कवाडी गोदाममा आगो लाग्दा पाँच जना घाइते
विराटनगर ७ स्थित सातघुम्ती रोडमा रहेको कवाडी गोदाममा आगो लागेको छ। आगलागीमा परेर घाइते भएका पाँच जनालाई प्रहरीले उद्धार गरेको छ।
ताप्लेजुङ सिफारिस भएका शिक्षकलाई नियुक्तिपत्र प्रदान
खुला प्रतिस्पर्धाबाट छनोट भई ताप्लेजुङका लागि सिफारिस भएका माध्यमिक तहका शिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको छ ।
आँखा जाँच गरिएकामध्ये १२ प्रतिशतमा मोतिबिन्दु
झापाको कमल गाउँपालिकामा आयोजित आँखा शिविरमा आँखाको जाँच गरिएकामध्ये १२ प्रतिशतभन्दा बढीमा मोतिबिन्दु फेला परेको छ । स्थानीय इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले २७ औं स्थापना दिवसको अवसरमा गरेको आँखा शिविरमा यस्तो भेटिएको हो ।
राजनीतिक दललाई विद्यालयका कक्षाकाेठा प्रयोग गर्न नदिने
झापाको कमल गाउँपालिकाले विद्यालय हल तथा कोठाहरू कुनै पनि राजनीतिक दलहरूलाई कार्यक्रम गर्न तथा बैठक बस्न उपलब्ध नगराउने निर्णय गरेको छ ।
‘नहुने भो राजा र रानीको भेट’
“अब राजा र रानीको भेट हुने सम्भावना टरेर गयो”, धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भन्नुभयो, “पहिला उचित पहल नभएकाले अब जोड्न सम्भव छैन ।” धनकुटा जिल्लाको पर्यटकीय गन्तव्य भन्नेबित्तिकै राजारानीमा रहेको राजारानी ताल पहिलो पङ्क्तिमा नाम आउँछ ।
जङ्गली हात्ती नियन्त्रण गर्न सभामुख घिमिरेको निर्देशन
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पछिल्लो समयमा झापासहित पूर्वी नेपालमा जङ्गली हात्तीका कारण भएको समस्या सामधानका लागि चासो राख्नुभएको छ।
भीरमा लडेर परियारको मृत्यु
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ५४ वर्षीय बुद्धिमान परियारको भीरमा लडेर मृत्यु भएको हो ।
हात्तीसँगै रत्तिएका छन् गैँडा
पूर्व नेपालको कोशीटप्पु वन्यजन्तु आरक्षमा दुई महिनाअघि मात्र चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी ल्याइएका पुष्पा र अञ्जली नामका दुई वटा पोथी गैँडा त्यहाँस्थित कोशीकली र कुसाहाकली नामका दुई वटा हात्तीसँगै रत्तिएका छन् ।
गुणस्तरीय शिक्षाका लागि लगानी गर्दै युडब्लुएस नेपाल
ताप्लेजुङमा युनाइटेड वल्र्ड स्कूल (युडब्लुएस) नेपाल नामक संस्थाले गुणस्तरीय शिक्षा लक्षित परियोजनामा लगानी गर्ने भएको छ।
किराँत गोल्डकप : ताप्लेजुङसँग हिमालयन शेर्पा स्तब्ध
प्रतिस्पर्धी हिमालयन शेर्पा क्लब ४–३ गोल अन्तरले हराँउदै कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ पाँचथरको फिदिममा जारी ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण किराँत गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ ।
गणतन्त्रमै नागरिकको अवस्था परिवर्तन हुन्छ : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्घीयतालाई राम्रोसँग चलाउन सके देश विकास गर्न सकिने बताउनुभएको छ। बिपी स्मृति भवन नेपाली कांग्रेस पार्टी कार्यालय र प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुङ्गा आउनुभएका सभापति देउवाले यस्तो बताउनुभएको हो।
प्रदेश सभामा राजस्व सङ्कलनसम्बन्धी विधेयक प्रस्तुत
कोशी प्रदेश सभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले ‘कोशी प्रदेश राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ प्रस्तुत गर्नुभएको छ ।
स्थानीय उत्पादन विक्री नहुने समस्या अन्त्य गर्नुपर्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दुग्ध उत्पादक किसानका समस्या समाधानका लागि आफू आफ्नो क्षेत्रबाट लागि पर्ने प्रतिबद्धता जनाउनु भएको छ । मंगलबार झापाको अर्जुनधारामा आफ्ना क्षेत्रका दुग्ध उत्पादक किसानहरूसँग छलफल गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई सम्मान
इलामको रोङ गाउँपालिकाले २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस अवसरमा पालिकाका उत्कृष्ट छ जना स्वयंसेविकालाई सम्मान गरेको छ । पालिकामा आज आयोजित कार्यक्रममा प्रत्येक वडाका एक स्वयंसेविकालाई सम्मान गरिएको हो ।
श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ
श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
साइकल पाउँदा दङ्ग
झापाको गौरीगञ्ज गाउँपालिकाले पालिकाभित्रका ४० जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल उपलब्ध गराएको छ। २०औँ स्वयंसेविका दिवसको अवसर पारेर स्वयंसेविकालाई साइकल उपलब्ध गराएको पालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिनुभयो।
हात्तीको व्यवहारमा परिवर्तन हुँदा पूर्वी नेपालमा जोखिम बढ्यो
पछिल्लो समय भारतबाट हुलका हुल आउने हात्तीको व्यवहारमा आएको परिवर्तनका कारण पूर्वी नेपालमा जोखिम बढ्दै गएको छ । खाद्यान्नको खोजीमा भारतबाट मेचीनगर नगरपालिकाको सीमा क्षेत्र मेचीखोलाको किनारबाट बाहुण्डाँगी हुँदै हात्ती नेपाल प्रवेश गर्ने गरेका छन् ।
बीउबिजन फार्ममै छैन पर्याप्त जनशक्ति र बजेट
कृषि बालीको मूल र प्रमाणित बीउ उत्पादन गर्ने मुलुककै ठूलो झापाको कृषि विकास फार्म जनशक्ति र बजेट अभाव खेपिरहेको छ । सरकारी स्वामित्वको यो फार्म शिवसताक्षी नगरपालिका-७ चन्द्रडाँगीको ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
बरमझियाका पेडा अब चतरामा
पेडापारखीका लागि बरमझियाको पेडा प्रसिद्ध छ । अब पेडा खान र कोसेली बोक्न बरमझिया पुगिरहनु नपर्ने भएको छ । मदन भण्डारी राजमार्गको वराहक्षेत्र–१, चतरा कोशी पुल आसपासका क्षेत्रमा आधा दर्जनभन्दा बढी पेडाका पसल खुलेका छन् ।
स्थानीय संस्कृतिसँग पर्यटनलाई जोड्न आग्रह
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटनलाई स्थानीय सस्कृतिसँग जोड्नुपर्ने बताउनुभएको छ । प्रकृति र संस्कृतिसँग जोडेर पर्यटन विकासका लागि अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।
बजेट कार्यान्वयनका लागि सचिवहरूलाई निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न प्रदेश सरकार मातहतका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
मोरङ किराँत गोल्डकपको सेमिफाइनलमा
डिएससी मोरङ फिदिममा जारी वाइवाइ ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण किराँत गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा मोरङले युनाइटेड फुटबल क्लब दार्जिलिङलाई ६–३ गोलले हरायो ।
नारायणी र मैवाखोला मावि प्रथम
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय भलिबल प्रतियोगितामा नारायणी माध्यमिक विद्यालय र मैवाखोला माध्यमिक विद्यालय प्रथम भएका छन् । प्रतियोगितामा छात्रातर्फ नारायणी र छात्रतर्फ मैवाखोला मावि प्रथम भएको हो ।
नेपाल–भारत सीमास्तम्भको मर्मत सुरु
झापा जिल्लामा नेपाल–भारत दशगजा क्षेत्रको सीमास्तम्भ अनुगमन, मर्मत तथा रङरोगन सुरु भएको छ ।