ज्येष्ठ नागरिकको अनुभव महत्त्वपूर्ण : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समाज अघि बढाउन ज्येष्ठ नागरिक अनुभव महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
जबरजस्ती करणी गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ
जबरजस्तीकरणी गरेको आरोपमा खोटाङमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् ।
रङ्गशाला निर्माणको काम पुन: सुरु
झापाको कमल गाउँपालिकास्थित पाडाजुँगीमा अलपत्र बनेको आदिवासी रङ्गशाला निर्माणको काम पुनः अघि बढेको छ । एकदशक पछि रङ्गशाला निर्माणको काम अघि बढेको हो ।
कृषि तथा पशु मेला प्रदर्शनी : ४३ किसान पुरस्कृत
कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
चिसोले सोलुको जनजीवन प्रभावित : खुम्बुक्षेत्र सुनसान
चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिन थालेका छन् ।
कोशीको परिणाम अप्रत्याशित
सत्ता साझेदार राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको एक सिटमा आएको परिणाम अप्रत्याशित भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार झन्डै चार घण्टा भएको छलफलमा शीर्ष नेताबिच १९ सिटमध्ये गठबन्धनले एक सिट गुमाएको सन्दर्भमा गम्भीर समीक्षा गरेर अघि बढ्ने समझदारी पनि भएको छ । बैठकपछि नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले परिणामका सन्दर्भमा फेरि पनि छलफल गर्ने समझदारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय सभा निर्वाचनको परिणामलाई लिएर प्रारम्भिक रूपले गम्भीर छलफल भएको छ । कोशी प्रदेशमा जुन अप्रत्याशित परिणाम आएको छ, यो गम्भीर र चिन्ताजनक छ । अझै छलफल गर्ने निर्णय भएको छ ।”
कांग्रेस प्रतिनिधि खटिए समुदायमा
नेपाली कांग्रेस सुनसरीले जिल्लाका १२४ वटै वडामा पार्टी प्रतिनिधि खटाएको छ । कांग्रेस बैठकले जिल्लाको १२४ वटै वडामा प्रतिनिधि खटाएको जनाएको हो ।
प्रधानमन्त्री प्रचण्ड उदयपुर आउनुहुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उदयपुर आउनुहुने भएको छ । सरकारी लगानीमा सञ्चालित मुलुकको सबैभन्दा ठुलो उदयपुर सिमेन्ट उद्योगको जलजलेस्थित प्लान्ट क्षेत्रको स्थलगत निरीक्षण र रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न माघ २० गते प्रधानमन्त्री प्रचण्ड उदयपुर आउनुहुने भएको हो ।
सहकारीको भल्ट फुटाएर चोरी
झापामा एक सहकारी संस्थाको भल्ट फोरेर चोरी भएको छ। हल्दिबारी गाउँपालिका वडा नं ४ स्थित जलथल साना किसान सहकारी संस्था र दुग्ध सङ्कलन केन्द्रमा सोमबार राति चोरी भएको हो।
प्रधानमन्त्री कप क्रिकेट : कोशीको सान्त्वना जित
कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित निकालेको छ ।
मिटर ब्याजपीडितहरुको ‘न्याय मार्च’
विभिन्न जिल्लाबाट भेला भएका मिटर ब्याजपीडितहरुले आज काँकडभिट्टास्थित मेची पुलबाट ‘न्याय मार्च’ सुरु गरेका छन् । मिटर ब्याज तथा ठगी किसान मजदुर संघर्ष समितिको अगुवाइमा भएको मार्चका सहभागीहरुले खान र बस्नका लागि आवश्यक सामान बोकेरै पैदल यात्रा प्रारम्भ गरेका हुन् ।
नगर फुटबलमा सिरिजङ्गा च्याम्पियन
फाइनलमा नजरिन युथ क्लबलाई १–० गोलले हराउँदै सिरिजङ्गा च्याम्पियन बनेको हो । सिरिजङ्गाको जितमा योग थापाले खेल सुरु भएको दोस्रो मिनेटमै निर्णायक गोल गर्नुभएको थियो ।
कोही बन्दी बन्नु नपर्ने परिस्थिति निर्माण गरौं : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नयाँ तथा सुविधासम्पन्न बन्दीगृह बनाउनेभन्दा अपराध गर्ने तथा बन्दी हुनुपर्ने अवस्था ल्याउन नदिन के गर्न सकिन्छ त्यसतर्फ लाग्नुपर्ने बताउनुभएको छ।
कारागारको फोहरमैला व्यवस्थापनमा पहल गर्छु : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले झापा कारागारको फोहरमैला व्यवस्थापनका लागि पहल गर्ने बताउनुभएको छ ।
तमोरको पानी ताँखुवा, तेलिया र पेरेवादिनमा पु¥याइँदै
छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्याइने भएको छ । जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुर्याइन लागिएको हो ।
ककनी गौरीवन सहकारीमा ८६ लाख बढी रकम ठगी
ककनी गौरीवन कृषि सहकारी संस्था लिमिटेड ओखलढुङ्गाले हाल सम्म ८६ लाख भन्दा बढी रकम ठगी भएको पाइएको छ । सहकारीले बचतकर्ताको ४६ लाख ८७ हजार ५८६ र युवा तथा साना व्यवसायी स्वरोजगार कोषको ३९ लाख ८५ हजार १३९ गरी ८६ लाख ४५ हजार ७०७ रुपैयाँ रकम ठगी भएको पाइएको हो ।
अलैँचीको मूल्यवृद्धिसँगै किसान आकर्षित
खोलाको ‘कालो सुन’ भनेर चिनिने अलैँचीले राम्रो मूल्य पाउन थालेपछि भोजपुरका किसान अहिले अलैँची खेतीतर्फ लागेका छन् । अरुण गाउँपालिका–२, चम्पेका गुणराज राईले यस वर्ष सात मन प्रतिमन (४० केजी) ६० हजारका दरले कात्तिकमा बेच्नुभयो तर मूल्य बढेर अहिले प्रतिमन ८५ हजारका दरले अलैँची बिक्री हुँदा पनि उहाँ सन्तुष्ट हुनुहुन्छ ।
कार्यालय सार्न लागेको विरोधमा आन्दोलन घोषणा
धनकुटा सदरमुकामबाट तथ्याङ्क कार्यालय र पाख्रिबासमा रहेको राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई सार्न लागिएको भन्दै धनकुटाका राजनीतिक दलले आन्दोलन घोषणा गरेका छन् ।
इलामका लेकाली क्षेत्रका किसानलाई आलु रोप्न धमाधम
सूर्योदय नगरपालिका-१ थुम्केका तीर्थ बुढाथोकीलाई आलु रोप्ने चटारो छ । बुढाथोकीले ८० मन आलु रोप्न घर माथिको १० रोपनी टारबारी जोतेर तयार बनाउनुभएको छ । “पहिलो दिन आलु रोप्न १५ जना खेताला भनेको छु, एकैपटक सबै खेताला भेटिँदैनन् ।
अध्यादेश फिर्ता लिन नेकपा एमाले संसदीय दलकाे आग्रह
कोशी प्रदेश सरकारले जारी गरेको अध्यादेश तत्काल फिर्ता लिन नेकपा एमाले संसदीय दलले आग्रह गरेको छ ।
नाबालक सहित बेपत्ता महिला मृत फेला
माघ १४ गतेदेखि बेपत्ता पाँचथरको याङवरक गाउँपालिका गणेशचोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईँ मृत अवस्थामा भेटिनुभएको छ ।
धनकुटाका दुध किसानले पाएनन् नौ करोड ७० लाख
धनकुटाको छथर जोरपाटी गाउँपालिका एकमा रहेको श्रीकृष्ण कृषि सहकारी संस्थाले नेपाल सरकार स्वामिप्तोको दुग्ध बिकास संस्थानवाट रकम भुक्तानी नपाएको पाँच महिना भयो । साउन महिनाको १५ गते सम्मको भुक्तानी पाएको सस्थाले त्यस यता एक रुपैया पनि पाएको छैन ।
किसानलाई प्रोत्साहन दिइँदै छ
पाँचथरको फाल्गुनन्द गाउँपालिका इलामको देउमाई र पाँचथरको फिदिम नगरपालिका तथा पाँचथरकै कुम्मायक र मिक्लाजुङ गाउँपालिकासँग जोडिएको छ ।उर्वर फाल्गुनन्द गाउँपालिकाको प्रमुख आयस्रोत धान, मकै, तोरी, दाल र को
वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निशुल्क उपलब्ध गराउनुभएको छ । उहाँले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराउनुभएको हो ।