दुर्गमका बासिन्दालाई एम्बुलेन्स सुविधा
ताप्लेजुङको दुर्गम भेगका बासिन्दाले पछिल्लो समय गाउँगाउँबाट एम्बुलेन्स सेवा पाउन थालेका छन् । सम्बन्धित स्थानीय तहको पहलमा एम्बुलेन्स खरिद हुन थालेपछि दुर्गम भेगका बासिन्दा वा बिरामीले आफ्नै गाउँबाट एम्बुलेन्स सुविधा पाउन थालेका हुन् ।
शैक्षिक गुणस्तर सुधार्न अनुदान
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार्न विद्यालयलाई अनुदानको दिने भएको छ । गाउँपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयहरूलाई अनुदान उपलब्ध गराउन थालेको हो ।
अदालतको आदेशपछि खुल्यो उपकुलपतिको कार्यकक्ष
सुनसरीको धरान उपमहानगरपालिकामा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गरेको तालाबन्दी उच्च अदालत विराटनगरको आदेशपछि खुलेको छ ।
आधुनिक वन्यजन्तु उद्धार केन्द्रमा पशुपन्छी स्थानान्तरण
कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनले निर्माण गरेको नयाँ आधुनिक र प्राकृतिक वातावरण मैत्री प्राणी उद्धार केन्द्रमा पशुपन्छीको स्थानान्तरण गरिएको छ ।
हात्तीले दैनिक घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य
जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् ।
सालक संरक्षण अभियान सुरु
उत्तरी मोरङको केराबारी गाउँपालिकाले सङ्कटापन्न अवस्थामा रहेको सालक संक्षरण अभियान सुरु गरेको छ । मानिसहरूको जङ्गली स्रोतसाधनसँग परनिर्भरता बढ्दै जाने क्रम बढेसँगै दुर्लभ वन्यजन्तु सालक सङ्कटमा परेको हो ।
७ वर्षमा पनि सडक नीतिले समेट्न सकेन स्थानीय तह
त्यस्तै, मध्येपहाडी राजमार्गको लेगुवा बजारबाट समेत जितपुर जोडिन्छ । तर यीमध्ये कुनैपनि सडक अहिलेसम्म कालोपत्रे हुन सकेको छैन ।
मेरिङ्देनको लङ्वा खोलामा बन्यो मोटर गुड्ने पुल
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ थुकिमा र वडा ६ नाल्बु जोड्ने लङ्वा खोलामा पक्की मोटर गुड्ने पुल निर्माण भएको छ । लङ्वा खोलामा चाढे चार करोड रुपियाँ बढी बजेट लगानीबाट मोटरेवल पुल निर्माण गरिएको हो ।
पथरी शनिश्चरेमा नगर खेलकुद महोत्सव हुँदै
मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र खेलिने खेललाई दृष्टिगत गर्दै खेलकुद महोत्सव (नगर ओलम्पिक) गर्ने भएको छ । भोलिदेखि माघ १५ सम्म हुने ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव-२०८०’ मा सात विधामा प्रतिस्पर्धा हुने नगरले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
दोमुखामा पर्यटकको लर्को
शिवसताक्षी नगरपालिका-९ स्थित कनकाई नदी किनारमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा वनभोज खाने तथा घुमफिर गर्ने आन्तरिक र बाह्य पर्यटकको दैनिक लर्को लाग्न थालेको छ ।
पहिरो पीडितको स्थायी बसोबासका लागि पहल सुरु
हाल अस्थायी आवासमा बस्दै आएका पहिरो पीडित परिवारलाई स्थायी बसोबासको मिलाउन गाउँपालिकाले पहल सुरु गरेको हो ।
चार जात ९२ वर्ण समेटिएको ‘नेपाल मण्डल’
झापा कनकाई नगरपालिका–७ का ९० वर्षीय हरिध्वज खत्री तिमिल्सिनाले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरुको गोत्रको विषयलाई समेटेरे ‘नेपाल मण्डल’ पुस्तक लेख्नुभएको छ । करिब १० वर्ष लगाएर उहाँले उक्त पुस्तक लेख्नुभएको हो ।
बिपी प्रतिष्ठानको समस्या समाधान खोजे पाँच दलले
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जारी पदोन्नति आन्दोलन र समस्याका विषयमा सिनेटको बैठक राखी समस्या समाधान गर्ने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बताउनुभएको छ । बिहीबार धरानबाट गएका पाँच राजनीतिक दलको प्रतिनिधि मण्डल र स्वास्थ्यमन्त्री बस्नेतबिच धरानस्थित बिपी प्रतिष्ठानको जारी पदोेन्नति आन्दोलन र समस्याका विषयमा गम्भीर छलफल भएको जनाइएको छ ।
गुन्द्रुकको ‘ब्रान्डिङ’ : बिक्री गर्ने जिम्मा गाउँपालिकाको
रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन्् ।
टिप्पर दुर्घटना हुँदा दुई घाइते
फिदिम फालौट सडकखण्ड अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–११ मा टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
सवारी जरिवानाबाट चार लाख राजस्व सङ्कलन
ताप्लेजुङमा ट्राफिक प्रहरीले पछिल्लो छ महिनाको अवधिमा करिब चार लाख रुपियाँ राजस्व रकम असुल गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही तथा जरिवाना गरी उक्त राजस्व रकम असुल गरेको हो ।
आदिवासी रङ्गशाला निर्माण अगाडि बढाउन प्रयास
१५ वर्षअघि निर्माण सुरु गरिएको झापाको कमल गाउँपालिका वडा नं. १ पाडाजुंगीस्थित आदिवासी रङ्गशाला निर्माणको कामलाई फेरी गति दिनका लागि प्रयास सुरु भएको छ ।
१० हजार लिटर खानेपानी निःशुल्क
झापाको हल्दीबारी गाउँपालिकाले गाउँपालिका भित्र बसोबास गर्ने सबै नागरिकलाई १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराएको छ ।
लुक्लामा हवाई सेवा लिने पर्यटक बढे
सोलुखुम्बुको पर्यटकीय स्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ ।
चिसोले कठ्याङ्ग्रिएर मोरङमा एक जनाको मृत्यु
चिसोले कठ्याङ्ग्रिएर मोरङको उर्लाबारीमा एक जनाको मृत्यु भएको छ । उर्लाबारी–६ मावा खोलाको पुलमुनि बस्दै आएका करिब ४० वर्षीय ग्याटिसे भनिने सन्तोष राईको बिहीबार बिहान मृत्यु भएको हो ।
इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रूपान्तरण
इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने दुई पाङ्ग्रे सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ ।
तेह्रथुममा टिपर दुर्घटना हुँदा दुईको मृत्यु तीन घाइते
तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
रामधुनी मन्दिरको रूप फेरिँदै
रामको पाउ स्पर्श भएको रामधुनी मन्दिरको विकासमा स्थानीय र केन्द्रीय सरकारले पहल गरिदिँदा मन्दिरको मुहार फेरिएको छ । मन्दिरको विकासका लागि सङ्घीय सरकार र रामधुनी नगरपालिकाले र
रगत सङ्कलन गर्न घुम्ती बस
गैरआवासीय नेपालीले कोशी प्रदेश सरकारलाई रगत सङ्कलन घुम्ती बस सेवा हस्तान्तरण गरेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले कोशी प्रदेशलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाइटी धरान सुनसरीबाट प्रदेशभरि सञ्चालन हुने गरी बस उपलब्ध गराएको हो । सङ्घका अध्यक्ष डा. बद्री केसीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई बसको साँचो हस्तान्तरण गर्नुभएको हो ।