संरक्षणको पर्खाइमा बाग्मा पोखरी
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको बाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका-४ साँवामा रहेको बाग्मा पोखरी आवश्यक संरक्षणसँगै प्रचार प्रसारको पर्खाइमा छ ।
आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु
बुद्धशान्ति गाउँपालिका-२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन् ।
युवाको सहयोगमा गाउँमा एम्बुलेन्स
रोजगारीको सिलसिलामा हङकङ बस्दै आउनुभएका उर्लाबारीका युवाले गाउँमा एम्बुलेन्स उपलब्ध गराएका छन् ।
भाक्रोहा नरसिंहमा १४ किलोमिटर सडक कालोपत्रे हुँदै
सुनसरीको भाक्रोहा नरसिंह गाउँपालिका–४ को चिरौली चौकदेखी वराहक्षेत्र नगरपालिका १० प्रकाशपुर नहर सीमासम्मको सडक कालोपत्रे हुने भएको छ ।
छ मुहानबाट सङ्कलन गरेर गाउँमा खानेपानी
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-३ अन्नपूर्णका स्थानीयको पानीको समस्या हटेको छ । यहाँका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वर्षौँदेखिको पानीको समस्या हटेको हो ।
एक महिनामा चौबिस लाख भेटी
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा माघमा मात्र २४ लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको भेटी रकम विवरण अनुसार माघमा कुल २४ लाख एक हजार पाँच सय रुपियाँ सङ्कलन भएको हो ।
किर्ते नागरिकता बनाउने दुई जनालाई ५० हजार जरिवाना
नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ ।
‘छोरीबुहारी’ वर्षौंपछि कक्षामा
इलामको सूर्योदय नगरपालिका–९ की विष्णु राई सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दै गर्दा जीवनमा एकाएक सङ्कट आइलाग्यो । १० महिनाको अन्तरालमा आमा रणमाया राई क्यान्सरबाट र बुवा रामबहादुर राईको मिर्गौला खराबीका कारण निधन भयो । आमाबुवाको निधनपछि २०७० मा उहाँको अध्ययनमा ‘ब्रेक’ लाग्यो । पढाइ खर्च जुटाउनुपर्ने बाध्यतासँगै पारिवारिक जिम्मेवारीका कारण विष्णुले अध्ययनलाई विराम लगाउनु पर्यो । उहाँले भन्नुभयो, “जिम्मेवारी आइपरेपछि पढाइ छोड्नैपर्ने भयो तर पढ्ने चाहना चाहिँ थियो नै ।” पढाइ छोडेपछि उहाँको बिहे पनि भयो । पारिवारिक दायित्व पूरा गर्ने दौरानमा उहाँले आठ वर्षपछि फेरि उच्च शिक्षाको अवसर पाउनुभयो । उहाँले भन्नुभयो, “४० वर्ष पुग्न लाग्दा पनि पढ्नुपर्ने रहेछ भन्ने भाव अझै प्रबल भयो र मैले पढाइ सुरु गरेको हो ।”
चार करोडको लागतमा बहुउद्देशीय कभर्ड हल निर्माण
ईन्डोर खेल खेलाउन सहज बनाउने उद्देश्यले धनकुटाको हिलेमा हिले बहुउद्देशीय कभर्ड हल निर्माण हुने भएको छ ।
अष्टचिरञ्जीवि मन्दिरको उद्धघाटन
पूर्वकै धामिर्क पर्यटकीय तीर्थस्थल रामधुनी मन्दिर परिसरमा अष्टचिरञ्जीविको मन्दिर उद्धघाटन गरिएको छ ।
बच्चाले लाइटर खेलाउँदा घर जल्यो
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा बालबच्चाले लाइटर खेलाउँदा एक घर जलेको छ ।
फावाखोलामा मोटर गुड्ने पुल निर्माण
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकास्थित फावाखोलामा मोटर गुड्ने (मोटरेवल) पुल निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र पाथीभरा याङ्वरक गाउँपालिकाको बजेट साझेदारी लगानीमा फावाखोलामा मोटरेवल पक्की पुल निर्माण गरिएको हो ।
हात्तीमैत्री वातावरण निर्माण गर्न ४ बुँदे घोषणापत्र
हात्तीमैत्री वातावरण निर्माण गर्न तथा वन क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न स्थानीय तहको समन्वयमा प्रदेश सरकार, सङ्घीय सरकार समेतलाई ध्यानार्षण गराउने लगायतका ४ बुँदे संयुक्त घोषणापत्र जारी गरिएको छ ।
सोलुका किसान भन्छन् ‘आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी’
हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको पाइएको छ ।
इलाममा घरमै जन्मदर्ता
सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पु¥याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो ।
ह्विलचेयर वितरण गर्दै भूपू सैनिक सम्मेलन सम्पन्न
नेपाली सेनाको श्री नं. २ बाहिनी अड्डा हिले ब्यारेक, धनकुटाको भूतपूर्व सैनिक सम्मेलन २०८० सम्पन्न भएको छ । सम्मेलनमा फरक क्षमता भएका भूपू सैनिकलाई ह्विलचेयर वितरण गरिएको छ ।
सेवा अवधिको अनुभव राष्ट्र उत्थानमा लगाउन आग्रह
प्रधान सेनापति प्रभुराम शर्माले अवकाश प्राप्त सैनिकहरूलाई सेवा अवधिमा आर्जित ज्ञान, सीप, अनुभव र क्षमता आफ्नो गाउँ घर समाज र राष्ट्रको उत्थानका लागि प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
सर्पको टोकाइबाट महिलाको मृत्यु
झापाको कचनकवलमा सर्पले डस्दा एक जना महिलाको मृत्यु भएको छ । बिहीबार बिहान ११ः३० बजे कचनकवल –१ की ६५ वर्षीया टीकामाया दाहाललाई खेतमा काम गरिरहेका बेला सर्पले डसेको हो ।
घोराहीमा ६४ हजार बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप
दादुरा-रुवेला खोप अभियान अन्तर्गत घोराही उपमहानगरपालिकामा ६४ हजार बढी बालबालिकालाई दादुरा-रुवेला रोग विरुद्धको खोप लगाइने भएको छ ।
स्कारपियो दुर्घटनामा चालकको मृत्यु
जिल्लाको मोलुङ गाउँपालिकामा भएको स्कारपियो दुर्घटनामा चालकको ज्यान गएको छ । मोलुङ गाउँपालिका–५ प्राप्चादेखि सोही वडाको खोलाखर्क जाँदै गरेको बा २० च ४८६२ नम्बरको स्कारपियो दुर्घटना हुँदा मोरङ पथरीका २६ वर्षीय गणेश रसाइलीको मृत्यु भएको हो ।
समृद्धिका लागि राजनीतिक दलबिच सहमति जरुरी : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
वराहक्षेत्रमा कविहरूको जमघट हुने
सुनसरीको वराहक्षेत्रमा पूर्व–मेचीदेखि महाकालीसम्मका कविहरूको जामघट हुनेभएको छ । वराहक्षेत्रमा स्थापित स्वर्णिम साहित्य समाजले ‘प्रज्ञा कविता उत्सव २०८० को आयोजना गरी कविहरूलाई एकै ठाउँमा भेला गर्न लागेको हो ।
झापामा १० वर्षमा ५१ वटा झोलुङ्गे पुल निर्माण
एक दशकको अवधिमा झापा जिल्लामा सङ्घीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पक्की पुल बन्न नसकेका नदीमा आवतजावतको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरिएका हुन् ।
जन्म दर्ता अब घरमै उपलब्ध गराइँदै
इलामको सूर्योदय नगरपालिका– ५ ले घरमै पुगेर जन्म दर्ता गराउन थालेको छ । बच्चा जन्मिएको ३५ दिन भित्रमै जन्म दर्ता हुनेको सङ्ख्या शत प्रतिशत गराउने उद्देश्यले वडा कार्यालयले घरमै पुगेर जन्म दर्ता गराउन थालेको हो ।