कन्याममा सिसाको पुलसहित साइक्लिङ ट्र्याक निर्माण सुरु
इलामको सूर्योदय नगरपालिकाले कन्याममा नयाँ पर्यटकीय गन्तव्यका रूपमा सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकल ट्र्याकको निर्माण कार्यको थालनी गरेको छ ।
नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्तीले सुरक्षा अवस्था सुदृढ
इलाम जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको दोहोरो गस्ती प्रभावकारी बनेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएपछि सीमा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षाबल (एसएसपी) को संयुक्त गस्ती प्रभावकारी बनेको हो ।
झुण्डिएर दुईजना मरेको अवस्थामा फेला
झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई दुई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन् । यसअघि साउनमा कचनकवल –५ स्थित दल्लेगाउँमा तीनजना किशोरीहरूले झुन्डिएर आत्महत्या गरेका थिए ।
धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’
दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन ।
सुकेटारमा सीता एयरलाइन्सको उडान सुरु
ताप्लेजुङको सुकेटार विमानस्थलमा सीता एयरलाइन्सले सोमबारदेखि उडान सुरु गरेको छ । सीता एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान पुनः सुरु गरेको हो ।
काँचो सुपारी सङ्कलन र प्रशोधन बन्द
झापामा काँचो सुपारी सङ्कलन र प्रशोधन बन्द भएको छ। यस कार्यमा संलग्न व्यवसायी आफैँले प्रशोधन बन्द गरेका हुन्। यहाँ सङ्कलन र प्रशोधन भएको काँचो सुपारीमा कर छली भएको विषय सार्वजनिक भएपछि व्यवसायीको भेलाले तत्कालका लागि सुपारी सङ्कलन र प्रशोधनको काम बन्द गर्ने निर्णय गरेका हुन्।
प्रचार नहुँदा ओझेलमा कोसीटप्पु
संरक्षण तथा प्रचारप्रसारको अभावमा कोसीटप्पु वन्यजन्तु आरक्ष आन्तरिक तथा बाह्य पर्यटकका लागि गन्तव्य बन्न सकिरहेको छैन। सुनसरी, सप्तरी र उदयपुर जिल्लामा पर्ने र सबैतिरबाट अवलोकन गर्न सकिने आरक्षमा पर्यटन विकासका लागि सरकारी र निजी क्षेत्रबाट पहल नहुँदा आरक्ष ओझेलमा परेको हो। कोसीटप्पु अर्ना तथा चराको स्वर्गभूमि मानिन्छ।
अवलोकनकर्ताको आकर्षणमा फोटो प्रदर्शनी
धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो एवम् पाँचौँ धनकुटा महोत्सवमा जारी फोटो प्रदर्शनीले अवलोकनकर्तालाई आकर्षित गरेको छ ।
जनतासामु गरेको बाचा नभुली पूरा गर्छु : उपप्रधानमन्त्री लिङ्देन
उपप्रधान एवम् ऊर्जा तथा जलश्रोत मन्त्री राजेन्द्र लिङ्देनले आफूले जनता र देशसामु गरेको बाचा नभुली काम गर्ने बताउनुभएको छ । लिङ्देनले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर आफूले काम गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
उत्पादक र उपभोक्तालाई जोड्दै पहाडका हाटबजार
फिदिम नगरपालिका–५ की भीममाया तुम्बापो साताको प्रत्येक शनिबार सदरमुकामको शिवालय मन्दिरछेउमा लाग्ने शनिबारे हटिया आइपुग्नुहुन्छ। बिहान झिसमिसे उज्यालो नहुँदै सुँगुरका पाठा, कुखुरा र अन्डा ल्याएर बेचेपछि आवश्यकताअनुसार नुन, तेल र बेसार किनेर घर फर्किनुहुन्छ। “गाँउमा धेरै बिक्दैन, हाटबजार ल्यायो भने सजिलै सबै बिक्छ, त्यसैले हप्तैपिच्छे यहीँ आउँछु,” तुम्बापोले भन्नुभयो।
एकीकृत बस्ती निर्माणमा ढिलाइ
मोरङको उर्लाबारी–९, रातेहोली किनारमा दुई वर्षअघि सङ्घीय सरकारको सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागले निर्माण गर्ने सन्थाल एकीकृत बस्ती विकास परियोजनाको टेन्डर लागेर पनि अझै काम सुरु भएको छैन। परियोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १८ गते शिलान्यास गर्दै १८ महिनापछि सन्थालहरू झुपडीबाट घरमा सर्ने बताउनुभएको थियो तर २३ महिना पूरा भइसक्दा पनि घर बनेका छैनन्।
जनताले बनाएको सुरुङ कुलो
वि.सं. २०४४ मा खोटाङको रावाबेँसी गाउँपालिका–६, हौँचुर साबिक–८ कट्टीस्थित देउरालीडाँडालाई त्यहाँका नागरिकले छेड्ने निधो गरे। लोचा खोला (हौँचुर खोला)को पानी खेतसम्म ल्याउन अन्य विकल्प नभएपछि हौँचुरका केही व्यक्तिको नेतृत्वमा गाउँबाट अन्नबाली सङ्कलन गरेर ओखलढुङ्गा मानेभञ्ज्याङका बिर्खबहादुर मगरको समूहलाई सुरुङ खन्ने जिम्मा लगाइयो। गाउँलेको जग्गा कृषि बैङ्कमा धितो राखेर निकालिएको एक लाख ४४ हजार रुपियाँ ऋण र सङ्कलन गरिएको ४० मुरी अन्नबाट सुरुङ सम्पन्न गर्ने गाउँलेको सपना थियो।
विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन
उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताउनुभएको छ।
ताप्लेजुङ कर्मचारी मिलन केन्द्रमा भट्टराई
ताप्लेजुङस्थित कर्मचारी मिलन केन्द्रको अध्यक्षमा टङ्कबहादुर भट्टराई चयन हुनुभएको छ।केन्द्रको ११ औं साधारणसभा तथा अधिवेशनले सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
घरमा आगलागी हुँदा लाखौँको क्षति
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको एक घरमा आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ । मैवाखोला गाउँपालिका –६ फाकुम्बाका स्थानीय रमेश थोप्रा लिम्बूको घर आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
झापा गाउँपालिकालाई प्रदेश स्तरीय भलिबल उपाधि
झापाको सुरुङ्गामा आयोजित तेस्रो प्रदेश स्तरीय कनकाई कप पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ । कनकाई माविको खेल मैदानमा भएको फाइनल प्रतियोगितामा झापा गाउँपालिकाले दमक नगरपालिकालाई ३-० को सोझो सेट हरायो ।
धरानमा बनेका अवैध संरचनामा डोजर चल्यो
धरान उपमहानगरपालिकाको वडा नम्बर ५ देउरालीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्काइएको छ।
प्रदेश संरचनाप्रतिको निराशालाई बदल्ने काम गर्छौ : मुख्यमन्त्री कार्की
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिटोभन्दा छिटो प्रदेशको नामकरण गर्नका लागि आवश्यक परामर्श र छलफल गर्ने बताउनुभएको छ।
भोजपुरे खुकुरी : माग बढ्यो, कालीगढको अभाव
ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमा समेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ ।
हलेसीमा गाइड सेवा
त्रि–धार्मिक स्थल तपोभूमि हलेसीमा आउने पर्यटकले यथार्थ बुझ्न पाउने भएका छन्। हलेसी र आसपासका पर्यटकीय क्षेत्रका बारेमा पर्यटक घुमाउन र यथार्थ बुझाउन नगरपालिकाले गाइड (मार्गदर्शक) तालिम प्रदान गरेको छ। नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम)सँगको सहकार्यमा नगरपालिकाले ३१ जनालाई स्थानीय पर्यटक गाइडसम्बन्धी आठदिने तालिम प्रदान गरेको हो। तालिमको समापनसँगै पर्यटन गाइड उत्पादन भएका छन्। तालिमबाट हलेसी र आसपासका पर्यटकीय क्षेत्रको ऐतिहासिक कुरा पर्यटकलाई बुझाउन सकिने भएको सहभागी मोतीराज राईले बताउनुभयो।
मध्य तमोरको प्रगति पचहत्तर प्रतिशत
ताप्लेजुङमा निर्माणाधीन मध्य तमोर जलविद्युत् आयोजनाको ७५ प्रतिशतभन्दा बढी काम भएको छ। सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ७३ मेगावाट क्षमताको यो आयोजनाको निर्माण कार्य कोरोना महामारीमा पनि रोकिएको थिएन। ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिका–१, सावादिन, मिक्वाखोला गाउँपालिका–१ र २ (खोक्लिङ) र फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुमा मुख्य संरचना रहने गरी आयोजना निर्माण भइरहेको छ। निर्माणाधीन आयोजनाको हालसम्म तीन हजार ३७० मिटर लम्बाइ र ६.५ मिटर चौडाइ तथा उचाइ भएको सुरुङ निर्माण सम्पन्न भइसकेको छ।
जहाँ अहिले पनि वस्तु विनिमय हुन्छ
धनकुटाको महालक्ष्मी नगरपालिकाको चानुवा हाट डाँडामा साप्ताहिक रूपमा बुधबार हाट लाग्ने गरेको छ। यहाँको हाट अन्यत्रको भन्दा धेरै नै फरक छ। अन्यत्र मुद्रामार्फत वस्तु तथा सेवाको खरिद–बिक्री हुन्छ तर यहाँ भने अहिले पनि वस्तुसँग वस्तु नै साटिन्छ। परापूर्वकालदेखि हालसम्म पनि यहाँको हटियामा वस्तु विनिमय गर्ने प्रचलन कायमै छ। वस्तु विनिमय प्रथा धेरैका लागि अनौठो हुन सक्छ। आधुनिकतासँगै यो प्रथा पनि सबैतिर लोप भइसकेको छ। धनकुटाको यो हाटले अहिले पनि यही प्रथा जोगाइरहेको छ। भोजपुरको जरायोटारबाट लामपाते सुर्ती, होम्ताङबाट बदाम लिएर हाट भर्न आउने स्थानीय बासिन्दा महालक्ष्मी नगरपालिकाको डाँडागाउँ, चानुवा, मारेककटहरेका माथिल्लो भेगका बासिन्दासँग तरकारी साट्ने गर्छन्। वस्तु विनिमय मुद्राको कारोबार हुनुभन्दा अघिको प्रचलन हो।
विद्यार्थीले लगाए विद्यालयमा ताला
खोटाङको हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाएका छन् ।
तीन दिनपछि शव फेला
ताप्लेजुङको फुङ्लिङ नगरपालिका –१० फुरुम्बुमा एक व्यक्ति बेपत्ता भएको तीन दिनपछि शव फेला परेको छ । प्रहरीका अनुसार फुरुम्बुका स्थानीय टङ्कबहादुर नुगो लिम्बूको शव फेला परेको हो ।