फरार प्रतिवादी २० वर्षपछि पक्राउ
इलाका प्रहरी कार्यालय केराबारी मोरङको समन्वयमा संखुवासभाका कैली तामाङलाई पक्राउ गरिएको छ । कर्तव्य ज्यान मुद्दामा २० वर्षको सजाय तोकिएपछि फरार रहेको तामाङलाई इलाका प्रहरी कार्यालय चैनपुरले बुधबार पक्राउ गरेको हो ।
कोशीमा कांग्रेसका सिटौला र एमालेका कोइराला निर्वाचित
राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको छ ।
कोशीमा एमालेकी कोइराला विजयी
राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित हुनुभएको छ ।
कोशीमा मतगणना सुरु
विराटनगरमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । राष्ट्रिय सभा निर्वाचनमा खुला तथा महिला सदस्य पदका लागि निर्वाचन भएकोमा महिला उम्मेदवारको मतगणना सुरु गरिएको हो ।
कोशीमा स्थानीय तहका तीन जना मतदानमा अनुपस्थित
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मतदानमा अनुपस्थित हुनुभएको हो ।
नश्ल सुधारका लागि पशु कृत्रिम गर्भाधान सेवा सुरु
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले नश्ल सुधार गर्नका लागि पशुमा कृत्रिम गर्भाधान सेवा सुरु गरेको छ ।
आदिवासी सन्थाल जाति 'सोहराय' पर्व मनाउँदै
अल्पसङ्ख्यक आदिवासि सन्थाल जाति यतिबेला आफ्नो सबैभन्दा ठूलो पर्व 'सोहराय' मनाउन व्यस्त छन् ।
तीस प्रतिशत घरमा मात्रै धारा
विराटनगरमा अझै ६० प्रतिशतभन्दा बढी घरधुरीले भूमिगत जलस्रोतको प्रयोग गरिरहेका छन् । महानगरपालिका क्षेत्रमा ६०.७ प्रतिशत घरधुरीमा अझैसम्म पिउने पानीको धारा जडान भएको छैन । यी घरमा ट्युबेलको प्रयोग गरिँदै आएको छ ।
तल्लो अरुणलाई जग्गा अधिग्रहण गरिँदै
जिल्लामा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनालाई चाहिने जग्गा अधिग्रहण प्रव्रिmया सुरु गरिएको छ । अरुण तेस्रो जलविद्युत् परियोजना निर्माण गरिरहेको सतलज जलविद्युत् निगमले नै
पाँचौ मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिता हुने
आगामी चैत २३ र २४ गते धरानमा चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।
रोङमा कला–साहित्य महोत्सव हुने
लोपोन्मुख लाप्चा समुदायको बसोबास रहेको इलामको रोङ गाउँपालिका–६ मा कला–साहित्य महोत्सव आयोजना गरिने भएको छ ।
हायसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
धरान उपमहानगरपालिका-८ स्थित भोटेपुलमा हायसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।दुर्घटनामा धरान १५ बस्ने ४६ वर्षीय शम्भु दर्जीको मृत्यु भएको हो ।
किरात बाहिङ संस्कृति 'हंङ बोचो'
बाहिङ जाति अल्पसङ्ख्यक जातिमध्ये एक हो । राष्ट्रिय तथ्याङ्क २०७८ अनुसार छ हजार पाँच सय ४७ जाति र भाषा वक्ताको रूपमा १४४४९ रहेको छ ।
माटोमा अम्लीयपन बढ्दा उत्पादन घट्दो
किसानले बालीमा जथाभाबी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै जानुको साथै अम्लीयपन बढ्दै गएको छ ।
रुख नहटाइदिँदा राजमार्ग निर्माण प्रभावित
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबिच समन्वय नहुँदा मदन भण्डारी राजमार्गको धरान–केराबारी–लेटाङ–मधुमल्ला बेलडाँगी सडकखण्ड, शान्तिनगर–पातापुर र बारफलाङ्फेदी–शान्तिनगर सडकखण्डका रुख अझै हटेका छैनन् । करिब ९६ किलोमिटरको यस आयोजनाको अधिकांश क्षेत्र जङ्गलभित्र पर्छ । धरान–केराबारी–लेटाङ–मधुमल्ला–बेलडाँगी सडकखण्डको ५३ किलोमिटरभित्र पाँच हजार ७८९ वटा रुख पर्छन् । शान्तिनगरदेखि पातापुर सडकखण्डको १३.८७ किलोमिटर क्षेत्रमा तीन हजार ६८९ वटा रुख पर्छन् ।
आन्तरिक पर्यटकको रोजाइमा चिन्डेडाँडा
धरान उपमहानगरपालिका–२० मा पर्ने चिन्डेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । धरानदेखि सात किलोमिटरको दुरी पार गरेपछि धरान २० मा पर्ने चिन्डेडाँडा पुग्न सकिन्छ । यहाँबाट धरान, तराईका विभिन्न भाग र खुल्ला मौसम भएमा सप्तकोशीको रमणीय दृश्य पनि देखिने भएकाले आन्तरिक पर्यटकको भिड बढ्न थालेको छ ।
सरकार जनताको घरघरमा पुग्नुपर्छ : डा. शखेर
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सङ्घीयताको सफल कार्यान्वयनका लागि जनताको घरघरमा सरकार पुग्नुपर्ने बताउनुभयो ।
झापा गोल्डकप फागुन १९ गतेदेखि
राजधानी बाहिरको सर्वाधिक चर्चित झापा गोल्डकपको छैटौँ संस्करण आगामी फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा हुने भएको छ ।
सेवाप्रवाह चुस्त बनाउन सहरी विकासमन्त्री गुरुङको निर्देशन
सहरी विकासमन्त्री सीता गुरुङले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
एघार स्वर्णसहित तेल्लोक मावि प्रथम
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेल्लोक माध्यमिक विद्यालय प्रथम भएको छ । विभिन्न खेल विधामा ११ स्वर्ण पदक जित्दै तेल्लोक मावि प्रथम भएको हो ।
शैक्षिक व्यवस्थापन सुधार गर्न विद्यालयमा सिसी क्यामरा
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा सिसी क्यामरा जडान गरिएको छ।
कोशी प्रदेशकै सुविधासम्पन्न टाउन हल निर्माणको अन्तिम चरणमा
सुनसरीको कोशी गाउँपालिकामा निर्माणाधीन कोशी प्रदेशकै ठुलो र अत्याधुनिक सुविधासम्पन्न टाउन हल निमार्णकोे अन्तिम चरणमा पुगेको छ ।
धिमालको अध्यक्षमा अम्बर बहादुर
धिमाल जातीय विकास केन्द्रको सातौँ राष्ट्रिय महाधिवेशनले अम्बरबहादुर धिमाललाई अध्यक्षमा निर्वाचित गरेको छ । सोमबार भएको निर्वाचनबाट अम्मरबहादुर अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
थप तीन चार्जिङ स्टेसन
कोशी प्रदेश सरकारको लगानीमा मोरङ, सुनसरी र झापामा सरकारी कार्यालय परिसरमा चार्जिङ स्टेसन स्थापना गरिएको छ । सार्वजनिक र पायक पर्ने स्थानमा स्थानीय तहले जग्गा उपलब्ध नगराउँदा मोरङ र सुनसरीमा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय मातहतका कार्यालय परिसरमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गरिएको हो । झापाको कनकाई नगरपालिकाले जग्गा उपलब्ध गराएपछि सुरुङ्गामा भने पायक पर्ने स्थानमा चार्जिङ स्टेसन स्थापना गरिएको हो ।