• १५ वैशाख २०८१, शनिबार

योजनाको बजेट कटौतीले दुःखी छौँ

blog

इलामको उत्तरी क्षेत्रमा अवस्थित सन्दकपुर गाउँपालिका साबिकका माईमझुवा, सुलुबुङ, माबु, जमुना गाविस र माईपोखरी गाविसको ४ देखि ९ सम्मका वडा मिलाएर बनाइएको छ । जिल्लाको कुल एक हजार ७०६ वर्ग किमी क्षेत्रफलमध्ये १५६.०१ वर्ग किमी यस गाउँपालिकाले ओगटेको छ । भारतीय सीमावर्ती बजारसँग व्यापारिक पहुँच रहेको यो गाउँपालिका पर्यटन विकासको सम्भावना रहेको स्थानीय तह हो । पर्यटन, कृषि, पशुपालन, वैदेशिक रोजगार तथा जडीबुटीको सङ्कलन यहाँका नागरिककोे प्रमुख व्यवसाय हो । समुद्री सतहबाट तीन हजार छ सय ३६ मिटरको उचाइमा अवस्थित सन्दकपुर डाँडा कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ । यहाँ नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङ इलामका पालिका प्रमुखमध्येकै ज्येष्ठ हुनुहुन्छ । ७६ वर्षीय अध्यक्ष गुरुङसँग गोरखापत्र दैनिकका पशुपतिनगर समाचारदाता प्रेम अधिकारीले गर्नुभएको कुराकानी :


सन्दकपुर गाउँपालिकाको समग्र अवस्था कस्तो छ ?

समग्रमा सन्दकपुरको अवस्था राम्रो छ । सबै क्षेत्रमा हाम्रो स्रोतसाधनले भ्याएसम्म काम गरिरहेका छौँ । सन्दकपुर प्रकृतिका रूपमा अन्यन्तै सुन्दर पर्यटकीय ठाउँ हो । यहाँको प्राकृतिक स्वरूपलाई जोगाएर पर्यटन प्रवर्धनमा लागिरहेका छौँ । साथै विकास निर्माणका अन्य काम पनि भइरहेका छन् । 

विकास निर्माणका काम कसरी अगाडि बढ्दै छन् ?

विकासका लागि सबैसँग समन्वय गरेर काम गर्दै आइरहेका छौँ । सङ्घ र प्रदेश सरकारसंँग समन्वय गरेर अगाडि बढिरहेका छौंँ । २०१२ सालदेखि नै विकास निर्माणका काम गर्दै आएको हुँ । इलाम माईपोखरी सन्दकपुर सडक कालोपत्रे गर्नु नै यहाँको अहिलेको मुख्य काम हो । माईपोखरी देउराली नमुना सडकको काम हुँदै छ । सडक, विद्युत्, पुल, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै छौँ । विकास निर्माणका काम एकै पटकमा सकिँदैनन् । हामीले भौतिक विकास मात्र सोचेर भएन सामाजिक विकास पनि सँगसँगै गर्नु पर्दछ । 

निर्वाचनका बेला निकै महìवाकाङ्क्षी घोषणापत्र सार्वजनिक गर्नुभएको थियो, त्योे घोषणापत्रमा उल्लेख भए अनुसार काम भएका छन् ? 

घोषणापत्रलाई नै टेकेर काम गर्दै छौँ । हामीले निर्वाचनका बेला जे जे घोषणा गरेका थियौँ त्यही अनुसार काम गर्दै छौँ । यहाँको पर्यटन, कृषि, पशुपालनका क्षेत्र र विकास पूर्वाधारका क्षेत्रमा काम गर्न जरुरी ठानेका थियाँै । अहिले त्यही घोषणापत्र अनुसार नै काम गर्दै छौँ । पालिकालाई समृद्ध बनाउन सबैसँग सहकार्य गरेर नै काम गरिरहेका छौँ । यहाँका नागरिकको आवश्यकता र माग अनुसार नै काम गर्छु । 

कृषि र पशुपालन क्षेत्रको विकास र बजारीकरणमा के गर्दै हुनुहुन्छ ? 

यसभन्दा अघि पनि यो क्षेत्र पशुपालनकै लागि प्रख्यात हो । यो गाउँपालिका चौँरी, भेडा, च्याङ्ग्रा, श्रीगाईपालन प्रख्यात ठाउँ हो । अहिले उन्नत जातका गाई ल्याएर दुध उत्पादनमा यो पालिका अब्बल छ । ‘लम्पी स्किन’ रोगबाट पीडित किसानका लागि हामीले अनुदानको व्यवस्था गरेका छौँ । लम्पीले धेरै नै किसानलाई सतायो । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने व्रmममा छौँ । दुध, चिजले मूल्य पाउन सकेका छैनन् । कृषिजन्य वस्तुको निकासीमा समस्या छ । बजारीकरणका लागि हामी पहल गर्दै छौँ । हामीले मात्र पहल गरेर हुँदैन, प्रदेश र सङ्घीय सरकारले बजारीकरणका लागि सहयोग गर्नु पर्छ । युवा वैदेशिक रोजगारीमा गएपछि कृषि पशुपालन क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव छ । हामी तत्काल युवालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउन के गर्ने भन्ने विषयमा छलफल गर्दै छौँ । 

स्वास्थ्य र शिक्षाको क्षेत्रमा के के सुधार भएका छन् ? 

स्वास्थ्य र शिक्षामा म आएपछि धेरै काम भएका छन् । शिक्षा र स्वास्थ्यलाई नमुना बनाउने काम गर्दै छौँ । बन्द भएका विद्यालय सञ्चालनमा ल्याएका छौँ । विद्यालयका भवन निर्माण भइसकेका छन् । आइसिटीका लागि तयारी हुँदै छ । स्थानीय पाठ्यव्रmमको तयारी गर्दै छौँ । परीक्षा प्रणाली एउटै बनाउने तयारी छ । स्वास्थ्य क्षेत्रमा के गर्ने भन्ने अहिलेसम्म अध्ययन ग-यौँ । क्यान्सरका बिरामी हाम्रो पालिकामा अत्यधिक रहेको पाइयो । रोगबाट नागरिकलाई कसरी मुक्त गराउने भनेर काम गर्दै छौँ । स्वास्थ्य संस्थाका पूर्वाधार निर्माण गर्दै छौँ । काम गर्नका लागि संरचना नै पहिले चाहिने रहेछ । 

सन्दकपुरमा पर्यटन, प्रवर्धन र विकासका काम कसरी भइरहेको छ ?

हामीले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकता दिएका छौँ । यहाँको जनजीविकाको प्रमुख आधार पनि यही हो । सन्दकपुर प्रथम महोत्सव ग-यौँ । देश विदेशमा सन्दकपुर चिनाउनका लागि फोटो किताब तयार गरेका छौँ । पर्यटन प्रवर्धनका लागि रणनीतिक योजना बन्दै छ । चैतमा रेडपान्डा महोत्सव गर्दै छौँ । पर्यटन भनेको बजार गएर २५ पैसामा सामान किने जस्तो होइन । पर्यटन र होटल व्यवसायीलाई पर्यटकलाई कसरी स्वागत गर्ने भन्ने सिकाउन तालिम गर्दै छौँ । हामीले माईपोखरीमा त्रिधार्मिक महोत्सव गरेका छौँ । सन्दकपुर, माईपोखरी र धाप पोखरीसहित हिमाली क्षेत्रमा सडक, विद्युतीकरणलगायत पर्यटन प्रवर्धनका काममा ध्यान दिइरहेका छौँ । पर्यटन, प्रवर्धन गर्नका लागि पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायीले पनि धेरै कुरा सुधार गर्न जरुरी छ । 

प्रदेश र सङ्घीय सरकारसँंगको समन्वय कस्तो छ ? 

प्रदेश र सङ्घ दुवै सरकारसँंग समन्वय राम्रो छ तर आएका योजनाको बजेट पनि कटौती हुँदा हामी दुःखी छौँ । स्थानीय आवश्यकता के छ भन्ने अलि बुझेर सङ्घ र प्रदेशले आफ्ना कार्यव्रmम गर्दा अझ राम्रो हुन्छ । तीन तहका सरकारबिच समन्वय सहकार्य गरेर मात्रै हामी अगाडि बढ्न सक्छौँ ।