• १६ भदौ २०८१, आइतबार

टिप्पर दुर्घटना हुँदा दुई घाइते

blog

फेमेखोलामा दुर्घट्नाग्रस्त भएको टिप्पर । तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, माघ ४ गते । फिदिम फालौट सडकखण्ड अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–११ मा टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

नाङ्गीनदेखि फिदिम आँउदैगरेको ना ८ ख २२६ नम्बरको टिप्पर अनियन्त्रित भएर फेमेखोला पुलबाट खस्दा चालकसहित २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय 

दुर्घटनामा धनकुटाको पाख्रीबास घर भई हाल सुनसरी धरान उपमहानगरपालिका १३ बस्ने ३२ वर्षीय अशोक राना मगर र फिदिम ११ धुसेनीका २४ वर्षीय प्रताप दर्नाल घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक (सूचना अधिकारी) सुमित कुशवाहले जानकारी दिनुभयो ।

चालकको दाहिने आँखाको छेउमा चोट लाग्नुका साथै दाहिने खुट्टा भाँचिएको छ ।   दर्नालको शरीरमा चोट लागेको छ । घाइते दुवै जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।