पालिकाको चौतर्फी विकास प्राथमिकतामा
अरुण गाउँपालिका कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरको सुगम गाउँपालिका हो । नारदमुनि थुलुङ राजमार्गले बिच भागबाट काटेको पालिकामा सात वटा वडाको क्षेत्रफल १५४.७६ वर्ग किमीमा १७ हजार ६८७ जनसङ्ख्या छ । स्था
जिप दुर्घटनामा चालकको मृत्यु
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा आइतबार राति जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा प्र १–०१–००१ ज ३४३७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक निसान लिम्बूको मृत्यु भएको हो ।
वडाध्यक्षलाई घरमै थुनेर आग्जनी
धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाअध्यक्ष देबेन्द्र गुरागाईको घरमा अज्ञात पक्षले शनिबार राती आगजनी गरेको छ ।
झापा युनाइटेड किराँत गोल्डकपको सेमिफाइनालमा
फिदम माविको खेल मैदामा भएको प्रतिस्पर्धात्मक खेलमा झापाले इलामलाई १–० गोलले हरायो । झापाको जितमा श्याम मुर्मुले २१औँ मिनेटमा गोल गर्नुभयो । मुुर्मु म्यान अफ दि म्याच बन्दै पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
कोशीमा मन्त्रीको विभागीय जिम्मेवारी तोकियो
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारका मन्त्रीहरूलाई जिम्मेवारी बाँडफाँट गर्नुभएको छ । मन्त्रिपरिषद् गठन भएको ५० दिनपछि मुख्यमन्त्री कार्कीले मन्त्रीहरूलाई विभागीय जिम्मेवारी तोक्नुभएको हो ।
शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय अनुगमन गरिने
जिल्लामा शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयहरूको प्रभावकारी अनुगमन गरिने भएको छ । जिल्ला शिक्षा समिति ओखलढुङ्गाले सामुदायिक विद्यालयको शैक्षिक स्तर बढाउन नियमित अनुगमन गर्ने निर्णय गरेको हो ।
तराईका ताल र सिम क्षेत्रमा देखिन थाले पाहुना जल पन्छी
कोशी टप्पु वन्यजन्तु आरक्ष आसपासका सिम क्षेत्र र तालहरूमा हिउँद लागेसँगै सिम क्षेत्रमा पाइने चराहरू देखिन थालेका छन् । हिमाल पारिका देशबाट जाडो छल्न पानी चराहरु कोशी टप्पु आरक्ष हुँदै तराईका नदी, खोला र तालहरूमा देखिन थालेका हुन् ।
धनकुटामा वाडाङ्मी र पापनीको रौनक
धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्मका लागि यो पर्व मनाइरहेका छन् ।
सांसद खड्का चढेको गाडी दुर्घटनाले धरान–धनकुटा सडक नै अवरुद्ध
प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री दीपक खड्का चढेको गाडी धनकुटामा दुर्घटना हुँदा धरान–धनकुटा सडक अवरुद्ध भएको छ । खड्का सवार स्कोरपियो गाडी टिपरसँग ठोकिएर सडकमै थन्किएपछि सडक अवरुद्ध भएको हो । अर्को पनि दुर्घटना एकै ठाउँमा हुँदा तीन वटा गाडी सडकमै रहेकाले सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् ।
रैथाने उत्पादनले पर्यटक पल्कायो
ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गरेर फर्कंदै गर्नुभएकी पोखरा लेखनाथ चौककी पवित्रा अधिकारीको गाडी पाँचथरस्थित राँके बजार आइपुगेर टक्क रोकियो ।
तेह्रथुमलाई हराउँदै पाँचथर किराँत गोल्डकपको सेमिफाइनलमा
प्रतिस्पर्धी मितेरी फुटबल क्लब तेह्रथुमलाई हराउँदै आयोजक पाँचथर फुटबल क्लब किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पाथीभरा क्षेत्रको सर्वपक्षीय अनुगमन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सञ्चालित योजना तथा पूर्वाधारको सर्वपक्षीय अनुगमन गरिएको छ। पाथीभरा क्षेत्र विकास समितिको आह्वानमा पाथीभराको अवस्था तथा यहाँ सञ्चालित पूर्वाधार योजनाहरूको शुक्रबार सर्वपक्षीय अनुगमन गरिएको हो।
ताप्लेजुङमा भलिबल प्रतियोगिता
ताप्लेजुङमा अन्तर्राष्ट्रियस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ। जिल्लाको मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभानमा लाग्ने पुसेमेला स्वर्ण महोत्सवको अवसरमा प्रतिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो।
फोहोरलाई मोहर बनाउने प्रयासमा इनरुवा नगरपालिका
इनरुवा नगरपालिकाले फोहोरलाई मोहर बनाउने योजनालाई अन्तिम चरणमा पुर्याएको छ । नगरपालिका क्षेत्र भित्रमा उत्पादन हुने फोहोरलाई मोहरमा परिणत गर्न नगरपालिकाले विशेष योजना बनाई कार्यान्वयनको चरणमा रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।
वनभोजमा हिँडेको बस दुर्घटना, ६ घाइते
वनभोज हिँडेको बस धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलवोटेमा दुर्घटना भएको छ । इलामबाट विद्यार्थी लिएर वनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदैगरेको मे १ ख ३३८० नम्बरको बस दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।
चार लाख पर्यटक भित्र्याउने तयारी
झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रूपमा परिचित उक्त धामले ४१ औँ वार्षिक अनुष्ठानको आयोजना गरी चार लाख धार्मिक पर्यटक भित्र्याउने तयारी थालेको हो ।
तेह्र विद्यार्थी पढाउन छ जना शिक्षक
झापाको एउटा सामुदायिक विद्यालय विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कमल गाउँपालिका ७ मा रहेको पिङ डाँडा आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या १३ मात्र रहेको पाइएको हो । शिक्षक तथा कर्मचारीको सङ्ख्या ६ रहेको छ । एउटै कक्षा कोठामा राखेर ५ कक्षासम्म पढाइ हुने गरेको छ ।
विद्युत सर्ट भएर एक घर नष्ट
विद्युत सर्ट भएर घरमा आगलागी भएको छ । शनिबार बिहान ४ बजे मोलुङ गाउँपालिका–१ झगरपुरका ४० वर्षीय भोलाकाजी राईको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो ।
चिया प्रविधिको पढाइ सुरु
नेपालमा चिया रोपण सुरु भएको १६० वर्षपछि इलाममा पहिलो पटक चिया प्रविधिको पढाइ सुरु गरिएको छ । प्रमुख निर्यातयोग्य वस्तु मानिएको नेपाली चियाको क्षेत्रमा यो विषयको अध्ययन अध्यापन निकै महत्त्वपूर्ण मानिएको छ । अहिलेसम्म भारत र अन्य मुलुकमा गएर सिकेको सिपका भरमा नेपालीले तयारी चिया बनाउने गरेका छन् ।
टप्पुवासी त्रासदीमा
वर्षा गएसँगै टप्पुवासी सन्तोषले सास फेर्न थाल्छन् । कोसीको सतह घट्दै जादा टप्पुवासीमा हिम्मत पनि बढ्छ तर फेरि अर्काे वर्षायाम आउँछ र कोशीको पानीको सतह बढ्दा बस्तीसँगै पानीमा विलीन हुने हो कि भन्ने त्रासबाट भने उनीहरू कहिल्यै मुक्त हुन सकेका छैनन् । यस वर्ष टप्पुवासीका लागि गएका वर्षहरूभन्दा कष्टकर रह्यो । कोशी नदीमा पानीको सतह गएका दशकभन्दा बढी भएपछि टप्पुवासीमा त्रासदी बढ्यो । नदीले गरैया टप्पु क्षेत्रमा तीव्र कटान गरेपछि नदी उकास क्षेत्रमा रहेका आधा दर्जन घर सार्नु परेको थियो । पछिल्ला केही वर्षदेखि त्यहाँ कटान हुन थालेपछि टप्पु क्षेत्र प्रत्येक वर्ष
चिया प्रविधिकाे पढाइ सुरु
नेपालमा चिया व्यवसाय सुरु भएको एक सय ६० वर्षपछि इलाममा पहिलो पटक चिया प्रविधिको पढाइ सुरु गरिएको छ । निर्यात वस्तुमध्ये विदेशी मुद्रा आर्जनका लागि पनि एक हिस्सा बन्न थालेको नेपाली चियाको क्षेत्रमा यो पढाइ निकै महत्त्वपूर्ण मानिएको छ ।
हात्तीको आक्रमणबाट चौकीदारको मृत्यु
झापामा जङ्गली हात्तीको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ । रणकाली सामुदायिक वन जलथलका चौकीदार हल्दीबारी गाउँपालिका –३ निवासी ४० वर्षीय धनबहादुर वनको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।
परम्परागत शैलीमा राखिएको मकैको सुली
खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका- १ स्थित वराहपोखरीमा रहेको खरले छाएको एक घरमा परम्परागत शैलीमा राखिएको मकैको सुली ।
तिम्ल्याहा बच्चाको पोषणका लागि माउ गाई सहयोग
झापाको गौरिगंज गाउँपालिका ४ कदमगाछी सुकुम्वासी टोलमा तिम्ल्याहा बच्चा पाउने आमा तथा नवजात शिशुहरूको खानपान तथा भरण पोषणमा सहयोग पुर्याउन गौरीगन्ज गाउँपालिकाले दुधालु गाई किनेर दिएको छ ।