टिपरको ठक्करबाट पौडेलको मृत्यु
झापामा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । शनिवार बेलुका बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मेची राजमार्गमा चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ न.को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४२८ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
सगरमाथामा मलमूत्र छाड्न नपाइने
सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय गरेको छ ।
यो देश हात्ती र बाँदरको पनि हो : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हामी जे बोल्छाँै त्यो पूरा गरौं र पूरा गर्ने मात्र बोल्नु पर्ने बताउनु भएको छ ।
दमारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
धनकुटाको महालक्ष्मी नगरपालिका ४ दमारस्थित चानुवा माविको खेल मैदानमा राष्ट्रपति रनिङ शिल्ड सुरुभएको छ । यहाँ जिल्ला स्तरीय चौधौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो ।
शाखाप्रमुख हाङ्सारुम्बाको निधन
पाँचथरको फिदिम नगरपालिका जिन्सी शाखाका प्रमुख हाङनारायण हाङ्सारुम्बाको निधन भएको छ । फिदिम वडा ४ निवासी हाङ्सारुम्बाको ५५ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।
भरिया बनेर गाउँमा विद्यालय स्थापना गर्न सफल भोजपुरका सुवास
सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका ७१ वर्षीय तामाङले गाउँमा नै विद्यालयले स्थापना गर्नुभएको छ ।
सोनाम ल्होछारमा आफ्नो संस्कृति झल्काउँदै
नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले २८६० सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक महोत्सव जारी गरेको छ ।
गाईघाटमा मेडिकल कलेज सञ्चालन गरिने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले त्रियुगा नगरपालिकाको गाईघाटमा मेडिकल कलेज सञ्चालनका लागि अनुमति प्रदान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
मस्तिष्क घातका बिरामीको उपचारमा आर्थिक अभाव
मस्तिष्क घात भएका मेचीनगर नगरपालिका-१० का विपन्न परिवारका ३० वर्षीय सञ्जोग थापा मगरको शल्यक्रियाका क्रममा अस्पतालको चिस्यान केन्द्रमा राखिएको टाउकाको खोपडी (मस्तिष्कको ढकनी) जोड्न आर्थिक अभाव भएको छ ।
ताप्लेजुङमा पुँजीगत खर्च निरासजनक
ताप्लेजुङमा पुँजीगततर्फको बजेट खर्च निरासजनक देखिएको छ । सङ्घ तथा प्रदेश दुवैतर्फको बजेटअन्तर्गत चालूको तुलनामा पुँजीगत खर्चको अवस्था निरासजनक रहेको हो ।
अभिभावक पढाउँदै रोङ गाउँपालिका
रोङ गाउँपालिका-४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन । “अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो”, अर्यालले भन्नुभयो, “तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एक दिन हामी पो स्कुल जानुपर्ने भएछ ।”
सङ्घीय शिक्षा ऐन छिट्टै आउँछ : मन्त्री राई
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले मुलुकका विभिन्न सात स्थानमा सरकारी लगानीमा मेडिकल कलेज स्थापना गर्न मन्त्रालयले द्रुत गतिमा काम गरिरहेको बताउनुभएको छ ।
छोरी–बुहारीलाई निःशुल्क स्नातक
इलामको १० नगरपालिकामध्ये सूर्योदय नगरपालिका धेरै कुरामा पृथक् छ । शैक्षिक गुणस्तर सुधारका लागि निक्कै प्रयास गरिरहेको नगरले नगरवासीलाई पढाइबाट वञ्चित हुन नदिन विभिन्न उपाय अपनाउँदै आएको छ ।
महिलाको हातमा नौमती बाजा
शिवसताक्षी नगरपालिकाले नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि महिलालाई नौमती बाजा बजाउने तालिम दिन सुरु गरेको छ । झापामा पछिल्लो पटक कनकाई नगरपालिका र बिर्तामोड क्षेत्रका महिलाले तालिम लिएर व्यावसायिक रूपमै नौमती बाजा बजाउन सुरु गरेसँगै शिवसताक्षी नगरपालिकाले समेत यस प्रकारको तालिम सुरु गरेको हो । नयाँ पुस्तामा नौमती बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने दक्ष व्यक्तिसमेत अभाव भइरहेका बेला शिवसताक्षी नगरपालिकाबाट नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि स्थानीय महिलालाई नौमती बाजा प्रशिक्षणको तालिम सञ्चालन गरिएको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले बताउनुभयो ।
जहाँ आफ्नो चिहान आफैँ बनाइन्छ
धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङस्थित माङ्दाङ्वा गाउँका मनप्रसाद इवाहाङ अहिले ८२ वर्ष पुग्नुभयो । माङ्दाङ्वा गाउँका बिचमा उहाँको एउटा सामान्य कच्ची घर छ । घरभन्दा अलि मुनि अर्को ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर एक सानो तर चिटिक्क परेको पक्की घर निर्माण गर्नुभएको छ ।
कोशीमा चार मन्त्री र दुई राज्यमन्त्रीको शपथ : सरकारले पायो पूर्णता
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको छ। शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरी मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो।
विमानस्थल बनाउनभन्दा चलाउन कठिन : मन्त्री किराती
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम तत्काल अगाडि बढाउने बताउनुभएको छ ।
कोशी सरकार र पहिचान पक्षधरबिच सहमति
कोशी प्रदेश सरकार र प्रदेश १ को पुनः नामकरण संयुक्त सघ्घर्ष समितिबिच भएको वार्तामा आज पाँचबुँदे सहमति भएको छ ।
आँखा उपचार केन्द्र दोभानको भवन निर्माण
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभानमा सञ्चालित आँखा उपचार केन्द्रको आफ्नै भवन निर्माण गरिएको छ ।
चिराइतो मूल्य बढ्दो, उत्पादन घट्दाे
पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घट्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन ।
वनमै थन्किए रुख
धनकुटा नगरपालिका–१, सुकेपोखरीस्थित संसारी सुकेपोखरी सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत करिब पाँच हेक्टर क्षेत्रफलमा करिब एक हजार पाँच सयभन्दा बढी उत्तिसका रुख छन् । सबै रुख करिब ४२ वर्षमाथिका छन् ।
विद्यालयमा टाईको सट्टा भादगाउँले टोपी
इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । आज सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो ।
सात वर्षपछि भेटियो अर्कै ठाउँमा अधुरो पुल
सुनसरीको बर्जु गाउँपालिकामा बन्न थालेको सात वर्षपछि योजना अनुसारको आधा मात्र पुल भेटिएको छ, त्यो पनि एक ठाउँमा बन्नुपर्ने अर्कैतिर । योजनामा तोकिए अनुसारको साबिक स्थान परिवर्तन गरेर निर्माण भइरहेको अवस्थामा अधुरो पुल भेटिएको हो । सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख राजेन्द्रप्रसाद साहले स्थान परिवर्तन गरेर पुल निर्माणको काम भइरहेको फेला परेको जानकारी दिनुभयो । कागजात अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुनसरी–मोरङ पुल निर्माण आयोजनामार्फत २०७३/७४ मा बजेट विनियोजन गरेर निर्माणको काम सुरु गरिएको थियो । छ करोड १८ लाख रुपियाँको लागतमा शङ्करमाली किरातेश्वर जेभी कोटेश्वर काठमाडौँसँग २०७४ भदौ १९ गते निर्माण सम्झौता भएको थियो ।
भारतीय सिक्का धमाधम गणना हुँदै
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सङ्कलन भएको भारतीय (भारु) सिक्का गणना गर्न थालिएको छ। पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा सङ्कलन हुँदै आएको भारतीय सिक्का रकम पहिलो पटक गणना गर्न थालिएको हो।