किराँत समुदायले नयाँ वर्ष मनाए
किराँत समुदाय आज नयाँ वर्ष मनाएका छन् । यो समुदायले माघे सङ्क्रान्तिको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन् ।
दोस्रो मेचीनगर 'तरुल उत्सव'
रैथाने बाली प्रवर्द्धनका लागि झापाको मेचीनगर नगरपालिका ४ बाहुण्डाँगीमा विभिन्न संस्कृति कार्यक्रम र जनचेतना मूलक कार्यक्रमहरू सहित दोस्रो मेचीनगर 'तरुल उत्सव' भएको छ । नेपाल र भारतबाट उत्सवमा ५ हजारभन्दा बढीको सहभागिता रहेको छ ।
पाथीभरा मन्दिरबाट मासिक ३५ लाख भेटी सङ्कलन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुस महिनामा ३५ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम सङ्कलन भएको हो ।
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । सोमबार बिहानदेखि लागेको बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो ।
सीप प्रदर्शन गर्दै सूर्योदयका ज्येष्ठ नागरिक
सूर्योदय नगरपालिकाका-९ का पदम लक्ष्मी राई उमेरले ८८ वर्ष लाग्नुभयो । राईका हातपाउ ८८ वर्षमा पनि सीप विकासमै लागेका छन् । परालको पिरा, नाम्लो, डालो, थुन्से बनाएर उहाँले ज्येष्ठ नागरिक सिप प्रदर्शनी कार्यक्रममा राख्नुभएको हो ।
बढ्यो कन्दमूलको व्यापार
माघेसङ्क्रन्ति पर्वका लागि भन्दै सदरमुकाम गाईघाटलगायत जिल्लाका कटारी र बेल्टार बजारमा तिल, तरुललगायतका कन्दमूलको व्यापार बढेको छ । नेपाली समाजमा परम्परादेखि सनातन रूपमा
बिपी प्रतिष्ठानमा ओपिडी सेवा बन्द
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकको अन्तर्वार्ता नियमित नभएपछि आइतबारदेखि पुनः ओपिडी सेवा बन्द भएको छ । पछिल्लो समय बिपी कोइराला स्वास्थ्य विज्ञान
सुन्तला उत्पादनमा वृद्धि
ताप्लेजुङमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षभन्दा यो वर्ष सुन्तला उत्पादन वृद्धि भएको हो ।
झापामा 'भक्का' दिवस मनाइयो
सातौँ राष्ट्रिय भक्का दिवस झापामा भव्य रूपमा मनाइएको छ । रैथाने परम्परागत खाद्य परिकारको रूपमा प्रवर्द्धन र संवर्द्धन गर्ने साझा प्रतिबद्धता सहित आइतबार भक्का दिवस मनाइएको हो ।
स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ
सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
‘नेर्पा भुलभुले फुटबलको उपाधि दोर्पाचिउरीडाँडालाई
खोटाङमा आयोजना गरिएको ‘नेर्पा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी–६ मा शनिबार सम्पन्न फाइनल खेलमा नेर्पा स्पोर्टस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोर्पाचिउरीडाँडाले उपाधि हात पारेको हो ।
दुर्घटनामा दुई जनाको मृत्यु
झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् ।
सडक दुर्घटनामा वृद्धको मृत्यु
झापाको कमल गाउँपालिका ४ स्थित केर्खामा शनिवार दिउँसो तीन वटा मोटरसाइकल र स्कुटी ठक्कर खाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप दुई जना घाइते छन् ।
मकर सङ्क्रान्तिमा तरुलको व्यापार
ताप्लेजुङमा यसवर्ष तरुलको मूल्य महङ्गिएको छ। तरुलको व्यवसायिक खेती नभएको र उत्पादनमा कमी हुँदा मूल्य महङ्गिएको हो।
गौरीगन्जमा आदिवासी जनजातिको मौलिक खाना महोत्सव
झापाको गौरीगन्जमा आदिवासी जनजातिको मौलिक खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
'सरकारले ल्याएका विकास निर्माणका योजनाहरुलाई समय सम्पन्न गर्नुपर्छ'
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सरकारले ल्याएका विकास निर्माणका योजनाहरुलाई समयमा सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
ताप्लेजुङको दुर्गम भेगमा शैक्षिक सुधारमा प्रगति
ताप्लेजुङको दुर्गम भेगमा शैक्षिक सुधार हुँदै गएको पाइएको छ । दुर्गम भेगको शैक्षिक गतिविधिमा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले सहयोग गर्न थालेपछि तुलनात्मक रूपमा शैक्षिक सुधारमा प्रगति हुँदै गएको पाइएको हो ।
मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
झापाको झापा गाउँपालिका-६ फुलगाछी चौकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
बिक्दैनन् अनुसन्धान केन्द्रकै बिउँ
कृषि अनुसन्धान केन्द्रले यो वर्षलाई लक्षित गरी करिब ४.५ टन गुणस्तरीय गुहको बिउँ उत्पादन गरेको छ। तर उत्पादन भएकामध्ये आधा मात्र गहुँको बिउँ खपत भयो । आधा केन्द्रमै थन्किएका छन् । यो वर्षलाई गहुँ रोप्ने मौसम सकिएकाले बाँकी रहेको बिउँ खपत हुने अवस्था छैन ।
प्रहरी कार्यालयको भवन निर्माण सम्बन्धी मापदण्ड ल्याउँदै प्रदेश सरकार
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले प्रदेशमा रहेका प्रहरी चौकी तथा प्रहरी कार्यालयहरूको भवन निर्माण सम्बन्धी मापदण्ड बनाउने बताउनुभएको छ ।
श्रीमतीको हत्या गरी फरार लिम्बु पक्राउ
श्रीमतीको हत्या गरी सासू र छिमेकी दुई जनालाई खुकुरी प्रहार गरी घाइते बनाएर बेपत्ता भएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
माङ्सेबुङ इलामलाई अध्यक्ष कप उपाधि
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय अन्तर स्थानीय तह अध्यक्ष कपको उपाधि माङ्सेबुङ गाउँपालिका इलामले जितेको छ । फाइनलमा मानेभञ्ज्याङ गाउँपालिकालाई २–१ गोलले पराजित गर्दै माङ्सेबुङले उपाधि जितेको हो ।
जनता र राष्ट्रको पक्षमा संघीय संविधान कार्यान्वयन हुन बाँकिनै छ : नेता सिटौला
नेता सिटौलाले शुक्रबार आयोजित उदयपुरको गाईघाटमा पालिकाका प्रमुख तथा उपप्रमुखसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
राष्ट्रिय एकता दिवसको अवसरमा धनकुटामा पदयात्रा (फोटो फिचर)
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धरानबाट धनकुटासम्म एकीकरण पद मार्गमा पदयात्रा गरिएको छ।