भोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै
सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी थालिएको छ ।
महिलालाई नौमती बाजा बजाउने तालिम
शिवसताक्षी नगरपालिकाले नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि महिलालाई नौमती बाजा बजाउने तालिम सुरु गरेको छ ।
विद्यालय व्यवस्थापन समिति पदाधिकारीलाई तालिम
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई क्षमता विकास तालिम प्रदान गरेको छ। पालिकाभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति पदाधिकारीलाई गाउँपालिकाले दुई दिने तालिम प्रदान गरेको हो।
ससुराली बस्दै आएका खड्का मृत फेला
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । पाँचथर याङ्वरक गाउँपालिका–२ थर्पु घर भई हाल सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित ससुराली घर बस्दै आएको ३३ वर्षीय हरि खड्का बिहीबार बिहान मृत फेला पर्नुभएको हो ।
धनकुटामा ‘स्वच्छ भान्सा’ कार्यक्रम
धनकुटाको दुई स्थानीय तहमा धुवाँरहित स्वच्छ भान्सा निर्माणका लागि विद्युतीय चुलो प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । सन् २०३० सम्ममा धुवाँरहित भान्सा बनाउने सरकारको नीति तथा कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा कार्यक्रम सञ्चालनमा आएको हो ।
छोरी कुट्ने बुबा धरौटीमा रिहा
आफ्नी छोरीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका-३ घर भई हाल हेटौँडा-५, सिँचाइ टोल बस्ने २७ वर्षीय रामजी मण्डललाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
भत्ता लिन आएका वृद्धको बाटोमै मृत्यु
सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जिपमै ज्यान गएको हो ।
खुल्न थाले तमोर करिडोरमा नयाँ होटल
सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत धनकुटाको मूलघाटबाट पाँचथरसम्मको एक सय १२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ
शान्तिसुरक्षामा कुनै सम्झौता हुनु हुँदैन
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रहरीको अधिकार क्षेत्रप्रति प्रतिबद्ध भएर आफूले जिम्मेवारी बहन गर्ने बताउनुभएको छ । कोशी प्रदेश प्रहरी प्रमुख जिम्मेवारी पाएपछि पहिलो पटक ताप्लेजुङ आउनुभएका प्रहरी नायव महानिरीक्षक खापुङले स्थानीय पत्रकारसँगको भेटमा प्रहरीको जिम्मेवारी अनुसारको अधिकारलाई इमानदारीका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गिरिबन्धु टि-स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय सर्वोच्चले गर्यो बदर
सर्वोच्च अदालतले गिरिबन्धु टि–स्टेटको हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा गर्ने निर्णय कानुनी प्रावधान अनुकूल नभएको फैसला गरेको छ।
दूधकुण्ड पोखरी
सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ मा अवस्थित दूधकुण्ड पोखरी । पुर्वी नेपालकै धार्मिक तथा पर्यटकीय हिसाबले निक्कै प्रख्यात यो पोखरी समुन्द्री सतहबाट चार हजार ५३१ मिटरको उचाईमा रहेको छ ।
समयमा बिक्री नहुँदा काम नलाग्ने बन्यो गोलिया काठ
ताप्लेजुङमा समयमा लिलाम बिक्री नहुँदा लाखौँ मूल्य बराबरको गोलिया काठ सडिएको छ। पटक–पटक लिलाम बिक्रीको प्रक्रियामार्फत काठ खरिद गर्न आह्वान गरे पनि कसैले खरिद नगरेपछि राखेकै ठाउँमा गोलिया काठ सडिँदै गएको हो।
वनमा लागेको डढेलोले घर जल्यो
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा वनमा लागेको डढेलोले एक घर जलेर नष्ट भएको छ । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा वनमा लागेको डढेलोले मङ्गलबार एकघर जलेर नष्ट भएको हो ।
चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली
चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान गरेको छ । सहभागीहरुलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिनुभयो ।
अमरपुर–ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण सुरु
पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुरु भएको छ । झापाको लखनपुर (दमक सबस्टेसन) देखि अमरपुर सबस्टेसनसम्मको काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन र सुनसरीस्थित इनरुवा सबस्टेसनदेखि सङ्खुवासभाको वसन्तपुर हुँदै ढुङ्गेसाँघुसम्मको कोशी कोरिडोर २२० केभी प्रसारण लाइनलाई एकआपसमा आबद्ध गर्न यो लाइन निर्माण सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कोशी कोरिडोर अन्तर्गत वसन्तपुर–इनरुवा खण्ड सञ्चालनमा आइसकेको छ । वसन्तपुर–ढुङ्गेसाँघु खण्ड निर्माण अन्तिम चरणमा छ । काबेली कोरिडोर सञ्चालनमा छ ।
तरकारी खेतीमा आत्मनिर्भर बन्दै
सुनसरीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने चांदवेलाका कृषकहरू मौसमी र बेमौसमी तरकारी खेती गरेर आत्मनिर्भर बन्न थालेका छन् ।
बिपी प्रतिष्ठानमा पढाइ माग गर्दै विद्यार्थी रिले अनशनमा
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थी पढाई सुचारुको माग गर्दै रिले अनशनमा बसेका छन्।
बजेट अभावले सडक कालोपत्रेको काममा समस्या
बजेट अभावका कारण ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रेको काममा समस्या आएको छ। काम गरेको रकम भुक्तानी नभएपछि सडक कालोपत्रे (पिच) निर्माणको काममा समस्या आएको हो।
पर्यटन प्रवर्द्धनका लागि साहसिक साइकल दौड
ओखलढुङ्गामा पर्यटन प्रवर्द्धनका लागि दोस्रो पटक साहसिक साइकल दौड प्रतियोगिता गरिएको छ । पर्यटन प्रवर्द्धनका लागि जिल्लाको सदरमुकाम बजार क्षेत्रमा साइकल दौड प्रतियोगिताको सम्पन्न गरिएको हो ।
कोशी प्रदेश सरकारले फरक ढङ्गले काम गरिरहेकोे छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“ सरकारले प्रदेशको भौतिक पूर्वाधार,शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा फरक ढङ्गबाट विपन्न जनतालाई लाभ हुने गरी काम गरिरहेको छ । ”
बजेट अभावले कोरिडोरको काम रोकिँदै
निर्माणाधीन तमोर कोरिडोरका लागि चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नहुँदा काम बिचमा नै छोड्नु परेको छ । द्रुत गतिमा काम अगाडि बढिरहेको यस कोरिडोरका लागि चालु आवमा ५८ करोड रुपियाँ मात्र विनियोजन भएको थियो । त्यसमध्ये पुस मसान्तसम्ममा करिब ४० करोड रुपियाँ खर्च भइसकेको छ । पुसयता पनि २५ करोडभन्दा बढीको काम भइसकेको छ । रकम भने १८ करोड रुपियाँमा मात्र बाँकी रहेको तमोर कोरिडोर आयोजना प्रमुख प्रदीप निरौला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बजेट अभाव भएकाले काम नै रोकिने अवस्थामा पुगेको छ ।”
पाँच दिनदेखि बेपत्ता वृद्धको शव फेला
ताप्लेजुङमा पाँच दिनदेखि बेपत्ता एक वृद्ध मृत फेला परेका छन् । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका वृद्ध ७१ वर्षीय रामबहादुर महताराको पाँच दिनपछि मृत शव फेला परेको हो ।
अवरुद्ध उत्तर–दक्षिण कोशी राजमार्ग पुनः सञ्चालन
सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी–किमाथाङ्का सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ । खाँदबारी–किमाथाङ्का सडक दुई दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिनुभयो ।
काँग्रेस नेता बुढाथोकीको निधन
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीको सोमवार राती निधन भएको छ । नेता बुढाथोकीको विराटनगरमा उपचारकै क्रममा ८० वर्षको उमेरमा सोमवार राति ११ः३० बजे निधन भएको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिनुभयो ।