रावाबेसी गाउँपालिकामा प्रशासनिक भवन निर्माण
खोटाङको रावाबेसी गाउँपालिकाले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गर्न सुरु गरेको छ । करिब पाँच करोड लागतमा निर्माण हुने भवन सोमबार पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले शिलान्यास गर्नुभएको हो ।
नेपाल बैङ्कको एक्सटेन्सन काउन्टर स्थापना
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना भएको छ । फुङ्लिङ नगरपालिका कार्यालयसँगै रहनेगरी नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर ताप्लेजुङ शाखा स्थापना गरिएको हो ।
दुर्व्यसन विरुद्धको अभियान अन्तर्गत विद्यालयमा फ्यान क्लब गठन
लागूपदार्थ दुर्व्यसन विरुद्धको अभियान अन्तर्गत सुनसरीको सीमावर्ती देवनागञ्ज गाउँपालिका-३ कप्तानगञ्जको कृष्ण माध्यमिक विद्यालयमा फ्यान क्लब गठन गरिएको छ।
एभोकाडोको राजधानी घोषणा प्रभावकारी हुँदै छ
धनकुटा नगरपालिका धनकुटाको सबैभन्दा बढी जनसङ्ख्या भएको ठुलो र पुरानो नगरपालिका हो । २०३५ सालमै नगर पञ्चायत घोषणा भएको धनकुटाको जनसङ्ख्या करिब ३६ हजार रहेको छ । यस नगरपा
अस्तित्व सकिएपछि ग्रामथान खोजिँदै
आदिवासीले कुलपूजा गर्ने ग्रामथानको अस्तित्व मासिएपछि त्यसको खोजी सुरु भएको छ । ग्रामथान मासिँदै गएर फरक प्रयोजनका स्थायी संरचना बनेपछि परापूर्वकालदेखि कुल देउताको पूजा गरिँदै आएका स्थानको खोजी सुरु गरिएको हो ।
सुनसरीमा महिला हिंसाको घटना बढ्दो
सुनसरीमा महिला हिंसाको घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार महिला हिंसाको घटना बढ्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
थारु लोकनृत्य प्रतियोगितामा धरान आदर्श प्रथम
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले हिसान स्पोर्टस् मिट २०८० सम्पन्न गरेको छ । साप्ताहिक कार्यक्रम समापनको अवसर पारी हिसान सुनसरीले जिल्लास्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।
कृषि एम्बुलेन्स सञ्चालनमा
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ
श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन् ।
तीन जना पत्रकार सम्मानित
प्रेस चौतारी नेपाल ताप्लेजुङले तीन जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
मूर्ति बनाउन भ्याइनभ्याइ
सुनसरीका मूर्तिकारलाई श्रीपञ्चमी अर्थात् सरस्वती पूजा नजिकिएसँगै सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । गढी गाउँपालिका–३ का कमलकिशोर शर्मा आफ्नो सिपलाई प्रयोग गर्दै कलात्मक मूर्ति बनाउन व्यस्त रहेको बताउनुहुन्छ । आगामी फागुन २ गते हुने पूजाका लागि शर्मा जस्तै सुनसरीका अन्य मूर्तिकारलाई यतिबेला भ्याइनभ्याइ छ ।
प्रादेशिक अस्पताललाई आयुर्वेद हबको रूपमा विकास गर्छौ– मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई प्रदेशकै मुख्य आयुर्वेद हब तथा अस्पतालको रूपमा विकास गरिने बताउनु भएको छ । उहाँले अस्पताललाई स्थानीयसँगै जोड्दै रोजगार सिर्जना गर्न र भरपर्दो अस्पतालको रूपमा विकास गर्नका लागि सबै लाग्नु पर्ने जनाउँदै यस्तो बताउनु भएको हो ।
प्रभावकारी बन्दै जिन बैङ्क
कृषकको नयाँ प्रजातिप्रतिको आकर्षण, बढ्दो रोग किराको प्रकोपलगायतका कारण पुरानो तथा रैथाने प्रजातिको अमिलो जातका फलफूल लोप हुने क्रम बढ्दो छ तर यसैलाई नियन्त्रण गर्न धनकुटाको पारिपात्लेस्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमले सुरु गरेको फिल्ड जिन बैङ्क प्रभावकारी बन्दै गएको छ ।
कृषि पेसामा रमाउँदै धर्मराज : व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले विसं २०७८ मा ‘विजय अग्र्यानिक भिजेल कम्पनी प्रालि’ मार्फत आफ्नै गाउँमा कृषि फार्म सुरु गर्नुभएको थियो ।
स्काभेटरको ठक्करले वृद्धको मृत्यु
स्काभेटरको ठक्करबाट ओखलढुङ्गामा एक वृद्धको ज्यान गएको छ । अपरान्ह स्काभेटरको ठक्करबाट जिल्लाको चिशङ्खुगढी गाउँपालिका –६, भदौरे मुगाछापका ६६ बर्षीय एकबहादुर थापा मगरको ज्यान गएको हो ।
रुग्ण उद्योग सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण उद्योगलाई पुनःसञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
गोरखापत्रकर्मी यादवसहित तीन पत्रकार पुरस्कृत
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको १० औं हिसान स्पोर्ट मिटको अवसर पारेर गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवसहित तीन जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।
नेत्रज्योति संघलाई भवन हस्तान्तरण
स्तरोन्नती तथा प्रवलीकरणको काम सम्पन्न भएसँगै नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङलाई भवन हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्रीद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन
प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्नुभएको छ । उदयपुरको त्रियुगा नगर वडा नं ६ जलजले पुगी उहाँले उद्योगको प्लान्टलगायत महत्त्वपूर्ण संरचनाको अवलोकन गर्नुभएको हो ।
'बालबालिकाको स्वास्थ्य र शिक्षा प्रदेश सरकारको प्राथमिकता'
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकाको स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ ।
रौतामाई गाउँपालिकाका माग सरकारले सम्बोधन गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्नुभएको छ । उदयपुरको रौतामाई गाउँपा
भोजपुर अस्पतालको नर्सिङ आवास भवन निर्माण
जिल्ला अस्पतालको नर्सिङ आवास भवन निर्माण सम्पन्न भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याटबाहेक दुई करोड ८५ लाख ८४ हजार सात सय २२ लागतमा निर्माण सम्पन्न भएको हो ।
अर्गानिक खेतीतर्फ फर्कँदै किसान
पछिल्लो समय सुनसरीको रामधुनी नगरपालिकाका किसानहरूलाई गाउँमै जैविक तथा वानस्पतिक विषादी (झोल मल) बनाउने तालिम दिएपछि किसानहरू अर्गानिक खेतीतिर फर्कन थालेका छन् ।
फाप्लुमै मोतिविन्दुको शल्यक्रिया
हिमाली जिल्ला सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन् ।