मुन्दुम पदमार्गमा पुगे एक लाख पर्यटक
नेपालको सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेका छन् । प्राकृतिकरुपमा सुन्दर मानिने यो स्थानमा तीन महिनाको अवधिमा एक लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाले जनाएको छ ।
ताजपुरिया संस्कृति जोगाउन आग्रह
ताजपुरिया समुदायका अगुवाहरूले आफ्नो संस्कृति र परम्परा संरक्षणका लागि सरकारसँग आग्रह गरेका छन् । संविधानको भावना र मर्मअनुसार आदिवासी जनजातिको कला, संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्नुपर्ने भन्दै उहाँहरूले त्यसका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
'मोटरसाइकल दुर्घटनामा ज्यान जोगाउन हेल्मेटको प्रयोग अनिवार्य'
झापाका ग्रामीण क्षेत्रमा बिना हेल्मेट मोटरसाइकल चलाउँदा हुने जोखिम सम्बन्धी सचेतना सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय गौरीगंज र ट्राफिक प्रहरी पोष्ट गौरीगन्जले संयुक्त रूपमा हेल्मेटको प्रयोगको विषयमा सचेतना सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउनुभयो ।
नेपाली युवामाथि गोली प्रहार घटनाको छानबिन गरिने
भारतीय सीमावर्ती क्षेत्रमा नेपाली युवामाथि भएको गोली प्रहारको घटनाको छानबिन गर्न मोरङ प्रहरीले भारतीय प्रहरी समक्ष समन्वय अगाडि बढाएको छ ।
जहाजको झ्यालको सिसा आकाशबाटै खस्यो
सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ । आईतबार काठमाण्डौबाट कार्गो सामाग्री लिएर तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडेको जहाजको दायाँ भागको सिसा आकाशबाटै जमिनमा खसेको हो ।
‘प्रतिबद्धता अनुसार काम गर्दै छु’
सुनसरीका १२ वटा स्थानीय तहमध्ये इनरुवा नगरपालिका जिल्लाको सदरमुकाम हो । यो नगरपालिकामा कुल १० वटा वडा छन् । विसं २०७९ वैशाखमा भएको दोस्रो स्थानीय तहको निर्वाचनमा नेपाली
शून्य खनजोतमा मकै खेती
सुनसरीका किसानले खेत खनजोत नै नगरी बाली लगाएर राम्रो आम्दानी गर्ने गरेका छन् । किसानले शून्य खनजोत प्रविधिको प्रयोग गरेर मकै लगाउँदा कम लागतमा बढी उत्पादन लिन सफल भएका छन् ।
अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो ।
लैङ्गिक हिंसाविरुद्धको अभियान सम्पन्न
ताप्लेजुङमा लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान आइतबार सम्पन्न गरिएको छ। सदरमुकाम फुङ्लिङमा लैङ्गिक हिंसाबिरुद्ध सचेतनामुलक वक्तृत्वकला, नाटकलगायत विविध कार्यक्रम आयोजना गरी अभियान सम्पन्न गरिएको हो।
राष्ट्रघात गर्नेसँग सचेत हुनुपर्छ : मन्त्री किराती
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रघात गर्नेसँग सचेत हुनुपर्ने बताउनुभएको छ।
सहकारीमार्फत आत्मनिर्भर बन्न सकिन्छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले सहकारीको माध्यमबाट कृषिजन्य उत्पादनमा आत्मनिर्भरता बन्न सकिने बताउनुभएको छ ।
लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन
सुनसरीमा मङ्सिर ९ गतेबाट सुरु भएको लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको आइतबार समापन गरिएको छ ।
जनशक्ति अभावले काममा ढिलाइ
भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व प्रदान गर्ने उद्देश्यले सुरु भएको जग्गा वितरण कार्य इलाममा भने जनशक्ति अभावले ढिलाइ भएको छ । राष्ट्रिय भूमि आयोगको जिल्ला कार्यालयले जि
अर्बौँ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा
अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् ।
मोरङ बन्यो किराँत गोल्डकपको ‘च्याम्पियन’
विर्ता युनाइटेड क्लब झापालाई हराँउदै डाँगीहाट फुटबल क्लब मोरङले ‘प्रथम वाइवाइ किराँत गोल्डकप २०८०’ को उपाधि उचालेको छ।
पर्यटन प्रवर्द्धन गर्दै श्रम संस्कृति उद्यान
सुनसरीको धरान उपमहानगरपालिका-१३ मा निर्माण भएको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । धरान घुम्न आउने जो कोही पनि उद्यानमा पुग्ने गरेका छन् । उद्यान वरपर गरिएको वृक्षारोपणले सबैको मन आनन्दित हुन्छ ।
उच्च अदालतमा ‘सेवाग्राही टाईम कार्ड’ लागू
उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाले ‘सेवाग्राही टाइम कार्ड’ को व्यवस्था गरेको छ । सेवाग्राहीको सुविधा र सहजताका लागि मङ्सिर पहिलो साता देखी अदालतले यो व्यवस्था लागू गरेको हो ।
पर्यटन विकासका लागि गुरुयोजना तयार गर्न निर्देशन
कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका निकायले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।
कोशी प्रदेशमा पहिलो पटक एआई तालिम सुरु
कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको बूढीगङ्गामा-२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो ।
फुङ्लिङमा आगलागी, पाँच लाख बराबरको क्षति
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा त्यो नष्ट भएको छ भने पाँच लाख बराबरको क्षति भएको छ ।
नयाँ कारागार भवन रित्तै : ३० जनाको क्षमताको पुराना भवनमा ८४ जना खचाखच
ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदी बन्दी राख्न समस्या भएको छ । सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदी बन्दी सार्न समस्या भएको हो ।
आगलागीबाट एक घर जल्यो
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा शनिवार बिहानै एक घरमा आगलागी भएको छ । सदरमुकाम बजारनजिक फुङ्लिङ नगरपालिका–५ उकाली पानी टोलमा एक घरमा आगलागी भएको हो ।
अतिक्रमित घर टहरा हटाउन सुरु
झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सुरु गरेको छ । मेचीनगरले आफ्नो नगर क्षेत्रभित्र पर्ने पूर्व–पश्चिम राजमार्ग सडकखण्डको काँकरभिट्टादेखि चारआलीसम्म अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु गरेको हो ।
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
झापाको दमक –३ मा फेरि जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीयहरु त्रसित भएका छन् । विहीबार राति २ वटा हात्ती बस्तीमा छिरेको र स्थानीय राजुकमार खड्काको घर भत्काएको वडाध्यक्ष नविन बरालले बताउनुभयो ।