दुई घण्टा हिँडेपछि बल्ल विद्यालय
मोरङ भन्नेबित्तिकै औसत मानिसको बुझाइ विकसित तराईको जिल्ला, कोशी प्रदेशको राजधानी, धान फल्ने फाँट भएको क्षेत्र बुझिन्छ । यही मोरङका बालबालिका अझै पनि दुई घण्टा पैदल हिँडेर विद्यालय जान्छन् भन्दा पत्यार नलाग्न सक्छ तर मोरङको केराबारी–५, भकारे र केराबारी–४ को डहरका बालबालिकालाई गाउँको सबैभन्दा नजिकको जनसेवा आधारभूत विद्यालय जान पूरै दुई घण्टा पैदल हिँड्नु पर्छ ।
त्रियुगा नदी नियन्त्रणको काम अलपत्र, छ अर्बको स्वीकृत आयोजनामा बजेट शून्य
अघिल्लो वर्ष निर्माण सुरु गरिएको उदयपुरको त्रियुगा नदी नियन्त्रण आयोजनाको काम यो वर्ष बिचैमा अलपत्र परेको छ । यो नदी नियन्त्रण हुन नसक्दा जिल्लाकै सबैभन्दा ठुलो विकराल समस्या बन्न पुगेको छ । सदरमुकाम गाईघाट हुँदै उदयपुरको त्रियुगा, चौदण्डीगढी, बेलका र सप्तरीको सप्तकोशी नगरपालिकाको उत्तरपूर्व क्षेत्र भएर सप्तकोशीसम्म जोडिएको करिब एक सय किलोमिटर त्रियुगा नदी नियन्त्रणको काम आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको हो । सरकारले छुट्टै गुरुयोजना बनाएर क्रमागत रूपमा बजेट विनियोजन गर्ने गरी काम सुरु गरेको भए पनि चालु आवका लागि भने बजेटको सुनिश्चितता नहुँदा तटबन्ध निर्माणको अलपत्र परेको हो ।
चिराइतो निकासी वृद्धि
ताप्लेजुङमा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार विगत दुई वर्षको तुलनामा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको हो । जिल्लामा चिराइतो उत्पादनमा कमी आइरहेको भए पनि पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार यस वर्ष निकासीमा वृद्धि भएको हो । तुलनात्मक रूपमा यो वर्ष केही परिमाणमा चिराइतो निकासी वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार ८२० किलोग्राम चिराइतो निकासी भएको छ ।
जन्मदर्ता नहुँदा पढ्नबाट वञ्चित
बाबुआमाको नागरिकता नभएका कारण छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिमका गुना राई र उहाँकी श्रीमती उर्मिला राईको नागरिकता नभएपछि छोराछोरी पढ्नबाट वञ्चित भएका हुन् । नागरिकता नहुँदा कोही पनि छोराछोरीको जन्मदर्ता प्रमाणपत्र बन्न सकेको छैन । एसइईको परीक्षा फाराम भर्न जन्मदर्ता प्रमाणपत्र अनिवार्य छ । लिङ्खिमको सिँवामा बसोबास गर्दै आउनुभएका राई दम्पतीको नागरिकता नभएकै कारण उहाँहरूका एक छोरा र तीन छोरीसमेत चार जना छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको हो । पढ्न नपाएपछि राई दम्पतीका छोराछोरीले पढाइ छाडेर कोही मजदुरी गर्न र कसैले अर्काको घरमा घरायसी सहयोगी बनेर काम गर्दै आएका छन् ।
फोटो पत्रकार वन्त नगदसहित सम्मानित
राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त सम्मानित हुनुभएको छ । वन्त प्रदेशखबर डटकमको प्रथम वार्षिकोत्सव अवसरमा उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट सम्मानित हुनुभएको हो ।
ताप्लेजुङमा चिराइतो निकासीमा वृद्धि
ताप्लेजुङमा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको छ ।
ठक्करबाट घाइते भएका राजवंशीको मृत्यु
झापाको हल्दिवारीमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते हुनु भएका व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।
ट्याम्पोको ठक्करबाट बालिकाको मृत्यु
झापामा आइतबार राति भएको सवारी दुर्घटनामा एक बालिकाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिकाको झिलझिले सडक खण्डमा बेलुकी ७ बजे ट्याम्पोको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कोशी प्रदेश सरकारद्वारा १४ स्वास्थ्य स्वयंसेविका सम्मानित
प्रजातन्त्र दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले १४ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ ।
नागरिक तहबाटै समृद्धि यात्रा सुरु हुनुपर्छ : सांसद लिम्बू
अहिले मुलुकको अर्थतन्त्र र आर्थिक वृद्धिदर कमजोर अवस्थामा रहेको सबैलाई राम्रैसँग थाहा छ । कर र राजस्वले लक्ष्य हासिल गर्न सकेको छैन । आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटको सीमा र आकार घटाउन लागिएको छ ।
योजनाको बजेट कटौतीले दुःखी छौँ
इलामको उत्तरी क्षेत्रमा अवस्थित सन्दकपुर गाउँपालिका साबिकका माईमझुवा, सुलुबुङ, माबु, जमुना गाविस र माईपोखरी गाविसको ४ देखि ९ सम्मका वडा मिलाएर बनाइएको छ । जिल्लाको कुल एक हजार ७०६ वर्ग
उदयपुरगढी कब्जा गर्दा...
नेपालमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनमध्ये नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा २००७ सालमा भएको उदयपुरगढी कब्जाको घटनालाई एक महìवपूर्ण र ऐतिहासिक रूपमा लिइन्छ । आमनागरिकले स्वतन्त्र रूपमा बोल्नसमेत नपाउने अवस्थामा तत्कालीन जिल्लाको प्रमुख प्रशासनिक केन्द्र रहेको उदयपुरगढी कब्जा गर्नु त्यति सजिलो पक्कै थिएन । सन्त नेता भट्टराईको चातुर्यपूर्ण कुशल नेतृत्वले २००७ साल कात्तिक २६ गते राति उदयपुरगढी कब्जा गर्न आफूहरू सफल भएको बताउनुहुन्छ, सोही आन्दोलनका एक मात्र जीवित योद्धा अम्बरबहादुर थापामगर ।
निजी डेरीको निर्णयको मारमा डिडिसी
निजी डेरी उद्योगको तुलनामा वस्तुको मूल्य महँगो भएपछि कोशी प्रदेशमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले झन्डै ४० प्रतिशत बजार हिस्सा गुमाएको छ । पछिल्लो तीन महिनायता मात्र डिडिसीले मूल्यान्तरकै कारण खुद्रा बजारको ठुलो हिस्सा गुमाएको हो । बजार मागको अनुपातमा दुधको उत्पादन बढी भएपछि कोशी प्रदेशमा सञ्चालित निजी डेरी उद्योगले दुधको उपभोक्ता मूल्य घटाएका थिए । नेपाल सरकारले किसानसँग न्यूनतम ६५ रुपियाँ प्रतिलिटरका दरले दुध खरिद गर्ने निर्णय गरेसँगै गत वर्ष दुधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपियाँले बढाएको थियो । त्यसपछि बजारमा दुधको माग क्रमश घट्दै गएको थियो भने दुधको मूल्य बढेपछि किसानले दुध उत्पादन बढाउँदा उत्पादन बढेको थियो । बजारमा उत्पादन बढ्ने र माग घट्ने अवस्था भएपछि मङ्सिर १ गतेबाट लागु हुने गरी निजी डेरी उद्योगहरूले दुधको मूल्य प्रतिलिटर १० रुपियाँले घटाएका थिए । तर, सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले पुरानै मूल्यमा उत्पादन बिक्री गरिरहेको छ ।
४ करोड ४३ लाखको आयोजना हस्तान्तरण
निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता मितिभन्दा १ वर्ष ७ महिना अघि विद्यालयको २४ कोठे सुविधा सम्पन्न भवन हस्तान्तरण गर्ने निर्माण कम्पनीलाई कानेपोखरी गाउँपालिकाले सम्मान गरेको छ ।
पाथीभरा याङ्वरकलाई सिदिङ्वा रनिङ शिल्ड भलिबल उपाधि
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सम्पन्न प्रथम सिदिङ्वा रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरक गाउँपालिकाले जितेको छ ।
सबै समुदायको चाड पर्वहरूलाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो : मुख्यमन्त्री कार्की
कोशी मुख्यमन्त्री केदार कार्कीले माझी जातिले मान्दै आएको आफ्नो मौलिक परम्परागत पर्व कोशी पूजाको अवसरमा बिदा दिने सम्बन्धमा आफू सकारात्मक रहेको बताउनुभएको छ ।
'ताप्लेजुङको शिरैमा सेतो जुहार' सार्वजनिक
नेपाली साङ्गीतिक क्षेत्रमा चर्चित कलाकार मिलन नेवार र गायक इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘ताप्लेजुङको शिरैमा सेतो जुहार..’ बोलको गीतको वृतचित्र (म्युजिक भिडियो) सार्वजनिक भएको छ ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्दलाई
धनकुटाको सहिदभूमि गाउँपालिकामा सम्पन्न चौथो प्रकाश थापा स्मृति कप प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका भोजपुरले उचालेको छ । सहिदभुमीको वडा नम्बर एक घंघरुमा शनिबार सम्पन्न फाइनल खेलमा षडानन्द नगरपालिका भोजपुरले झापाको दमक नगरपालिकालाई २५–२२, २५–१५ र २५–२२ को सेटमा हराउदै उपाधि जितेको हो । विजेता षडानन्द नगरपालिकाले उपाधिसँगै नगद एक लाख एक्काइस हजार एक सय एक्काइस रुपैया हात पारेको छ भने उपबिजेता दमक नगरपालिकाले ६५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
चरा संरक्षणका लागि पन्छी बास बगैँचा
कोशी प्रदेशको केन्द्रबिन्दुका रूपमा रहेको इटहरीको व्यस्त बजार क्षेत्रनजिककै रहेको नेपाली सेनाको ब्यारेकमा स्थानीय रैथाने र फिरन्ते प्रजातिका चराचुरुङ्गीको संरक्षणमा जोड दिँदै पन्छी बास बगैँचा बनाइएको छ । सेनाको ब्यारेक क्षेत्रमा रहेको घना रुखबिरुवा तथा त्यहाँ
सगरमाथा क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु
सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलायती नागरिक ४२ वर्षीया एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षीय वइनश्व डोङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
कर्मचारी मिलन केन्द्रद्वारा प्रकाशित ‘मिलन’ सार्वजनिक
कर्मचारी मिलन केन्द्र ताप्लेजुङद्वारा प्रकाशित ‘मिलन’ पुस्तक सार्वजनिक (बिमोचन) गरिएको छ। केन्द्रको शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभाको अवसरमा ‘मिलन’ सार्वजनिक गरिएको हो।
क्याम्पसको अक्षय कोषका लागि तीन दिनमा ५० लाख संकलन
तीन दिनमा ५० लाख बढी संकलन भएको क्याम्पस सञ्चालक समिति अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले जानकारी दिनुभयो।
कनकाईमा साहित्य महोत्सव हुँदै
झापा कनकाई नगरपालिका सुरुङ्गामा आगामी फागुन १४ गतेदेखि १६ गतेसम्म तीन दिनसम्म प्रथम कनकाई कला संस्कृति तथा साहित्य महोत्सव हुने भएको छ ।