
रोङमा बस दुर्घटना : एकको मृत्यु, ३७ घाइते
इलामको रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । अन्य ३७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
श्रमदानबाट पार्क निर्माण
धरान उपमहानगरपालिकाको वडा २० मा रहेको सर्दुखर्दु खोलाको छेउमा श्रमदान र सहयोगमा पार्कमा निर्माण भएसँगै आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ।
विद्यालयको दुई पक्की भवन निर्माण
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित बाल्देन माध्यमिक विद्यालयको एकैपटक दुईवटा पक्की भवन निर्माण गरिएको छ ।
ज्येष्ठ नागरिकहरू जिउँदो इतिहास : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकहरू जिउँदो इतिहास र साझा अभिभावक भएको बताउनुभएको छ । उहाँले ज्येष्ठ नागरिकलाई अपहेलना गर्नेविरुद्ध खबरदारी गर्नुपर्ने जनाउँदै उहाँले सो कुरा बताउनुभएको हो ।
मोटरसाइकल ठक्करबाट वृद्धको मृत्यु
झापाको कमल गाउँपालिका–३ स्थित कमल खोलाको पुलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । ६५ वर्षीय एक वृद्धको ठक्करले मृत्यु भएको हो ।
जनता आवास कार्यक्रम : भोजपुरका विपन्न परिवार नयाँ घर
जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका १० विपन्न दलित परिवारको घर निर्माण सम्पन्न भएको छ ।
नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलन मङ्सिर ६ गते
नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलन मङ्सिर ६ गते सुन्दरहरैँचा–९ स्थित जेसीज भवनमा हुने भएको छ । राज्य पुनर्संरचनापछि बनेको कांग्रेसको संशोधित विधान अनुसार हुने यो पहिलो जिल्ला सम्मेलन हो ।
जीवन बचाउन आग्रह गर्दै २३ वर्षीय महते
दुवै मिर्गौलाले काम नदिने अवस्थामा पुगेपछि जीवन मरणको अवस्थामा पुगेका युवराज महते आफ्नो जीवन बचाउन सहयोग गर्न आग्रह गरेका छन् । कलिलै उमेरमा मिर्गौलाले काम गर्न छाडेदेखि ३ वर्ष देखि निरन्तर डाइलोसिस गर्दै आएका उहाँ रकम अभावले मिर्गौला प्रत्यारोपण गर्न नसकेको बताउनुभयो ।
पाँचथर भलिबल उपाधि फाल्गुनन्दलाई
पाँचथर–फाल्गुनन्द गाउँपालिकाको वसाँगुमा सञ्चालन भएको पालिका स्तरीय आमन्त्रण भलिबल प्रतियोगिताको उपाधि फाल्गुनन्द गाउँपालिकाले जितेको छ ।
क्रोएसिया पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सरदार पक्राउ
झापाका सयभन्दा बढी युवाको रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै करोडौँ रुपियाँ ठगी गर्ने युवा संजय सरदार शनिवार साँझ बिराटनगबाट पक्राउ परेका छन् ।
‘कांग्रेसका कारण कोशी प्रदेश सभा बच्यो’
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले अध्ययन अनुसन्धानबिना टिकटक बन्द गरेर गैरजिम्मेवारी चरित्र प्रस्तुत गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित कुराकानी गर्दै नेता कोइरालाले टिकटक बन्द नगरी नियमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कोइरालाले अमेरिकासहित विश्वका अन्य मुलुकले कार्यालय समयमा टिकटक बन्द गरेको उदाहरण दिनुभयो ।
वराहक्षेत्रमा कात्तिके मेला सुरु
सुनसरीको वराहक्षेत्र मन्दिरमा कात्तिके मेला सुरु भएको छ । पौराणिक कालदेखि लाग्दै आएको कात्तिके मेला मङ्सिर ११ गतेसम्म सञ्चालन हुने भएको हो ।
२७५ मिटरको खोलामा २०५ मिटरको पुल
झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । सुरुको डिजाइन अनुसारको पुल तयार भए पनि पुल निर्माणकै क्रममा खोलाको क्षेत्र विस्तार भएपछि अहिले पुलको लम्बाइ छोटो भएको हो ।
मेची किनारमा छठको तयारी
झापामा छठ पर्वका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। नेपाल भारत सिमानामा रहेको मेची खोला किनार लगायतका झापाका अन्य रतुवा, कन्काई लगायतका खोलामा समेत घाट निर्माण भएका छन्।